७ बैशाख २०८२, आईतवार

खेलकुद

सन्दीपको पुनरावेदन मुद्दामा ‘गौशाला २६’ को जन्मदर्ताको प्रतिलिपि पेश गर्न आदेश

सन्दीपको पुनरावेदन मुद्दामा ‘गौशाला २६’ को जन्मदर्ताको प्रतिलिपि पेश गर्न आदेश

नेपाल । बलात्कार प्रकरणमा दोषी ठहर भएका सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा सोमबार पहिलो दिनको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएको हो । २०७५–०९–१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ । ...
सनराइज हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत

सनराइज हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को सोमबार सम्पन्न खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लौरलाई २५ रनले पराजीत गरेको छ । हैदराबादले सोमबार रोयल च्यालेन्जर्स बैंग्लौरविरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनाएको थियो । जवाफमा बैंग्लौरले ७ विकेट गुमाउँदै २ सय ६२ रन मात्र बनाउन सक्यो । आईपीएलमा मंगलबार कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन् ।...
नेपालद्वारा हङकङ सजिलै पराजीत

नेपालद्वारा हङकङ सजिलै पराजीत

नेपाल । ओमानमा जारी एसीसी प्रिमियर लिगमा सोमबारको खेलमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै हङकङलाई ११४ रनमा अलआउट गर्यो । ११५ रनको सहज लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल सुरुबाटै आक्रमक रुपमा प्रस्तुत भयो । यो खेलमा जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको थियो । नेपाल अंकतालिकाको शीर्षस्थानमा छ । ...
आईपीएलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइटराइडर्स विजयी

आईपीएलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइटराइडर्स विजयी

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को आइतबारको खेलमा मुम्बई इन्डियन्सलाई चेन्नई सुपर किंग्सले २० रनले पराजित गरेको छ। २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो । आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सले लखनउ सुपरजायन्टलाई ८ विकेटले हरायो । प्रतियोगिता अन्तरगत सोमबार रोयल च्यालेन्जर्स बैंग्लौर र सनराइजर्स हैदरबादबीच खेल हुनेछ ।...
न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि

अमेरिका (क्यालिफोर्निया) । एनआरएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगितमा टेक्ससको टोलीले उपाधि जितेको छ । सानफ्रन्सिस्कोमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो । योसंगै बिजेता टोलीले सर्वाधिक १२ हजार डलर पुरस्कार जितेको छ । अन्तिम खेलमा १५–१३ स्कोर सहित न्यूयोर्कले बाजी मारेको हो । बेस्ट अफ फाईभको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २-२ जीत सहित दुबै टोली बराबरको स्थितिमा थिए । खेलको उपबिजेताले ७ हजार डलर पुरस्कार पाउने छ । तेस्रो हुनेले ५ हजार र चौथो हुने टोलीका लागि २ हजार डलर पुरस्कार राखिएको यो खेल अमेरिकामा नेपाली समुदायमाझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो । विजेता-उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा...
एसीसी प्रिमियर कपमा नेपालद्वारा कतार ३२ रनले पराजीत

एसीसी प्रिमियर कपमा नेपालद्वारा कतार ३२ रनले पराजीत

नेपाल । शनिबार ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले कतारलाई ३२ रनले पराजीत गरेको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाचौं खेलाडी बनेका छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।...
आईपीएलमा राजस्थान रोयल्सद्वारा पञ्जाब किङ्स पराजित

आईपीएलमा राजस्थान रोयल्सद्वारा पञ्जाब किङ्स पराजित

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा शनिबार सम्पन्न खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजीत गरेको छ । एक सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो । ...
दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाइन्ट ६ विकेटले पराजीत

दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाइन्ट ६ विकेटले पराजीत

नेपाल । भारतमा जारी आइपीएल क्रिकेटमा शुक्रबारको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई ६ विकेटले पराजीत गरेको छ । लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो । प्रतियोगितामा शनिबार राजस्थान रोयल्यस र पञ्जाव किङ्स भिड्ने छन् ।...
आईपीएलमा मुम्बई इंडियन्सद्वारा रोयल च्यालेन्जर्स बैंग्लोर पराजीत

आईपीएलमा मुम्बई इंडियन्सद्वारा रोयल च्यालेन्जर्स बैंग्लोर पराजीत

काठमाडौं । भारतमा जारी आईपीएल क्रिकेटमा बिहीबारको खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ७ विकेटले हराएको छ । आरसीबीले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५ दहलाव ३ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । शुक्रबार लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।...
आईपीएलमा गुजरात टाईटन्सद्वारा राजस्थान रोयल्स पराजीत

आईपीएलमा गुजरात टाईटन्सद्वारा राजस्थान रोयल्स पराजीत

नेपाल । भारतमा जारी आईपीएल क्रिकेटमा बुधबारको खेलमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो। जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनाएको थियो । प्रतियोगितामा बिहीबार मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुनेछ ।...