
लखनउ सुपर जायन्ट्सद्वारा मुम्बइ इन्डियन्स १८ रनले पराजित
नेपाल । भारतमा जारी आईपीएलको शुक्रबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।
लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे ।
हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ ।...