३ माघ २०८१, बिहीबार

खेलकुद

पहिलो खेल जितेर हौसिएको नेपालले वेस्टइन्डिजसँग आइतबार दोस्रो खेल खेल्दै

पहिलो खेल जितेर हौसिएको नेपालले वेस्टइन्डिजसँग आइतबार दोस्रो खेल खेल्दै

नेपाल । शनिबार पहिलो खेल जितेर हौसिएको नेपालले आइतबार दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । शनिबार पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल आगामी शनिबार हुनेछ ।...
आईपीएलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विजयी

आईपीएलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स विजयी

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल) मा शनिबारको खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको जीत निकालेको छ । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । त्यसअघि लखनऊमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । शनिबारनै भएको पहिलो खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग पराजित भयो । आइपीएलमा आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।...
पञ्जाब किंग्सद्वारा कोलकाता नाइटराइडर्स पराजीत

पञ्जाब किंग्सद्वारा कोलकाता नाइटराइडर्स पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सद्वारा कोलकाता नाइटराइडर्स पराजीत भएको छ । पञ्जाबले कोलकाता नाइट राइडर्सविरुद्ध राखेको २६२ रनको चुनौती पञ्जाबले १८.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । पञ्जाबले यति ठूलो चुनौती आठ विकेटले जित्न सफल भएको हो । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले इडेन गार्डेनमा शुक्रबार राति भएको खेलमा ६ विकेटको क्षतिमा २६१ रन बनाएको थियो । प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै छन् त्यस्तै बेलुकी ७ः४५ बजे लखनउ सुपर जाइन्टसले घरेलु मैदानमा राजस्थान रोयल्ससँग खेल्दैछ ।...
नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ बीचको टी-२० शृङखला शनिबारबाट सुरु

नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ बीचको टी-२० शृङखला शनिबारबाट सुरु

नेपाल । शनिबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीबीचको टी–२० शृङखला सुरु हुँदैछ । वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इन्डिजको ‘ए’ टोलीबीच पाँच खेलको टी–२० शृङ्खला हुँदैछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ । ...
रोयल च्यालेन्जर्स बैंग्लौरंद्वारा सनराइजर्स हैदरावाद ३५ पराजीत

रोयल च्यालेन्जर्स बैंग्लौरंद्वारा सनराइजर्स हैदरावाद ३५ पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरले दोस्रो जीत हासिल गरेको छ । बैंग्लौरले सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको हो । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले बैंग्लौरले ब्याटिङ रोजेको थियो । विराट कोहली र रजत पाटिदारको अर्धशतकसँगै ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।...
कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु

कोलोराडो (अमेरिका) । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब(सीएनवाईसी) को सहआयोजकमा जुन २९ र ३० तारिखका दिन उक्त प्रतियोगिता गर्न लागिएको हो । अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर ‘सहभागिता र एकताका लागि खेलकुद’ भन्ने नाराका साथ नेपाली डायस्पोरा भित्र नेपाली युवा सहभागितालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन र संलग्न गराउनु कार्यक्रमको उद्देश्य गरेको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङले बताउनु भयो । उक्त प्रतियोगिताको व्यवस्थापनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरु र क्यानडासमेतबाट २०–२५ टिमको सहभागिता रहने आयोजकहरुले आंकलन गरेको एनआरएनए ...
दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ४ रनको पराजीत

दिल्ली क्यापिटल्सद्वारा गुजरात टाइटन्स ४ रनको पराजीत

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबारको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनको पराजीत गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । आइपीएलमा बिहीबार सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।...
लखनउ सुपर जायन्ट्सद्वारा चेन्नई सुपर किंग्स ६ विकेटले पराजित

लखनउ सुपर जायन्ट्सद्वारा चेन्नई सुपर किंग्स ६ विकेटले पराजित

नेपाल । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबारको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाउँदै २१३ रन बनाएर विजयी भएको हो । टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्ने छन् ।...
राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो

राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो

नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबारको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । आईपीएलमा मंगलबार चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।...
आईपीएलमा गुजरात टाईटन्सद्वारा पञ्जाब किंग्स ३ विकेटले पराजीत

आईपीएलमा गुजरात टाईटन्सद्वारा पञ्जाब किंग्स ३ विकेटले पराजीत

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सम्पन्न खेलमा गुजरात टाईटन्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजीत गरेको छ। पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो । टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो । आइपीएलमा सोमबार राजस्थान रोयल्स र मुम्बई इंडियन भिड्ने छन् ।...