८ बैशाख २०८२, सोमबार

खेलकुद

अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले टेलिफोनबाट दिए शुभकामना

अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले टेलिफोनबाट दिए शुभकामना

नेपाल । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका हुन् । नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरे । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता गत जेठ १९ गतेदेखि सुरु भएको छ । मंगलबार नेपालले आफ्नो पहिलो खेल राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दैछ ।...
टी-२० विश्वकपमा मंगलबार अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदै

टी-२० विश्वकपमा मंगलबार अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा मंगलबार अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । यसअघि नेपालले सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो। यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो। ...
टी-२० विश्वकपमा अमेरिकाको विजयी सुरुआत, पपुवा न्युगिनी वेस्ट इन्डिजसँग पराजीत

टी-२० विश्वकपमा अमेरिकाको विजयी सुरुआत, पपुवा न्युगिनी वेस्ट इन्डिजसँग पराजीत

अमेरिका । अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको जित हात पारेको छ । अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको हो । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । त्यसैगरी आइतबारनै सम्पन्न अर्को खेलमा वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको छ । वेस्ट इन्डिजले पिएनजीलाई ५ विक...
रियल म्याड्रिडले जित्यो युरोपेली च्याम्पियन्स लिगको उपाधि

रियल म्याड्रिडले जित्यो युरोपेली च्याम्पियन्स लिगको उपाधि

अमेरिका । युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ । शनिबार सम्पन्न खेलमा रियलले वेम्बलीमा बोरुसिया डर्टमन्डलाई २–० गोलले जितेको हो । रियल १५औं पल्ट युरोपेली च्याम्पियन्स लिग जितेको हो । खेलका दुबै गोल दोस्रो हाफको मध्य भागमा भएको थियो । डानी कारभाजालले ७४ औं मिनेटमा हेडबाट गोलको खाता खोले । त्यसको नौ मिनेटपछि भिनिसियस जुनियरले दोस्रो गोल थपे ।...
आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु, नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्दै

आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु, नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्दै

अमेरिका । आइतबारदेखि अमेरिकामा आईसीसी टी-२० विश्वकप अमेरिकामा शुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । उदघाटन खेलमा आइतबार अमेरिका र क्यानडाबीच प्रतिष्पर्धा हुँदैछ । आयोजक अमेरिका र क्यानडाबीच हुने उद्घाटन खेल टेक्ससको डलासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुनेछ । यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रंगशाला गरि ९ रंगशालामा विश्वकपको खेल हुँदैछ । यता नेपालले आगामी मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो । प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो। इंग्ल्याण्डले सन् २०२२ मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुमेको थियो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछ...
अमेरिका र नेपालबीचको वार्मअप खेल वर्षाको कारण रद्द

अमेरिका र नेपालबीचको वार्मअप खेल वर्षाको कारण रद्द

अमेरिका । अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल वर्षाको कारण रद्द भएको छ । स्थानिय समय अनुसार बिहीबार बिहान  १०ः३० बजे ग्राण्ड प्रेरी रंगशालामा हुनु पर्ने खेल रद्द भएको हो । अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । नेपाल पहिलो वार्मअप खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । नेपालले आगामी मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा हुने विश्वकप खेल्न नेपाली टोली अमेरिकामा छ ।...
नेपाल सरकारले पहल गर्दा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा

नेपाल सरकारले पहल गर्दा पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा

नेपाल । बालिका बतात्कारको मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको छ । जेठ ९ गते पहिलोपटक भिसा अस्विकृत भएपछि जेठ १७ गते बिहीबार दोस्रोपटक सन्दीपले अन्तर्वार्ता दिएका थिए । तर, दोस्रो पटक पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत जानकारी गराएको छ । सन्दीपलाई टी–२० विश्वकम खेलाउन अमेरिका पठाउन कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा नदिएको क्यानका महासचिव पारस खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् । ...
दोस्रो वार्म अप खेलमा बिहीबार नेपाल र अमेरिकाको खेल हुने

दोस्रो वार्म अप खेलमा बिहीबार नेपाल र अमेरिकाको खेल हुने

अमेरिका । बिहीबार राति नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसिसी टी-२० विश्वकपको दोस्रो वार्म अप खेलमा अमेरिकाविरुद्ध खेल्दैछ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटिएको थियो । विश्वकप क्रिकेट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुादैछ। समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार ३ गते बंगलादेशविरुद्ध समूह चरण...
जुन ६ मा नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

जुन ६ मा नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

नेपाल । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ । समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ (जेठ २४ गते) नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो । तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब साउदीमा सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ । खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ । समूह बी मा नेपालले अहिलेसम्म खेलेको सबै चारवटै खेलमा हार बेहोरेको छ । युएईपछि नेपालले समूहको अन्तिम खेल यमन विरुद्ध खेल्नेछ । ...
वार्मअप खेलमा नेपाल क्यानडासँग पराजीत, अमेरिकासँग दोस्रो खेल खेल्दै

वार्मअप खेलमा नेपाल क्यानडासँग पराजीत, अमेरिकासँग दोस्रो खेल खेल्दै

नेपाल । अमेरिकाको डलासमा सोमबार राति टी-२० विश्वकप अन्तर्गतको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजीत भएको छ । क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलामा मात्र १ सय २० रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । अनिलकुमार शाहले २४, आसिफ शेखले २२ र कुशल भुर्तेलले १० रन बनाए । बलिङमा क्यानडाका डिलन हेलिगर सर्वाधिक ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले २(२ विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । क्यानडाका निकोशल किर्तनले सर्वाधिक ५१ रन जोडेका थिए । बलिङमा नेपालका अभिनास बोहराले २, सागर ढकाल, करण केसी, गुल्सन झा, सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिएका थिए । नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकप १ जुनदेखि २९ सम्म अमेरि...