८ बैशाख २०८२, सोमबार

खेलकुद

मुम्बईलाई हराउँदै प्लेअफमा पुग्यो कोलकता

मुम्बईलाई हराउँदै प्लेअफमा पुग्यो कोलकता

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएलमा) मा शनिबारको खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । यो जीतसँगै कोलकता प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकताले मुम्बईविरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । १५८ रनको जवाफी ब्याटिङ गरेको मुम्बईले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । आईपीएलमा आइतबार चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेनजर्स बैंग्लौर र दिल्ली क्यापिटल्स भिड्ने छन् ।...
आईपीएलमा शुक्रबारको खेलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजीत

आईपीएलमा शुक्रबारको खेलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबारको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि ३५ रनले जीत निकालेको छ । २३२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो । चेन्नईले ८ विकेटको क्षतिमा १९६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलिले ५६ रन जोडे । १२ खेलपछि चेन्नई १२ अंकसहित तेस्रो स्थानमा छ । गुजरात १२ खेलबाट १० अंकसहित आठौँ स्थानमा छ ।...
आईपीएलमा बैंग्लौरद्वारा पञ्जाब पराजीत

आईपीएलमा बैंग्लौरद्वारा पञ्जाब पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा विहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरसँग पञ्जाब पराजीत भएको छ । पञ्जाबमाथि ६० रनको जित हासिल गर्दै बैंग्लौरले प्लेअफको गणितीय सम्भावनालाई कायमै राखेको हो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लौले ७ विकेटको क्षतिमा २४१ रन बनायो । जवाफमा पञ्जाबले १७ ओभरमै अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो । राइली रस्सोऊले २७ बलमा ६१ रन बनाए । आईपीएलमा शुक्रबार चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स खेल्दैछन् ।...
नेपाली राष्ट्रिय टोली लण्डनमा सम्मानित

नेपाली राष्ट्रिय टोली लण्डनमा सम्मानित

बेलायत । नेपाली राष्ट्रिय टोलीका खेलाडी लन्डनस्थित नेपाली दूतावासमा सम्मानित भएका छन् । विहिबार साँझ दूतावासमा आयोजित समारोहमा खेलाडी र अफिसियलका साथै आयोजक, स्वयमसेवक र प्रायोजकसमेतलाई सम्मान गरिएको हो । सो टोलीले मे ६ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ संग ऐतिहासिक फुटबल खेलेको थियो । कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली टोलीका खेलाडीहरुसंगै प्रशिक्षक र व्यवस्थापन समूहका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरे । खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, इंग्ल्याण्ड एफएका नेश्नल लिग प्रमुख लरेन्स जोन्स लगायतलाई पनि सम्मान गरे । ...
सनराइजर्स हैदरावादद्वारा लखनउ सुपर जायन्ट्स पराजीत

सनराइजर्स हैदरावादद्वारा लखनउ सुपर जायन्ट्स पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। बुधबार राति भएको खेलमा हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । आईपीएलमा बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे एचपिसए स्टेडियममा हुनेछ ।...
राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत

राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजीत भएको छ । दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो । यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।...
मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले

मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ७ विकेटले

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबारको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । मुम्बईको जीतमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजित इनिङ खेले । टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । प्रतियोगितामा मंगलबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्ने छन् ।...
कोलकाता नाइट राइडर्सद्वारा लखनउ सुपर जायन्ट्स ९८ रनले पराजीत

कोलकाता नाइट राइडर्सद्वारा लखनउ सुपर जायन्ट्स ९८ रनले पराजीत

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजीत गरेको छ । लखनउलाई हराउँदै कोलकाता अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको हो । कोलकाताले प्रस्तुत गरेको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो । जितपछि कोलकाताले ११ खेलबाट १६ अंक हात पारेको छ । नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो । लखनउ १२ अंकसहित पाँचौँ स्थानमा छ।...
नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजीत

नेपालद्वारा वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजीत

नेपाल । पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ । वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो । तर सिरिज भने वेस्ट इन्डिज ‘ए’ ले ३–२ ले जितेको छ । पहिलो खेल जितेको नेपालले श्रृंखलाको अन्तिम खेल पनि जितेको छ । वेस्ट इन्डिज ‘ए’ ले भने दोस्रो, तेस्रो र चौथो खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको हो । ...
नेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

नेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

लण्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल बराबर खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको हो । नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ । अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा क्लबको आफ्नै इबीबी स्टेडियममा हुने उक्त मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरि ३० जनाको टोली अहिले बेलायतमा छ । नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।...