९ बैशाख २०८२, मंगलवार

खेलकुद

कोपा अमेरिका कपः भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा

कोपा अमेरिका कपः भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा

अमेरिका । भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४–४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन् । अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ। यो खेल जुलाई ५ मा हुने छ ।...
यूरो कपमा स्पेन र इङ्ल्यान्ड क्वाटर फाइनलमा

यूरो कपमा स्पेन र इङ्ल्यान्ड क्वाटर फाइनलमा

नेपाल । जर्मनीमा जारी यूरो कप अन्तरगत जर्जियाविरुद्ध जित दर्ता गर्दै स्पेनले क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४–१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औं मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए । यसैगरी स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको गेल्सेनकर्चेनमा भएको प्रि–क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गोल गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवात...
अजेन्टिना र क्यानडा कोपा अमेरिका कपको क्वार्टरफाइनलमा

अजेन्टिना र क्यानडा कोपा अमेरिका कपको क्वार्टरफाइनलमा

अमेरिका । कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले पेरुलाई हराएको छ । अपराजित छ। अर्जेन्टिनाले लाउटिरो मार्टिनेज चम्किँदा पेरुलाई २–० ले हरायो । आइतबार बिहान अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा मार्टिनेजले ४७औँ मिनेटमा र ८६औँ मिनेटमा गोल गरे । अधिकांश समय बल आफ्नो पक्षमा पारेको अर्जेन्टिनाको यो जितसँगै ९ अंकका साथ ग्रुप ए बाट क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आजै भएको अर्को खेलमा क्यानडाले चिलीलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । ग्रुप ए बाट चिली र पेरु भने समूह चरणबाटै बाहिरिए ।...
भारतले जित्यो विश्वकप क्रिकेटको उपाधि, दक्षिण अफ्रिका स्तब्ध

भारतले जित्यो विश्वकप क्रिकेटको उपाधि, दक्षिण अफ्रिका स्तब्ध

अमेरिका । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । शनिबार राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन् । बलिङतर्फ भारतका अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्डेयले समान २–२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । भारतका लागि खेलमा ओपनर विराट कोहलीले ७६, अक्षर पटेलले ४७ र शिवम् दुवेले २७ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोर्किया र के...
इटाली स्विट्जरल्यान्डसँग पराजीत, जर्मनी क्वार्टरफाइनलमा प्रवेश

इटाली स्विट्जरल्यान्डसँग पराजीत, जर्मनी क्वार्टरफाइनलमा प्रवेश

अमेरिका । साबिक विजेता इटाली युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ । ओलम्पियास्ट्याडियन शनिबार राति सम्पन्न खेलमा इटाली स्विट्जरल्यान्डसँग २–० गोलअन्तरले पराजित भएको हो स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए। जतिसँगै स्विजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अब क्वाटरफाइनलमा स्विजरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ । यता, डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति डर्टमन्डमा भएको अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो । घरेलु टोली जर्मनीको जीतमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गर । पहिलो हाफको ३५ औँ मिनेटमा खराब मौसमका कारण खेल केहीबेर स्थगित भएको थियो । फेरि सुचारु भएको खेलको ५३ औँ मिनेटमा जर्मनीले...
कोपा अमेरिका कपमा उरुग्वेद्वारा बोलिभियालाई ५-० ले पराजीत

कोपा अमेरिका कपमा उरुग्वेद्वारा बोलिभियालाई ५-० ले पराजीत

अमेरिका । कोपा अमेरिका फुटबलमा उरुग्वेले बोलिभियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा शुक्रबार विहान भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोल अन्तरले हराएको हो । उरुग्वेको जितमा फाकुन्डो पेलेस्ट्री, डार्विन नुनेज, म्याक्सिमिलनो आराउजो, फर्डिको भेल्भर्डे र रोड्रिगो बेन्टाकौरले गोल गरे । बोलिभियालाई अधिकांश समय दबाबमा राखेको उरुग्वेले खेलको ८औँ मिनेटमा अग्रता लिएको थियो । त्यसपछि २१औँ, ७७औँ, ८१ र ८९ मिनेटमा गोल गर्‍यो । ग्रुप सीमा रहेको उरुग्वे जितपछि ६ अंकका साथ तालिकाको शीर्षमा कायमै छ र क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ...
शनिबार भारत र दक्षिण अफ्रिकाबीच टी-२० विश्वकपको उपाधिका लागि भिडन्त हुँदै

शनिबार भारत र दक्षिण अफ्रिकाबीच टी-२० विश्वकपको उपाधिका लागि भिडन्त हुँदै

अमेरिका । शनिबार राति भारत र दक्षिण अफ्रिकाबीच आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भिडन्त हुँदैछ । वेष्ट इण्डिजको बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे फाइनल खेल हुनेछ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा पुगेको हो । सन् २००७ मा टी–२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका पनि छ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको अफगानिस्तानलाई हराउँदै फाइनले यात्रा तय गरेको हो । सन् २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डसंग भोगेको हारको बदला लिँदै भारत फाईनलमा पुगेको हो ।...
कोपा अमेरिका कपमा अमेरिका पानमासँग पराजित

कोपा अमेरिका कपमा अमेरिका पानमासँग पराजित

अमेरिका । कोपा अमेरिका कपमा आयोजक अमेरिका पानमासँग पराजित भएको छ । शुक्रबार बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनमासँग २–१ ले पराजित भएको हो । खेलको १७औँ मिनेटमा पनामाका खेलाडीलाई मैदानै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिए पछि अमेरिका १० खेलाडीमा सीमित बन्यो । त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो । तर ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो । खेलको ८२ औँ मिनेटमा पनामाका जोसे फाजार्डोले गोल गर्दै पनामालाई जित दिलाए । ८८औँ मिनेटमा पनामाका अलबर्ट्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा पनामा पनि १० खेलाडीमा सिमित बन्यो । तनाव पूर्ण खेलमा पाँच पहेलो र २ रेड कार्ड दिइएको थियो । हारपछि अमेरिकाको २ खेलमा ३ अंक भएको छ । क्वार्टरफाइनलमा प्रवेशका लागि अमेरिकाले उरुग्वेलाई पराजित गर्नु पर्ने हुन्छ ।...
टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका शनिबार भिड्ने

टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका शनिबार भिड्ने

अमेरिका । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् । बिहीबार राति भएको सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले हरायो । १७२ रनको लक्ष्य पाएको इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अलआउट भएको थियो । भारतका अक्सर पटेल र कुलदीप यादवले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए । इङ्ल्यान्डका लागि ह्यारि ब्रुकले २५, जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । फिल साल्टले ५, मोइन अलीले ८ र साम करनले २ रन बनाए भने जोनी बेयरस्टले खाता खोल्न सकेनन् । लायम लिभिङ्स्टनले पनि १ रन मात्र जोड्न सके । पहिलो सेमिफाइनलमा बिहीबार बिहान अफगानिस्तानलाई ९ विकेटले हराएर दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो भने भारत सन् २००७ मा आयोजित पहिलो संस्करणको विजेता हो । भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवे...
दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश

दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश

अमेरिका । दक्षिण अफ्रिका आईसीसी टी-ट्वेन्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो । ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठौं ओभरमा लक्ष्य पूरा गर्यो । त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनाएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबारनै भारत र इङ्ल्याण्डबीच हुँदैछ । उपाधिका लागि शनिबार भिडन्त हुनेछ ।...