९ बैशाख २०८२, मंगलवार

खेलकुद

क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा

क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा

नेपाल । कोपा अमेरिका कपमा भेनेजुएलालाई पराजित गर्दै क्यानडा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलमा क्यानाडाले १४औं मिनेटमा ज्याकोब साफेलबर्गको गोल मार्फत अग्रता लिएको थियो । भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि कुनै गोल नहुँदा खेलको नतिजा सडन डेथबाट निस्कियो । पाचौं पेनाल्टीसम्म ३–३ को अवस्थामा पुगेपछि भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुके तर इस्माएल कोनेल क्यानाडाका तर्फबाट निर्णायक गोल गर्दै खेल ४–३ ले जिताए । अब सेमिफाइनलमा क्यानडाको भेट अर्जेन्टिनासँग हुनेछ ।...
युरो कपमा इङ्ल्यान्ड र नेदरल्याण्ड्स तथा फ्रान्स र स्पेनबीच सेमिफाइनल भिडन्त हुने

युरो कपमा इङ्ल्यान्ड र नेदरल्याण्ड्स तथा फ्रान्स र स्पेनबीच सेमिफाइनल भिडन्त हुने

अमेरिका । जर्मनीमा जारी युरो कपमा इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको हो । निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । यता ८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । यसैबीच, टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ६...
फ्रान्स र स्पेन यूरो कपको सेमिफाइनलमा प्रवेश

फ्रान्स र स्पेन यूरो कपको सेमिफाइनलमा प्रवेश

अमेरिका । जर्मनीमा जारी यूरो कप २०२४ मा पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले पेनाल्टी सुटआउटमा पोर्चुगललाई ५–३ गोलले पराजित गरेको हो । यता आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन । अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अतिरिक्त समयमा आयोजक जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो । मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलाइनेछ । फ्रान्स युरोकपको दुई पटकको विजेता हो भने स्पेनले यसअघि ३ वटक यूरो कप जिति सकेको छ । ...
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ए ग्रेडमा, मासिक १ लाख तलब पाउने

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ए ग्रेडमा, मासिक १ लाख तलब पाउने

नेपाल । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको ए ग्रेडमा समावेश गरेको छ । क्यान केन्द्रीय कार्यसमितिको बैठकले उनलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हो । क्यानका अनुसार उनको केन्द्रीय सम्झौता जुलाई १ देखि डिसेम्बर ३१ सम्म कायम रहने छ । लामिछानेसँगै अब ए ग्रेडमा समेटिने राष्ट्रिय खेलाडीको संख्या ७ पुगेको छ । यसअघि ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेफ र कुशल भुर्तेल समावेश भइसकेका छन् । अब सन्दीपले पनि अन्य ए ग्रेडका खेलाडीहरु सरह १ लाख रुपैयाँ मासिक तलब पाउनेछन् । बैठकले क्यानको प्रवक्तामा केन्द्रीय सदस्य छुम्बी लामालाई नियुक्त गरेको छ । बलात्कारको मुद्दा लागेपछि केही वर्ष यता लामिछाने ए ग्रेडमा थिएनन् । उक्त मुद्दामा सफाई पाएसँगै क्यानले यस्तो निर्णय लिएको हो ।...
अर्जेन्टिना कोपा अमेरिका कपको सेमीफाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कपको सेमीफाइनलमा

अमेरिका । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एनआरजी स्टेडियममा शुक्रबार बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । खेलको ३५औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ६४औँ मिनेटमा पेनाल्टी मिस गर्दा खेल बराबरीमा ल्याउन चुकेको इक्वेडरले खेलको अन्तिम समयमा गोल गर्‍यो । इक्वेडरका केल्भिन रोड्रिगोले ९१औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । ​ त्यसपछि भएको पेनाल्टीको पहिलो गोल नै मेस्सीले मिस गर्न पुगे । त्यसपछि अर्जेन्टिनाका चार खेलाडीले गोल गर्दै सेमिफाइनलमा पुर्‍याए ।...
शुक्रबार र शनिबार युरो कपको क्वाटरफाइनल खेल हुँदै

शुक्रबार र शनिबार युरो कपको क्वाटरफाइनल खेल हुँदै

नेपाल । जर्मनमा जारी युरो कप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । शुक्रबार र शनिबार क्वाटर फाइनलका दुई–दुई खेल हुने भएका हुन् । स्पेन र जर्मनी, पोर्चुगल र फान्सको खेल शुक्रबार राति र इंगल्याण्ड तथा स्विडजरल्याण्ड र नेदरल्यणण्ड्सबीतको खेल शनिबार राति हुनेछ । युरो २०२४ को क्वाटरफाइनल खेलतालिका जुलाई ५ स्पेन भर्सेस जर्मनी, राति ९:४५ बजे, एमएचपी एरेना, स्टुटगार्ड पोर्चुगल भर्सेस फ्रान्स, मध्यराति १२:४५ बजे, भोल्पस्पार्कस्टाडिओन, ह्यामबर्ग जुलाई ६ इंग्ल्याण्ड भर्सेस स्विट्जरल्याण्ड, राति ९:४५ बजे, मर्कुर स्पाइल-एरेना, डुसेलडोर्फ नेदरल्याण्ड्स भर्सेस टर्की, मध्यराती १२:४५ बजे, ओलम्पिक स्टेडियम, बर्लिन...
कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा, अन्तिम ८ मा कुन कुन पुगे ?

कोपा अमेरिकाको क्वाटरफाइनल समिकरण पूरा, अन्तिम ८ मा कुन कुन पुगे ?

अमेरिका । कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । बुधबार भएको ग्रुप डी अन्तरगतका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बुधबारको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो । अग्रता जोगाउन नसक्दा ब्राजिल समूह उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलका लागि १२औँ मिनेटमा राफिनाले गोल गर्दै अग्रता लिएको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै कोलम्बिया समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ भने ब्राजिल तीन खेलमा पाँच अंकका साथ अन्तिम आठमा पुग्यो । बुधबारकै अर्को खेलमा कोष्टारिकाले पारग्वेलाई २–१ ले पराजित गरे पनि दुवै टोली समूह चरणबाटै बाहिरिए । सेमिफाइनल प्रवेशका लागि कोलम्बियाले पनमाको सामना गर्दा उरुग्वेसँग ब्राजिलले खेल्नेछ । पहिलो क्वाटरफाइनलमा शुक्रबार बिहान अर्जेन्टिना ...
कोपाको क्वाटरफाइनलमा उरुग्वे र पानमा प्रवेश गर्दा अमेरिका बाहिरियो

कोपाको क्वाटरफाइनलमा उरुग्वे र पानमा प्रवेश गर्दा अमेरिका बाहिरियो

अमेरिका । कोपा अमेरिका २०२४ अन्तरगत आयोजक अमेरिकालाई १–० ले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै उरुग्वे समूह सी को विजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको हो । कान्सास सिटीस्थित एरोहेड स्टेडियममा भएको खेलमा उरुग्वेका लागि माथिएस ओलिभेराले ६६औं मिनेटमा निर्णायक गोल गरे । हारपछि अमेरिका भने समूह चरणबाटै बाहिरिएको छ । त्यसैगरी अर्को खेलमा पानमाले बोलिभयालाई ३–१ ले हराएपछि अमेरिका समूहमा तेस्रो हुँदै बाहिरिएको हो । पानमाका लागि जोस फाजार्डो, एडुअर्डो गुएरेरो र सेजार यानिसले गोल गरे । बोलिभियाका लागि ब्रुनो मिरन्डाले सान्त्वना गोल फर्काए । दुई खेल जितेको पानमा भने समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो खेलमा उरुग्वेसँग पराजित भएपछि पानमाले अमेरिकालाई हराएको थियो ।...
नेदरल्याण्ड्स र टर्की यूरो कपको क्वाटरफाइनलमा

नेदरल्याण्ड्स र टर्की यूरो कपको क्वाटरफाइनलमा

अमेरिका । जर्मनीमा जारी यूरो कपमा रोमानियालाई हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३–० ले विजयी भएको हो ।​ २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए । तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे । नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्नेछ। त्यसैगरी अष्ट्रियालाई हराउँदै टर्कीले युरो कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा मगलबार राति भएको खेलमा टर्कीले २–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्...
फ्रान्स र पोर्चुगल युरो कपको अन्तिम ८ मा

फ्रान्स र पोर्चुगल युरो कपको अन्तिम ८ मा

अमेरिका । जर्मनीमा जारी युरो कप २०२४ मा बेल्जियमलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाति गोलको मद्दतमा फ्रान्स अन्तिम आठमा पुगेको हो । खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । फ्रन्सका रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो। सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । दुई दावेदार टोली बीच आँकलन गरेभन्दा केही फितलो खेल प्रदर्शन गरेका थिए । अन्त्यमा खेलको छिनोफानो आत्मघाती गोलले हुन पुग्यो । फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । यसैगरी गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी बचाउँदा पोर्चुगल युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्लोभेनियासँग निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थ...