७ बैशाख २०८२, आईतवार

खेलकुद

एनपीएलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सको जीत

एनपीएलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सको जीत

नेपाल । नेपाल प्रिमियर लिग अन्तरगत मंगलबारको खेलमा पोखरा एभेन्जर्सको लज्जास्पद हार भएको छ । चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवन राइनोजले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो ।​ सोहेल तनविर, रिजन ढकाल र लुक बेन्केन्सटेइनले ३–३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो । यता, कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको छ । १८३ रनको लक्ष्य भेट्टाउने क्रममा विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि बसिर अहमतले सर्वाधिक २४ रन बनाए। त्यसैगरी राजेश पुलामी १५ र अनिल पुलामीले १० रनाउनुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको...
दुई खेल हारेको नेपालद्वारा अफगानिस्तानमाथि सान्त्वना जित

दुई खेल हारेको नेपालद्वारा अफगानिस्तानमाथि सान्त्वना जित

नेपाल । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि नरेन साउदले २६ रन बनाउनुभयो । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन तीन विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाउनुभयो । बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले ती...
इङ्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा म्यान्चेस्टर सिटि पराजित

इङ्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा म्यान्चेस्टर सिटि पराजित

अमेरिका । इङ्लिस प्रिमियर लिग (इपिएल) मा लिग लिडर लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटिलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २० को जित निकालेको हो । यो सिजन पछिल्लो चार खेलमा पराजित भएको सिटिको लागि उपाधी रक्षा अभियान कठिन बनेको छ । खेलको १२ औं मिनेटमा गाक्पोको गोल मार्फत सिटिले पहिलो अग्रता लिएको थियो । त्यसयता दुबै टिमले गोल गर्ने केहि महत्वपूर्ण अवसर खेर फाल्दा पहिलो हाफ १–० मा सकिएको थियो । तर दोश्रो हाफमा लिभरपुल स्टार महोमद सलाहाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २–० को सहज जित दिलाए । जितपछि लिभरपुलको १३ खेलबाट ३४ अंकसहित पहिलो स्थानको अग्रतालाई थप फराकिलो बनाएको छ । यता हारपछि सिटि पाँचौ स्थानमा झरेको छ । उस्को १३ खेलबाट २३ अंक छ ।...
मकवानपुरको बकैयामा खेलग्रामको उद्घाटन

मकवानपुरको बकैयामा खेलग्रामको उद्घाटन

नेपाल (हेटौंडा) । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बकैया गाउँपालिका वडा नम्वर–५ कर्मचुलीस्थित बकैया खेलग्रामको उद्घाटन गरेका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा जन एकता क्लबको समन्वयमा निर्माण गरिएको खेलग्रामको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको हो । सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको दावी गर्दै आफू पनि खेलकुद क्षेत्रबाटै यहाँसम्म आएको जानकारी गराए । ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु’, मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ । बागमती प्रदेशको खेल क्षेत्रको विकासमा योजनाबद्ध कार्य गर्नेछु ।’ उनले प्रदेशका माननीय ईन्द्रबहादुर बानियाँ र बकैया गाउँपालिका...
एनपीएलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी

एनपीएलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी

नेपाल । । नेपाल प्रिमियर लिग (एनपीएल) को सोमबार सम्पन्न खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी भएका छन् । यसैक्रममा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए । बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे । बलिङमा चितवनका सोहे...
यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग पनि पराजित

यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग पनि पराजित

अमेरिका । युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो । लगातार दोस्रो हारसंगै नेपाल एसिया कपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ । ...
एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सद्वारा विराटनगर किंग्स ८ विकेटले पराजित

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सद्वारा विराटनगर किंग्स ८ विकेटले पराजित

नेपाल । शनिबार कीर्तिपुर काठमाडौंमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोड । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपु...
यु-१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित

यु-१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित

नेपाल । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटियो । नेपालका मायन यादवले सर्वाधिक ६१ रन बनाए । आकाश त्रिपाठीले १९, उत्तम मगरले १४, नरेन भट्टले १७ र अर्जुन कुमालले १२–१२ रन बनाए । बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ र लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४, युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एकएक विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।...
मंसिर १५ देखि पुस ६ सम्म नेपाल प्रिमियर लिग हुँदै

मंसिर १५ देखि पुस ६ सम्म नेपाल प्रिमियर लिग हुँदै

नेपाल । नेपालमा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार शुरु हुँदैछ । उद्घाटन खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुनेछ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन...
च्याम्पियन्स लिगमा लिभरपुलद्वारा रियल मड्रिड २-० ले पराजीत

च्याम्पियन्स लिगमा लिभरपुलद्वारा रियल मड्रिड २-० ले पराजीत

अमेरिका । इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई २–० ले पराजित गरेको हो । च्याम्पियन्स लिगको पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो । जीतपछि पाँच खेलबाट १५ अङ्कसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लँदा पराजित रियल भने समान खेलबाट ६ अङ्कसहित तालिकाको २४औं स्थानमा छ । ...