८ बैशाख २०८२, सोमबार

खेलकुद

पेरिस ओलम्पिक सम्पन्नः चीनलाई पछि पर्दै अमेरिका पहिलो

पेरिस ओलम्पिक सम्पन्नः चीनलाई पछि पर्दै अमेरिका पहिलो

अमेरिका । पेरिस ओलम्पिक २०२४ सम्पन्न भएको छ । दुई साता भन्दा धेरै दिन सञ्चालन भएको उक्त प्रतियोगितामा अमेरिका पहिलो भएको छ । चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको हो ।अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो । अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो । चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो । जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो । अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए । ३३औँ ग्रीस्मकालीन ओलम्पिक अर्थात् पेरिस ओलम्पिक २०२४ को भव्य समापन गरिएको छ । ८० हजार दर्शकब...
पेरिस ओलम्पिक समापन हुँदै, हालसम्मको पदक तालिकामा चीन पहिलो, अमेरिका दोस्रो

पेरिस ओलम्पिक समापन हुँदै, हालसम्मको पदक तालिकामा चीन पहिलो, अमेरिका दोस्रो

नेपाल । तीन सातासम्म जारी पेरिस ओलम्पिक २०२४ आइतबार समापन हुँदैछ ।​ स्टेड डे फ्रान्समा आयोजना हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ । चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ । अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ । तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ । पदक तालिकाको चौथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ । १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको फ्रान्स पाँचौं स्थानमा छ । आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२ पटक हात पारेको छ । दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन् । इटाल...
स्पेनले जित्यो पेरिस ओलम्पिकमा पुरुष फुटबलतर्फ स्वर्णपदक

स्पेनले जित्यो पेरिस ओलम्पिकमा पुरुष फुटबलतर्फ स्वर्णपदक

अमेरिका । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलतर्फ स्पेनले स्वर्णपदक हासिल गरेको छ । आयोजक फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण पदक जितेको हो । सन् १९९२ पछि स्पेनले उक्त खेलमा स्वर्ण जितेको हो । खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो । स्पेनले युरो २०२४ पनि जितेको थियो ।...
महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरको नगद १ लाखसहित सम्मान

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरको नगद १ लाखसहित सम्मान

नेपाल । काठमाडौं महानगरपालिकाले ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको नेपाली टोलीलाई बिहान नगदसहित सम्मान गरेको छ । खेल सकिएको भोलिपल्टउपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख बालेन शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ...
पेरिस ओलम्पिकमा २७ स्वर्ण पदकसहित अमेरिकाको अग्रता कायमै

पेरिस ओलम्पिकमा २७ स्वर्ण पदकसहित अमेरिकाको अग्रता कायमै

अमेरिका । अमेरिका पेरिस ओलम्पिकको बुधबार १२औं दिनको खेल समाप्तीमा पदक तालिकको शीर्ष स्थानमा कायमै छ । अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित पहिलो स्थानमा छ । यस्तै दोस्रोमा चीनको २५ स्वर्ण, २३ रजत र ११ कांस्य छ । अस्ट्रेलियाले भने तेस्रोमा छ । अस्ट्रेलियाको १८ स्वर्ण, १२ रजत र ११ कांस्य भएको छ ।
नेपाललाई हराउँदै भारतले जित्यो काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि

नेपाललाई हराउँदै भारतले जित्यो काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि

नेपाल । नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५–५ ले जित निकाल्यो । पहिलो सेट २५–२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन । चौथो सेटमा भारतले २५–२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुदेखि नै अग्रता लिदै भारतले उपाधि रक्षा गर्‍यो ।...
नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

नेपाल । नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले यो खेल २५–२१, २८–२६ र २५–२० ले जित्यो । नेपालले उपाधिका लागि अब भारतसँग खेल्नेछ । यसअघि भारतले मंगलबारनै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो । नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए । जसमा घरेलु टोली नेपालले जितेको थियो । फाइनल खेल बुधबार हुनेछ । तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।...
नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा

नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा

नेपाल । नेपालमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा नेपालले इरानसँग खेल्ने भएको छ । लिग चरणको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएर नेपालले इरानसँगको भिडन्त तय गरेको हो । सोमबार नेपालले मालदिभ्सलाई २५–८,२५–१९ र २५–१८ को सोझो सेटमा हरायो । नेपालले लिग चरणमा श्रीलंका र भारतलाई हराएको थियो भने इरानसँग हार ब्यहोरेको थियो । अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग खेल्ने छ ।...
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

अमेरिका । पेरिसमा जारी ओलम्पिक प्रतियोगितामा अरु भन्दा बढी पदक जितेर अमेरिका शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा हालसम्म अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कांस्य जितेर पहिलो तथा चीन १९ स्वर्ण, १५ रजत र ११ कांस्यसहित दोस्रो स्थानमा छ । आयोजक फ्रान्सको १२ स्वर्ण, १४ रजत र १८ कास्य छ भने त्यसपछि अस्ट्रेलिया, बेलायत र दक्षिण कोरिया रहेका छन् । ...
काभा वुमन्स नेसन्स भलिबलमा नेपालद्वारा भारत पराजीत

काभा वुमन्स नेसन्स भलिबलमा नेपालद्वारा भारत पराजीत

नेपाल । काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत शनिबार भएको खेलमा नेपालले भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो । यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ । यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । नेपालले तेस्रो खेल आइतबार साँझ ५ः१५ बजेदेखि इरानसँग लिगचरणको अन्तिम खेल सोमबार ५ः१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने छ ।...