९ बैशाख २०८२, मंगलवार

खेलकुद

टी-२० विश्वकप प्रतियोगितामा अफगानिस्तान र इंग्ल्यान्ड विजयी

टी-२० विश्वकप प्रतियोगितामा अफगानिस्तान र इंग्ल्यान्ड विजयी

अमेरिका । आइसिसी टी–२० विश्वकपको सुपर ८ मा अष्ट्रेलियालाई अफगानिस्तानले हराएको छ । जारी विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९ दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो । त्यसअघि अलराउन्डर प्याट कमिन्स लगातार ह्याट्रिक विकेट लिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको थियो । ​ यसैगरी टी–ट्वेन्टी विश्वकपको सुपर एटको समूह दुई अन्तर्गतको खेलमा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । योसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले ११६ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले विनाविकेटको क्षतिमा ६२ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो । पहिलो इनिङमा अमेरिकाले १८ द...
कोपा अमेरिका कपमा भनेजुएलाद्वारा इक्वेडर पराजीत

कोपा अमेरिका कपमा भनेजुएलाद्वारा इक्वेडर पराजीत

अमेरिका । कोपा अमेरिका २०२४ मा आइतबार बिहानको खेलमा भनेजुएलाले इक्वेडरलाई पराजीत गरेको छ । समूह बीअन्तर्गत अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दइक्वेडरलाई भनेजुएलाले २–१ ले पराजीत गरेको हो । खेलको २२औं मिनेटमै इक्वेडरका इनर भ्यालेन्सियाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको थियो । त्यसका बावजुत पनि जेरेमी सार्मिएन्टोले ४०औं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिले अग्रता दिलाएका थिए । तर इक्वेडरले त्यो अग्रता कायम राख्न सकेन । जोन्डर काडिजले ६४औं मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल फर्काए । त्यसको १० मिनेटपछि एडवार्ड बेलोले गोल गर्दै भेनेजुएलालाई २–१ ले जीत दिलाउन योगदान दिए ।...
यूरो कपमा जर्जिया र चेक रिपब्लिक बराबरी, पोर्चुगलद्वारा टर्की पराजीत

यूरो कपमा जर्जिया र चेक रिपब्लिक बराबरी, पोर्चुगलद्वारा टर्की पराजीत

नेपाल । जर्जियाले जर्मनीमा भइरहेको युरो २०२४ मा पहिलो अंक जोडेको छ । समूह बी अन्तर्गत शनिवार साँझ ह्याम्वर्गमा भएको समूह एफको खेलमा जर्जियाले चेक रिपब्लिकसँग १–१ को बराबरी खेल्दै अंक जोडेको हो । जर्जेस मिकाउठाड्जेले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगान सकेन । ५९औं मिनेटमा प्याट्रिक सिकले चे रिपब्लिकका लागि बराबरी गोल फर्काए । जर्जियाले खेलको अन्तिममा जित निकाल्ने अवसर गुमाएको थियो । जर्जियाका वैकल्पिक खेलाडी साबा लोब्जानिड्जेले अन्तिम समय गोल गर्ने राम्रो अवसर गुमाएका थिए । बराबरीले जर्जिया र चेक दुवैलाई घाटा लागेको छ । दुई खेलबाट जर्जिया र चेक रिपब्लिक दुवैको समान १ अंक छ । यता, लगातार दोस्रो जित निकाल्दै पोर्चुगल युरो कप को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबारको खेलमा पोर्चुगलले टर्कीलाई ३–० ले सहजै पराजित गरेको हो । प...
आइसिसी टी-२० मा भारत र वेस्ट इन्डिज विजयी, अमेरिका र बंगलादेश बाहिरिए

आइसिसी टी-२० मा भारत र वेस्ट इन्डिज विजयी, अमेरिका र बंगलादेश बाहिरिए

नेपाल । आइसिसी टी–२० विश्वकपअन्तर्गत ‘सुपर–८’ मा भारत सेमिफाइनलको नजिक पुगेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ५० रन पूरा गरे । विराट कोहलीले ३७ रनको योगदान दिए । कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए । अक्षर पटेल ३ रनमा अविजित रहे । पराजित बंगलादेश भने सुपर एटबाटै बाहिरिएको छ । यसैगरी शनिबारनै सम्पन्न अर्को खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विके...
कोपा अमेरिका कपमा चिली र पेरु बराबरीमा रोकिए

कोपा अमेरिका कपमा चिली र पेरु बराबरीमा रोकिए

अमेरिका । कोपा अमेरिका कप-२०२४ अन्तरगत चिली र पेरुबीचको खेल बराबरीमा रोकिएको छ । खेलमा ६५ प्रतिशत बल पोजिसन रहेपनि चिलीले पेरुविरुद्ध कुनै गोल गर्न सकेन । दुबै टोलीले केही राम्रो प्रयास गरेका थिए । समूह ए मा ३ अङ्क सहित अर्जेन्टिना पहिलो नम्बरमा रहदा पेरु र चिलिको समान १–१ अंक भएको छ भने क्यानडा अंक विहिन छ ।...
यूरो कपमा फ्रान्स र नेदरल्याण्ड्स गोलरहित बराबरी, अष्ट्रिया र युक्रेन विजयी

यूरो कपमा फ्रान्स र नेदरल्याण्ड्स गोलरहित बराबरी, अष्ट्रिया र युक्रेन विजयी

नेपाल । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत शुक्रबार राति भएको समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३–१ ले पराजित गरेको छ । यस जितपछि दुई खेलबाट ३ अंक जोडेको अष्ट्रिया तेस्रो स्थानमा छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि पोल्याण्ड भने बाहिरिएको छ । त्यसैगरी युक्रेनले स्लोभाकियाललाई २–१ ले पराजीत गरेको छ । जर्मनीको डुसेलडोर्फमा शुक्रबार साँझ भएको खेलमा इभान स्रान्जले १७औं मिनेटमा गोल गर्दै स्लोभाकियलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा स्लोभाकियाले अग्रता कायम राखेपनि दोस्रो हाफमा त्यसलाई जोऊउन सकेन । युक्रेनले दोस्रो हाफमा पुनरागमन गर्दै दुई गोल गर्‍यो । माइकोला सापारेन्कोले ५४औं मिनेटमा युक्रेनका लागि बराबरी गोल फर्काए । त्यसपछि रोमन य...
आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र भारत विजयी

आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिका, अष्ट्रेलिया र भारत विजयी

नेपाल । आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको छ । दक्षिण अफ्रिकाको यो निरन्तर छैटौँ जित हो । शुक्रबार राति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो । यसैबीच आइसीसी टी–२० विश्वकप अन्तर्गतको सुपर एटमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ । अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल डकवर्थ लुईस (डीएल) नियम अनुसार निर्णय लिइएको हो । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेर बंगलादेशले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो । १४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाको पालीमा पानी परेर खेल रोकिँदै चल्दै गर्‍यो । विना विके...
इंग्ल्यान्डद्वारा वेस्ट इन्डिज ८ विकेले पराजीत

इंग्ल्यान्डद्वारा वेस्ट इन्डिज ८ विकेले पराजीत

नेपाल । अमेरिका र वेस्टइन्डिजमा जारी टी–२० विश्वकप २०२४ को सुपर ८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजीत गरेको छ । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो । समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर ८ मा आइपुगेको थियो । इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर ८ को समूहर २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका छन् ।...
कोपा अमेरिका कप फुटबल शुरु, उद्घाटन खेलमा अर्जेन्टिनाद्वारा क्यानडा पराजीत

कोपा अमेरिका कप फुटबल शुरु, उद्घाटन खेलमा अर्जेन्टिनाद्वारा क्यानडा पराजीत

अमेरिका । कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गरेको छ । अमेरिकामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको क्यानडाले दोस्रो हाफको ४९ औं मिनेटमा गोल खान पुग्यो । दोस्रो हाफको चौथो मिनेटमा अर्जेन्टिनाका जुनियर अल्भारेजले पहिलो गोल गर्दै अग्रता दिलाए । खेलको ८८औँ मिनेटमा मार्टिनेजले गोल गर्दै जित सुनिश्चत गरे । क्यानडाले कोपा अमेरिकामा पहिलो पटक सहभागिता जनाएको छ । १५ पटकको विजेता अर्जेन्टिनाले समूह एमा पहिलो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यो समूहमा पेरु र चिली रहेका छन् । यस संस्करणमा १० दक्षिण अमेरिकी टोलीहरूसहित उत्तर र मध्य अमेरिका र क्यारेबियनका ६ टोलीहरु समावेश गरिएका छन् । क्यानडाको अर्को खेल बुधवार पेरुसँग हुनेछ भने सोही दिन अर्जेन्ट...
यूरो कपमा स्पेन विजयी, इङ्ल्यान्ड र डेनमार्क तथा सर्विया र स्लोभेनियाले अंक बाँडे

यूरो कपमा स्पेन विजयी, इङ्ल्यान्ड र डेनमार्क तथा सर्विया र स्लोभेनियाले अंक बाँडे

नेपाल । जर्मनीमा जारी यूरो कप २०२४ अन्तरगत भएको खेलमा इटालीलाई पराजित गर्दै स्पेनले युरो २०२४ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । बिहीबार राति भएको खेलमा इटालीलाई १–० ले पराजित गर्दै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ५६औँ मिनेट रिकार्डो कालाफियोरीले आत्मघाती गोलको कारण स्पेनले बाजी मार्‍यो । यो नतिजापछि स्पेनले लगातार दुई खेल जित्दै समूह बी मा ६ अंक बनाएको छ। इटालीको ३ अंक रहेको छ । त्यस्तै राति नै सम्पन्न अर्को खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो खेलमा सर्बिया विरुद्ध १–० को जित निकालेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन । नतिजापछि समूह सीमा रहेको इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ । डेनमार्क र स्लो...