५ बैशाख २०८२, शुक्रबार

खेलकुद

रियल मड्रिडसँग म्यानचेष्टर सिटी ३-१ ले पराजित

रियल मड्रिडसँग म्यानचेष्टर सिटी ३-१ ले पराजित

अमेरिका । युरोपियन च्याम्पियन्स लिगको प्लेअफमा रियल मड्रिडसँग ३–१ ले पराजित हुँदा म्यानचेष्टर सिटी प्रतियोगिताबाट बाहिरिएको छ । रियाललाई जिताउन फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । खेलभर रियाल हाबी भएपछि पेप ग्वार्डिओलाको सिटी दबाबमा रह्यो । सन् २०१२ र २०१३ को सिजनपछि सिटीको च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरेको हो । सिटी त्यसताका पनि समूह चरणबाटै बाहिरिएको थियो । समग्रमा सिटी दुई लेगमा ६–३ ले पराजित भयो । पहिलो लेग घरेलु मैदानमा हुँदा पनि सिटी ३–२ ले पराजित भएको हो । अब, रियालले अन्तिम १६ मा स्पेनकै एट्लेटिको मड्रिड वा जर्मनको बायर लेभरकुसेनविरुद्ध खेल्ने छ ।...
फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको विजयी सुरुवात

फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको विजयी सुरुवात

नेपाल । फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानविरुद्ध १–० को जित निकालेको हो । खेलको १०औँ मिनेटमा सबिता राना मगरको पासमा विमला चौधरीले गोल गरिन्। किर्गिस्तानलाई निकै दबाबमा राखेको नेपालले पाएको दर्जनभन्दा बढी असरलाई गोलमा परिणत गर्न सकेन् ।...
SSWSC ले १३ जना एथलीटहरूलाई यू-१८ राष्ट्रिय च्याम्पियनसिपमा पठाउने

SSWSC ले १३ जना एथलीटहरूलाई यू-१८ राष्ट्रिय च्याम्पियनसिपमा पठाउने

कोलोराडो । फेब्रुअरी २५ देखि मार्च ३ सम्म हुने यू–१८ राष्ट्रिय अल्पाइन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको छनौट भएको छ । स्टीमबोट स्पिङ विन्टर क्लबले एस्पेन, कोलोराडोमा गर्न लागेको उक्त प्रतियोगिताको लागि खेलाडीहरु छनौट गरेको हो । राष्ट्रिय अल्पाइन च्याम्पियनसिपमा प्रतिस्पर्धामा छानिएका प्रतिष्पर्धीहरुमा क्याथरिना कोस्बी, लोगान ग्रोसडिडियर, रेवानी श्रेष्ठ, क्याली गोफर्थ, बेला फिशर, एबी ओल्सन, हेजल फर्नले, ओवेन विदर, विलेम ब्राडफोर्ड, म्याथ्यू काफ्का, एड्रियन ब्यूरेगार्ड, क्यामन ब्यूरेगार्ड र निकोलस ब्रैडफोर्ड रहेको आयोजक संस्थाकी रेवानी श्रेष्ठले बताइन् । स्टीमबोट स्प्रिङ्स कोलोराडो निवासी रेवानी श्रेष्ठ त्यहाँ नै प्रशिक्षण सञ्चालन गर्छिन् । उनी एक अनुभवी अल्पाइन स्की प्रशिक्षक रोहित श्रेष्ठकी छोरी हुन्, जसले सगरमाथा आरोहण गरिसकेका छन् । सानो सहर भए पनि स्टीमबोट स्प्रिङ्सले उत...
सातौं संस्करणको बागमती गोल्डकप सुरु, प्रचण्डबाट उद्घाटन

सातौं संस्करणको बागमती गोल्डकप सुरु, प्रचण्डबाट उद्घाटन

नेपाल (हेटौंडा) । मकवानपुरको बागमती गाउँपालिकामा सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सुरु भएको छ । गाउँपालिका वडा–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष दाहालले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए । भ्रष्टाचारको अन्त्य नगरेसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने उनले दाबी गरे । भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक न्यायको पक्षमा र आ...
एनआरएनएद्वारा अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान

एनआरएनएद्वारा अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान

नेपाल । गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) द्वारा नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । मंगलबार सम्पन्न प्रेस मिट कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका नगरप्रमुख धनराज आर्चाय र नेपाल भूतपूर्व खेलाडी मन्चका अध्यक्ष आदरणीय डिल काजी गुरूङलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला सचिव आदरणीय राधिका गुरूड ९टिका०, क्ष्ऋऋ सदस्य डिलरास गुरूड र सल्लाहकार सूर्य गुरूडज्यूहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा महिला सचिव राधिका गुरूड (टिका) ले भन्नुभयो, “हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो, र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ ।” नेपाल भूतपूर्व ...
नेपालमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपालमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो । प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए । नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए । प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुने प्रवक्ता शाहले बताए । प्रतियोगिताको टिकट दर साधारणतर्फ...
थाइल्याण्डले जित्यो नेपालमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलाको उपाधि

थाइल्याण्डले जित्यो नेपालमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलाको उपाधि

नेपाल । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलामा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा गर्‍यो । दुवै टीम ४ जितसहित ८ अंकको अवस्थामा थिए । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन । आजको खेल थाइल्यान्डले एकतर्फीरूपमा जित्यो । नेपालका कुनै पनि ब्याटरले थाइल्यान्डको बलिङको प्रतिरोध गर्न सकेनन् । ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । कप्तान इन्दु बर्माले १० र कविता जोशीले १ छक्कासहित १४ रन जोडे । डेब्यू गर्ल राजमती ऐरी १४ बलमा ११ रन जोडेर अविजित रहिन् । बलिङतर्फ नेपालकी कप्तान इन्दुले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् भने पूजा महतोले २ ओभरमा ११ रन खर्चेर १ विकेट हात पारिन् । अन्य बलरहरु विकेटविहीन बने ।...
अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको लगातार पाँचौँ हार

अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको लगातार पाँचौँ हार

नेपाल । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो । यसअघि नै उपाधि दौडबाट बाहिरिएको नेपालले हरेक खेलमा राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । जितसँगै नेदरल्यान्ड्स उपाधि होडमा उभिएको छ । जितका लागि एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमा बिनाविकेटको क्षतिमा एक सय ५१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित सिरिजमा सबै टोलीले एक आपसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अहिले चार खेल जितेर आठ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ । ६ अङ्क बनाएको नेदरल्...
महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपालको हारैहार

महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपालको हारैहार

नेपाल । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालले फेरि हार व्यहोरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भयो । लगातार चौथो हारसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना सकिएको छ । लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधि नजिक पुगेको छ । जितका लागि थाइल्यान्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेटको क्षतिमा एक सय एक रनमा समेटिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । लगातार चौथो जितसँगै थाइल्यान्ड आठ अङ्कसहित शीर्षस्थानमा रहेको छ । सिरिजमा अब थाइल्यान्डले नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । नेपालले पनि थाइल्यान्ड र नेदरल्यान्ड्सँग एक एक खल खेल्न बाँकी छ । समान खेलबाट ६ अङ्क बनाएको नेलरल्यान्ड्स दोस्रो स्थानमा छ । नेप...
थाइल्यान्डद्वारा नेदरल्यान्ड्स १७ रनले पराजित

थाइल्यान्डद्वारा नेदरल्यान्ड्स १७ रनले पराजित

नेपाल । नेपालको राजधानीमा काठमाडौंमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो । यस्तै नेपालले मंगलबार थाइल्यान्डसँग खेल्नछ । ...