
नेपालले थाइल्याण्डलाई एक सय ६ रनले हरायो
नेपाल । आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ ।
युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ३३ रनमा अलआउट भएको हो । थाइल्यान्डका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।
नेपालले यसअघि थाइल्यान्ड र कुवेतलाई हराएको थियो । तेस्रो खेलमा भने नेपाल युएईसँग १३ रनले पराजित भएको थियो ।
नेपालले अब पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।...