८ बैशाख २०८२, सोमबार

खेलकुद

काभा महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजीत

काभा महिला भलिबलमा नेपालद्वारा श्रीलंका पराजीत

नेपाल । बिहीबारदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले श्रीलंकमाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भयो । यस जितसँगै नेपालले तीन अंक जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।...
भारतले जित्यो श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी शृंखला

भारतले जित्यो श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी शृंखला

नेपाल । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ । आइतबार भएको दोस्रो खेल भारतले डकवर्थ लुइसपद्धतिका आधारमा ७ विकेटले जितेको छ । वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए। यस्तै कप्तान सूर्यकुमार यादवले २६ तथा हार्दिक पन्ड्याले २२ रन जोडे। श्रीलंकाका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए । त्यसअघि श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो । श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले। परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे । भारतले पहिलो टी–ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो । शृंखलाको तेस्र...
सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ को निवेदन

सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ को निवेदन

नेपाल । गौशाला-२६ ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन् । गौशाला-२६ ले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्दामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफुलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफुलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ । सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत ...
फ्रान्सको पेरिसमा शुक्रबारदेखि ओलम्पिकको ३३औँ संस्करण औपचारिक रुपमा शुरु

फ्रान्सको पेरिसमा शुक्रबारदेखि ओलम्पिकको ३३औँ संस्करण औपचारिक रुपमा शुरु

नेपाल । फ्रान्सको पेरिसमा शुक्रबारदेखि विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन हुँदैछ । उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुनेछ । उक्त खेल मेला साउन २७ गतेसम्म सञ्चालन हुनेछ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ। विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो। सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्नेछ । पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन् । यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन । पेरिस ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको रहेको छ । पेरिस ओलम्प...
ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोद्वारा अर्जेन्टिना २-१ पराजित

ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोद्वारा अर्जेन्टिना २-१ पराजित

नेपाल । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २-१ पराजित गरेको छ । विवाद र अन्योलताबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिनाले हारेको निर्णय सुनाइएको हो । समूह बी को सेन्ट स्टेयनमा भएको खेल २-२ को बराबरीमा टुंगेको मानिएको थियो । २-१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए। तर त्यो गोललाई भीएआरले मान्यता दिएन । त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए । यसरी विवाद हुँदा दुबैले खेल छाडे पनि खेल सकिएको दुई घण्टापछि मोरक्कोले जितेको निर्णय भएको हो । बुधबारनै भएका अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५-० ले हरायो । समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २-१ ले हरायो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । इराकले युक्रेनलाई २-१ ल...
एसिया कप टी-२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित

एसिया कप टी-२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित

नेपाल । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी-२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालकी सीता रानामगरले सर्वाधिक १८ रन जोडिन् । बलिङमा भारतकी दिप्ती शर्माले सर्वाधिक ३ विकेट लिइन् । यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यो हारसंगै नेपालले एसिया कपको यात्रा टुंगाएको छ । पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो ।...
एसीसी वुमन्स एशिया कप क्रिकेटमा नेपालद्वारा यूएई ६ विकेटले पराजीत

एसीसी वुमन्स एशिया कप क्रिकेटमा नेपालद्वारा यूएई ६ विकेटले पराजीत

नेपाल । एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ । नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो । नेपालका लागि सम्झना खड्काले उत्कृष्ठ ब्याटिङ गर्दै अर्धशतक बनाइन् । उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन् । यूएईले ८ बलरलाई बलिङ गराए पनि २ जनाले मात्र विकेट लिन सफल भए । पहिले ब्याटिङ गरेर यूएईले नेपालसामु जितका लागि ११६ रनको लक्ष्य दिएको थियो । प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ।...
महिला एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा शुरु हुँदै

महिला एसिया कप क्रिकेट प्रतियोगिता श्रीलंकामा शुरु हुँदै

नेपाल । महिला एसिया कप क्रिकेट शुक्रबारदेखि शुरु हुँदैछ । श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिँदैछन् । नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, यूएई, मलेसिया र थाइल्याण्डसहित आठ राष्ट्र खेलमा सहभागी छन् । एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुग्ने नेपालसहित यूएई, मलेसिया र थाइल्याण्डले एसिया कप खेल्न लागेका हुन् । एसिया कपमा नेपाल समूह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र यूएईसँगै समुह ए मा रहेको हो भने समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन शक्रुबार यूएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । त्यस्तै अर्को खेल भारत र पाकिस्तानबीच बेलुकी ७ः१५ बजेदेखि शुरु हुँदैछ ।...
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, अतिरिक्त समयमा कोलम्बिया १-० ले पराजीत

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, अतिरिक्त समयमा कोलम्बिया १-० ले पराजीत

अमेरिका । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । सोमबार बिहान भएको खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले १ सय १२ मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । कोपामा पहिलो पटक थप ३० मिनेट थपिएको थियो। यस अघिका खेलमा यो नियम हटाइएको थियो । जितसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगे पनि उपाधि जित्न असफल भयो । ...
स्पेनले चौथो पटक जित्यो युरो कपको उपाधि

स्पेनले चौथो पटक जित्यो युरो कपको उपाधि

अमेरका । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ हराएको हो । स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए । इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए ।​ योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ भने इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो भने अघिल्लो संस्करणमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो ।...