७ बैशाख २०८२, आईतवार

खेलकुद

नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश

नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश

नेपाल । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले विधान संशोधन गर्दै पुस १३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको थियो । एनओसीको अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पदमा पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् । एक अध्यक्ष पदका लागि सोमबार अनलाइनमार्फत वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसहित महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलमा अध्यक्ष तेज गुरुङले उम्मेदवारी दिनुभएको थियो । यस्तै सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस सङ्घकी अध्यक्ष ज्योती राणासहित नौजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिनेमा पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसक...
नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग हुने, लोगो र स्लोगन सार्वजनिक

नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग हुने, लोगो र स्लोगन सार्वजनिक

नेपाल । नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका हुन् । ‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले जनाएको छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । ...
अमेरिकामा नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

अमेरिकामा नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

अमेरिका । नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गर्नुभएको हो । यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो । ‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राख्नु भएको हो । यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ । यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाडौँ र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता...
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजीत

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजीत

अमेरिका । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ । बार्सिलोनाकै रंगशालामा सम्पन्न भएको खेलमा उसले घरेलु समर्थकमाझ २–१ को हार बेहोरेको हो। खेलको ३०औं मिनेटमा नै बार्सिलोनाका लागि पेड्रीले गोल गरेर अग्रता बनाएका थिए । तर बार्सिलोनाले सो अग्रतालाई कायम राख्न सकेन । एट्लेटिकोको लागि खेलको ६०औं मिनेटमा रोड्रिगो डी पलले गोल गरेका थिए । यससँगै खेल १–१ गोलको बराबरीमा पुगेको थियो । खेलको इन्ज्युरी समयमा उनले नै दोस्रो गोल गरेपछि भने बार्सिलोना लगातार तेस्रो पटक घरेलु मैदानमा पराजित भयो । सन् १९६५ र १९८७ पछि ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन खेल हारेको यो तेस्रो पटक हो । ...
जनकपुरले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिमका कप्तान ऐरीले प्राप्त गरे कार

जनकपुरले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिमका कप्तान ऐरीले प्राप्त गरे कार

नेपाल । शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितको छ । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जित हात पारेको हो । प्रतियोगिताको लिग चरण र क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग हारेको जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै हारको बदला पनि लिन सफल भएको छ । जितका लागि १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए । कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए। हर्ष थाकर ३० र मयन यादव २ रनमा अविजित रहे। जनकपुरले पावरप्लेमा विकेट नगुमाइ ७१ रन बनाएको थियो । सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक–एक विकेट लिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २०...
एनपीएलको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएलको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल । कर्णाली याक्सलाई पराजीत गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । १९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्‍यो । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । कर्णालीलाई हराएको जनकपुरले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । ...
रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप फुटबलको उपाधि

रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप फुटबलको उपाधि

अमेरिका । अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि स्पेनिस टोली रियल मड्रिडले जितेको छ । बुधबार राति सम्पन्न खेलमा मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै रियल च्याम्पियन बनेको हो। रियललाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले १–१ गोल गरे । कतारको लुसेल स्टेडियममा रियलले पूरै खेलभर प्रभुत्वशाली प्रदर्शन गरेको थियो । पाचुकाले काउन्टर– अट्याकमा केही मुभ बनाए पनि गोल गर्न सकेन । ...
सुदूरपश्चिम एनपीएलको फाइलनमा प्रवेश, कर्णाली दोस्रो क्वालिफायरमा

सुदूरपश्चिम एनपीएलको फाइलनमा प्रवेश, कर्णाली दोस्रो क्वालिफायरमा

नेपाल । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । बुधबार टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो । जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो । यता, इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । कर्णालीले अब फाइलन प्रवेशका लागि जनकपुर टोलीसँग खेल्नेछ ।...
एनपीएलका विजेताले कति पाउँछन् पुरस्कार ?, पुस ६ मा फाइनल खेल

एनपीएलका विजेताले कति पाउँछन् पुरस्कार ?, पुस ६ मा फाइनल खेल

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिअनुसार विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् । एनपीएलको प्लेअफमा सुदुरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले स्थान बनाएका छन् । लिग गत मंसिर १५ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा जारी छ । खेल पुस ६ गते सकिँदैछ। ...
एनपीएलको प्लेअफ समीकरणः सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णाली प्लेअफमा

एनपीएलको प्लेअफ समीकरणः सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णाली प्लेअफमा

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको हो । सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो, ४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो । शीर्ष स्थानमा रहने दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन् । क्वालिफायर र एलिमिनेटर खेल बुधबार हुनेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र एलिमिनेटरमा विजयी भएको टोलीले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल पुस ६ गते हुनेछ ।...