५ बैशाख २०८२, शुक्रबार

खेलकुद

टी-२० सिरिजः दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित

टी-२० सिरिजः दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित

नेपाल । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत घरेलु मैदानमा जारी दोस्रो खेलमा पनि नेपालले दोस्रो हार बेहोरेको छ । बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो । नेदरल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए । बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । बलिङमा नेपालका करण केसी र कुशल मल्लले एक–एक विकेट लिएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग...
साउदीमा नेपाली चेलीहरुको उत्कृष्ठ प्रदर्शन, नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा

साउदीमा नेपाली चेलीहरुको उत्कृष्ठ प्रदर्शन, नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा

कोलोराडो । मंगलबार राति साउदी अरवको जेद्दाहस्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली चेलीहरुले उतकृष्ठ प्रदर्शन गरेका छन् । लेवनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको हो । नेपालले लेवनानलाई २–१ गोलले पराजित गरेको हो । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा कर्नर किकबाट रिफ्लेक्ट भएको बललाई प्रिती राईले उत्कृष्ट गोल गरिन् । खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाती गोलमार्फत लेवनानले अग्रता लिएको थियो । खेलको ७६औं मिनेटमा सावित्रा भन्डारी (साम्बा) ले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन् । खेलको अन्तिम समयमा प्रीतिले गोल गर्दै नेपाललाई फाइनल पुर्‍याइन् । दुई दिनपछि उपाधिका लागि नेपालको भिडन्त जोर्डनसँग हुनेछ । ...
त्रिवि क्रिकेट मैदानमा नेपाली स्तब्ध, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियासँग पराजीत

त्रिवि क्रिकेट मैदानमा नेपाली स्तब्ध, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियासँग पराजीत

नेपाल । मंगलबार टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजीत भएको छ । नामिबियासँग नेपाल २० रनले पराजय बेहोरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नेपालका करन केसीले ३ ओभरमा ३२, सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, रोहित पौडेलले ४ ओभरमा ३०, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिएका थिए। ...
नेपाली क्रिकेट खेलाडीले मासिक १ लाखसम्म तलब पाउने

नेपाली क्रिकेट खेलाडीले मासिक १ लाखसम्म तलब पाउने

नेपाल । नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाडीलाई मासिक २० हजारदेखि एक लाख रूपैयाँसम्म तलब दिने भएको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन् २०२४ का लागि राष्ट्रिय खेलाडीहरूको वर्गीकरण गरी पारिश्रमिक तोकेको हो । पुरुषतर्फ ३० खेलाडीलाई वर्गिकरण गर्दै २५ हजारदेखि १ लाखसम्म र महिलातर्फ १९ खेलाडीलाई बर्गिकरण गरी मासिक २० हजारदेखि ५० हजारसम्म तलब दिइने भएको हो ।    ...
वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश

वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश

नेपाल । नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको। नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् । फाइनल खेल बिहीबार साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ।...
सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने

सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने

नेपाल । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन् । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उनले त्यसविरुद्ध बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।...
एपीएफलाई हराउँदै मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी

एपीएफलाई हराउँदै मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी

नेपाल(हेटौंडा) । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधी जितेको हो । मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरे । मछिन्द्रले एक गोल भने आत्मघाती उपहार पाएको हो । खेलको दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । उपाधी हात पारेको मछिन्द्रले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप...
बागमती गोल्डकप प्रि म्याच कन्फ्रेन्स: मछिन्द्र र एपीएफ दुवै टिमको उपाधी जित्ने दाबी

बागमती गोल्डकप प्रि म्याच कन्फ्रेन्स: मछिन्द्र र एपीएफ दुवै टिमको उपाधी जित्ने दाबी

नेपाल (नेपाल) । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहिबार हुँदैछ । प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मछिन्द्र फुटबल क्बल र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ दुवै टिमले उपाधी जित्ने दाबी गरेका छन् । बुधबार भएको प्रि म्यान कन्फेन्समा बोल्दै मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि राम्रो तयारी गरेको बताउनुभयो । खेलाडीहरु शारिरिक रुप ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गर्ने गरी उपाधी जित्ने तयारी गरेको उहाँको दाबी छ । फाइनलमा राष्ट्रिय खेलाडी मनिष डांगी खेल्ने चान्स एकदम कम रहेको उहाँले बताउनुभयो । यसअघिका खेलमा पनि डांगी खेलेको थिएन । यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफु उपाधी जित्नेमा विश्वस्त र आशावादी भएको बताउनुभयो । सबै टिम जित्नका लागि नै प्रतियोगिता...
‘नेपाल ए’ द्वारा क्यानडा ११ लाई २ विकेटले पराजित

‘नेपाल ए’ द्वारा क्यानडा ११ लाई २ विकेटले पराजित

नेपाल । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न श्रृंखलाको दोस्रो खेलमा नेपाल ए ले क्यानडा ११ लाई २ विकेटले पराजित गरेको छ । अब श्रृंखलाको अन्तिम खेल तथा निर्णायक खेल बिहीबार हुनेछ । यो नेपाल ए टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा ११ बीचको श्रृंखलामा १–१ को बराबरी गरेको छ । मंगलबारको खेलमा भने क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए । बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा ११ ले ४९।५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक...
बागमती गोल्डकपः बिहिबार एपीएफ र मछिन्द्रबीच उपाधीका लागि भिडन्त हुने

बागमती गोल्डकपः बिहिबार एपीएफ र मछिन्द्रबीच उपाधीका लागि भिडन्त हुने

नेपाल (हेटौंडा) । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतको लागि पर्याप्त भयो । खेलको म्यान अफ द म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै एपीएफले फाइनलमा मछिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ । बिहिबार एपीएफ र मछिन्द्रबीच उपाधीका लागि भिडन्त हुनेछ । प्रतियोगिताक...