नेपाल । नेपालको राजधानीमा काठमाडौंमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो ।
यस्तै नेपालले मंगलबार थाइल्यान्डसँग खेल्नछ ।
...
नेपाल । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आइतबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।
नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका लागि सिता रानामगरले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ५ विकेट लिएकी थिइन् ।
नेपालले २० ओभर खेलेर ८ विकेट क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । नेपालले १६ अतिरिक्त रन पाएको थियो ।
यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग एक–एक हार व्यहोरेको थियो ।...
नेपाल । मकवानपुरको हेटौँडामा शनिबार सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषतर्फ रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन बनेका छन् ।
नेपाल बुद्धिचाल महासंघले ११ चरणको राउण्ड रोविन आधारमा प्रतियोगिता आयोजना गरेको हो ।
एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बन्नुभएको हो । उहाँको यो दोस्रो राष्ट्रिय उपाधि हो ।
युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बन्दै प्रतिस्पर्धा अन्त्य गर्नुभएको छ ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको १० औं महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाउनुभयो । उहाँले उत्कृष्ट खेल खेल्नुहुँदै उपाधि जोगाउन सफल हुनुभयो । लामो समय चेस खेलमा व्यतित गर्नुभएकी पुनम प्रसाईंले ८ अंक जोडेर दोश्रो स्थान हासिल गर्नुभयो ।
शनिबार नै महासंघका अध्यक्ष हेराकाजी महर्जनको ...
नेपाल । बिहीबारको त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो ।
नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् । पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४ रन बनाइन् । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सम्झना खड्काले ९ रन बनाइन् भने कविता कुवँरले ८ तथा कप्तान इन्दु बर्माले ७ रन जोडिन् ।
अब नेपाली महिला टोलीले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर...
नेपाल (हेटौंडा) । मकवानपुरको हेटौंडामा २५औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने प्रतियोगितामा छनोट भएर आएका महिला तथा पुरुष १२–१२ गरी २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाले बताए ।
प्रतियोगितामा मकवानपुरसहित झापा, काठमाडौं, दोलखा, रौतहट, भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाँके, मोरङ, बारा र रुकुमपूर्वका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीले मार्च १० देखि १९ सम्म हुने एसियन जोनलमा सहभागी हुने र उक्त सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।...
अमेरिका । स्पेनिस ला–लिगामा रियल म्याड्रिडले जित हासिल गरेको छ । शनिवार सम्पन्न खेलमा रियलले भाल्लाडोलिडमाथि ३–० को जित निकालेको हो ।
रियलको जितमा फ्रेन्च स्टार केलिएन एमबाप्पेको ह्याट्रिक सामेल थियो । खेलमा एमबाप्पेले ३०, ५७ र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियलले सानदार जित हासिल गर्न सफल बन्यो ।
जितपछि रियल २१ खेलबाट ४९ अङ्क सहित पहिलो स्थानमा कायम छ । ला–लिगाको शनिवार सम्पन्न अन्य खेलहरूमा एट्लेटिको म्याड्रिडले भिल्लारियल सङ्ग बराबरी खेलेको छ भने सेभिल्ला र स्पानोयोल पनि १–१ बराबरीमा रोकिएका छन् ।
शनिबारनै लस पाल्मास र ओसियाना पनि बराबरी खेल्दा रियल बेटिसले मालार्कालाई १–० गोलले पराजित गरेको छ ।
...
अमेरिका । स्कटल्याण्डको रेन्जर्सलाई पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
शुक्रवार बिहान भएको खेलमा युनाईटेडले रेन्जर्सलाई २–१ ले पराजित गरेको हो । ज्याक बलल्याण्डले आत्मघाती गोल उपहार दिएपछि ५२ औँ मिनेटमा पहिलो अग्रता लिएको म्यानयुको लागि इन्जुरी समयमा गलेको गोल नै विजयी गोल बन्न पुग्यो ।
आत्मघाती गोलबाट अघि बढेको युनाइटेडले ८८ औँ मिनेटमा रेन्जर्सको तर्फबाट गोल खायो । डिसेरेर्सले खेलको ८८ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा सकिने सम्भावनाबिच ९२ औँ मिनेटमा युनाइटेडको लागि ब्रुनो फर्नान्डेजले विजयी गोल गरे ।
जितपछि चौथो स्थानमा रहँदै म्यानचेस्टरले अन्तिम १६ मा सिधै स्थान बनाएको छ ।...
नेपाल । आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।
बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।
मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले अष्ट्रेलियालाई बलियो चुनौति दिन सकेन । अष्ट्रेलियाले १४० रनको लक्ष्य दिएको थियो ।
नेपालले पूरै ओभर खेले पनि ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो ।...
नेपाल । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही गरिएको छ ।
हालै सम्पन्न जय ट्रफी क्रिकेट प्रतियोगितामा रेफ्रीको निर्णयमा असन्तुष्टी जनाउनुभएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले कुनै पनि घरेलु प्रतियोगितामा एक खेल खेल्न नपाउने गरी कारबाही गरिएको जनाएको छ ।
जय ट्रफीमा बागमतीको कप्तानी गर्नुभएका सन्दीपले रेफ्रीको निर्णयले खेलाडीलाई असर पुगेको भन्दै रेफ्रीको क्षमतामा समेत प्रश्न उठाउनुभएको थियो ।
क्यानले संस्थापक जयनारायण शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीमा गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा पुलिसले आर्मी २८ रनले हराउँदै उपाधि जितेको थियो ।...
नेपाल । मलेसियामा जारी महिला यु १९ विश्वकपमा नेपालले दोस्रो हार व्यहोरेको छ ।
स्कटल्याण्ड विरूद्ध सोमबार भएको खेलमा लो स्कोरिङ थ्रिलरमा नेपाल एक विकेटले चुक्यो ।
नेपालले पहिलो ब्याटिङ गर्दै ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् ।
जवाफी ब्याटिङ गर्दै स्कटल्याडले ९ विकेट गुमाएर १९औं ओभरमा लक्ष्य भेट्यो ।...