८ बैशाख २०८२, सोमबार

खेलकुद

कोलकाता नाइट राइडर्सले तेस्रो पटक जित्यो आईपीएलको उपाधि

कोलकाता नाइट राइडर्सले तेस्रो पटक जित्यो आईपीएलको उपाधि

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । उसले तेस्रो पटक आईपीएलको उपाधि जितेको हो । आइतबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो । हैदरावादले दिएको गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो । ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भए । गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे । टस जितेर ...
नेपाली क्रिकेट टिमद्वारा दुबै अभ्यास खेलमा अमेरिकाको ह्युस्टन हरिकेन्स पराजीत

नेपाली क्रिकेट टिमद्वारा दुबै अभ्यास खेलमा अमेरिकाको ह्युस्टन हरिकेन्स पराजीत

टेक्सस (अमेरिका) । टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टिमले ह्युस्टन हरिकेन्सलाई दोस्रो अभ्यास खेलमा पनि पराजीत गरेको छ । शनिबार आयोजित दोस्रो खेल जितेसँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ । ह्यूस्टन हुरीकेन्स अमेरिकाको माइनर लिग फ्रान्चाइज टिम हो । १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो । जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६–१६ रनमा आउट भए । नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एकरएक विकेट लिए । त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाउन सकेको थियो । कप्तान रोहित पौडेलले ४० ...
आइतबार आईपीएलको फाइनलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने

आइतबार आईपीएलको फाइनलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने

नेपाल । इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन् । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले कोलकातासँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । यी दुई टोलीबीचको फाइनल आइतबार चेन्नईमा हुनेछ । शुक्रबार राति हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनमात्रै बनाउन सक्यो ।...
एनआरएनए एनसीसी अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिम विजयी

एनआरएनए एनसीसी अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिम विजयी

अमेरिका (टेक्सस) । एनआरएनए अमेरिका कपको पहिलो खेलमा नेपाली क्रिकेट टिमले अमेरिकाको ह्यूस्टन हुरीकेन्सलाई ६ रनले पराजीत गरेको छ । ह्यूस्टन हुरीकेन्स अमेरिकाको माइनर लिग फ्रान्चाइज टिम हो । शुक्रबार राति प्रेरी भू क्रिकेट कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमात्रै बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार शाहलले ४७ रन, कप्तान रोहित पौडेलले २३ र गुलसन झाले २० रन बनाए । टी २० विश्वकप खेल्न अहिले अमेरिकामा रहेको नेपाली टिमको तयारीका लागि सहयोग गर्न २ खेलको सिरिज आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रायोजन एनआरएनए एनसीसी अमेरिकाले गरेको छ । नेपालले हुरीकेन्ससँग दोस्रो खेल शनिबार खेल्नेछ । नेपालले टी २० विश्वकपमा जेठ २२ गत...
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन सरकारले पहल गर्नु पर्छः क्यान

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन सरकारले पहल गर्नु पर्छः क्यान

नेपाल । टी-२० विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरे पछि यसबारेमा नेपाल क्रिकेट संघ (क्यान) ले सरकारका जिम्मेवार व्यक्तिहरुलाई जानकारी गराएको छ । सरकारले पहल गरी उक्त प्रतियोगितामा खेल्न जाने बाताबरण मिलाउनु पर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । बलात्कारको मुद्दामा जिल्ला अदालतबाट दोषी ठहरिउका लामिछानेले उच्च अदालत पाटनबाट केही दिनअघिमात्रै सफाई पाएका थिए । उक्त मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्ने बाटो खुले पनि बुधबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । क्रिकेटको अन्तराष्ट्रिय संस्था आईसीसीले भने लामिछानेलाई उक्त प्रतियोगिता खेल्न दिन स्वीकृति प्रदान गरेको थियो । आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकप खेल हुँदैछ । प्रतियोगिताको लाग यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीम...
राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी बाहिरियो

राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी बाहिरियो

नेपाल । भारतमा जारी आईपीएलमा बुधबारको खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुदै रोयल च्यालेनजर्स बैंग्लौर (आरसीबी) लिगबाट बाहिरिएको छ । आरसीबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहल(क्याडमोरले २० रन बनाए । टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए। राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ । यसअघि हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स फाइनल प्र...
सनराईजर्स हैदराबादलाई पराजीत गर्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश

सनराईजर्स हैदराबादलाई पराजीत गर्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश

नेपाल । भारतमा जारी आईपीएलको मंगलबारको खेलमा सनराईजर्स हैदराबाद माथि जीत निकाल्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जीत दर्ता गर्दै कोलकाता उपाधि नजिक पुगेको हो ।​ हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टाएको हो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे । कोलकाता लागि मिचेल स्टार्कले ३ , वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए । दोस्रो क्वालिफायर शुक्रबार चेन्नईमा हुनेछ । फाइनल आगामी आइतबार चेन्नईमा नै हुने तालिका छ ।...
आईपीएलको प्लेअफमा पुगे यी चार टिम

आईपीएलको प्लेअफमा पुगे यी चार टिम

नेपाल । इण्डियन प्रिमियर लिग (आइपिएल) को आइतबार सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैंग्लौरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको बैंग्गलौरले चेन्नईलाई जितका लागि २१९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा चेन्नईले ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सकेको थियो । यो जितसँगै चेन्नईसँग अंक बराबरी बनाएको बैंग्लौर रन रेटका आधारमा प्लेअफमा पुगेको हो । प्रतियोगितामा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगेका छन् ।...
रोयल च्यालेनजर्स बेंग्लौरद्वारा चेन्नाई सुपर किंग्स पराजीत

रोयल च्यालेनजर्स बेंग्लौरद्वारा चेन्नाई सुपर किंग्स पराजीत

नेपाल । भारतमा जारी आईपीएलको शनिबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सलाई पराजीत गर्दै रोयल च्यालेनजर्स बेंग्लौर (आरसीबी) ले प्लेअफमा स्थान बनाएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई माथि २७ रनको जीत दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । आरसीबीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । त्यसअघि आरसीबीले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो । राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् । हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ । आइपिएलमा पहिलो क्वालिफायर १ मा फाइनल प्रवेशका लागि कोलकत्ता नाईट ...
सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीको स्वीकृति

सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीको स्वीकृति

नेपाल । बालिका बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ (क्यान) ले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । आईसीसीको स्वीकृतिसँगै क्यानले सन्दीपलाई खेलका लागि अमेरिका पठाउने तयारी गरेको छ । आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली पठाइसकेको छ ।...