६ बैशाख २०८२, शनिबार

भाषा/साहित्य

कविताः धरतीमा कहाँ होला गीतै गीतको देश

कविताः धरतीमा कहाँ होला गीतै गीतको देश

-लालगोपाल सुवेदी- धरतीमा कहाँ होला गीतै गीतको देश नदी , जङ्गल, पहाडको सुन्दर परिवेश कहाँ भेट्न सक्छु होला माहुरीका हूल ? कहाँ देख्न सक्छु होला सय थरी फूल कुन बाटोले नलगाउला बटुवालाई ठेस शान्तिक्षेत्र भन्दा गर्व लाग्ने परिवेश ? चोर लाग्ने चोर बाटो नभएको देश वृद्धालय अनाथगृह नभएको देश सपनामा रुन्छु किन देखी घरदेश कहिले होला एउटा एउटा बुद्धसँग भेट ? -अमेरिका ।...
कविताः हाम्रो उद्यमशीलता गफ भयो मौका मिले चाकरी

कविताः हाम्रो उद्यमशीलता गफ भयो मौका मिले चाकरी

-धनराज गिरी- हाम्रो उद्यमशीलता गफ भयो मौका मिले चाकरी सारा भाट बने गने मनुजले चोरी निले काँकरी ! धोबी कर्म विशाल फैलिनगयो काट्ने कुरा सन्तको चम्केका छवि मन्थरा शकुनिको आदर्शको अन्तको !! आए धेर गफी कफी समुहमा वक् वक् बढी लोकमा बोल्नेको अधिकार हेर चुलियो चर्चा भयो चोकमा ! माने दिक्क कठै बिचार सुनियो पीडा बढी आमको ! सत्तामा बदमासको रजगजी मान्छे विना कामको !! विद्यावारिधिको कथा हरघडी सुन्दा लजायो धरा प्रज्ञा टाट भयो अशुद्ध चुलियो हिज्जे गयो अन्तरा ! बिक्नेको महिमा अपार भवमा जान्ने बिके हाटमा ! व्यापारी बनियाँ छिरे कलममा साहित्य गो घाटमा ! आयो शोक अशोकको भगवती बैनी भवानी बुझी ! मौनी भो धनराज दूर वनमा वागीश आमा पुजी ! औतारी अवतार खीर गुलियो ताकी बसे पोखरा ब्रह्मा बिष्णु महेश राम रहिमा पाकी पसे स्रग्धरा ! आयो कम्प अरे सरे रवि शशी पातालमा भोजमा पाए खान उखान मान घरमा नेप...
लघुकथाः मोह

लघुकथाः मोह

-आरसी रिजाल- वडाध्यक्षले -- लु दुईभाइको चित्तबुझ्दोगरि भागवण्डा गरियो।अब आमा पालैपालो दुबै छोराकोमा बस्ने त होला भने । *** हत्तपत्त जेठी बुहारीले -- आमाबाबु हामिले शिर टेकाउने देवता झैँ हुन् ,भाग लगाउने बस्तु होइनन् । फेरि आमा नातिनातिनासँग रत्तिनु भएको छ । कान्छीका जाँदा एक्लिएर डिप्रेसन हुनबेरछैन् । त्यसैले केहिबर्ष हामिसँग बस्नुहुन्छ भनिन् । **** कान्छीलाई बुढी सासु लैजाने जाँगर थिएन । मनमनै खुसी भएर -- आमालाई हामी जबर्जस्ती गर्दैनौं । उहाँको इच्छा अनुसार हुनेछ भनिन् । ***** छुट्टीएको अढाईबर्षपछी कान्छीको पहिलो बच्चा जन्म्यो । माइतीले तिनमहिना सुत्केरी स्याहारी घर फर्काइदिए । कान्छीले उबेला सासूलाई आफुसँग नराखेकोमा थकथक मानिरहेकि हुन्छिन् । यता जेठीले उनिहरु आमालाई भेट्न आउने संकेत पाइसकेकी हुन्छिन् । ***** कान्छाकान्छी सनिवार पारेर आमालाई अनुरोध गर्नपुगे । आमाले-- मलाई यतै ठिक...
कविता: मैले राजतन्त्रलाई राम्रो भनेको होइन

कविता: मैले राजतन्त्रलाई राम्रो भनेको होइन

-आर. आर. चौलागाईं- अब कुन दिन तिमीहरू हामीलाई सास फेर्न दिएका छौँ बोल्न दिएका छौँ भोट हाल्न दिएका छौँ यो देशमा अहिलेसम्म बस्न दिएका छौँ कविता लेखेबापत जेलमा हालेका छैनौँ यातना दिएका छैनौँ चुपचाप चुपचाप बस भन्न सक्छौ अनि हामीले थपडी बजाएर यसैलाई गणतन्त्र जिन्दावाद भनिरहनु पर्ने हो र ? यसको मतलब राजतन्त्रलाई मैले राम्रो भनेको होइन । तिमी होनहार युवाहरूलाई विदेश जाने वाध्य पार्छौ अनि उनीहरूले पठाएको रेमिट्यान्सबाट तलब खान्छौ भत्ता खान्छौ गाडी चढ्छौ पटक पटक सरकार फेर्छौ झगडा गर्छौ गाँड कोराकोर गर्छौ केही भन्यो भने हामीलाई प्रतिगामीको मतियार भन्छौ अनि हामीले थपडी बजाएर यसैलाई गणतन्त्र जिन्दावाद भनिरहनु पर्ने हो र ? यसको मतलब राजतन्त्रलाई मैले राम्रो भनेको होइन । तिमी कलकारखानाहरू कौडीको मोलमा बेच्छौ नयाँ केही बनाउँदैनौ अस्पताल बनाउँदैनौ उद्योगधन्दा खोल्दैनौ बरु ...
बालकविता: आऊ खेलौँ होली

बालकविता: आऊ खेलौँ होली

-रमेशचन्द्र घिमिरे- राता नीला पहेँला रङ्ग छानी छानी बाल्टिनमा थोरै मिसाएर पानी आज भिजे भिजिन्छ नुहाइन्छ भोलि रङ्ग घोली घोली आऊ खेलौँ होली । फागु दलौँ आपसमा हामी बाबु नानी हुन्न बस्न टोलाई नरमाइलो मानी आजै गरौँ रमाइलो के हुने ह‍ो भोलि दिल खोली खोली आऊ खेलौँ होली । मिलिजुली खेल्ने गर्नुपर्छ बानी बल्ल हुन्छ रमाइलो भन्छे बैनी सानी आज छुट्टी मानेर स्कुल जाउँला भोलि मीठो बोली बोली, आऊ खेलौँ होली । रातै भई रङ्गिएर साथीको घर जानी साथीभाइ मिलेर मीठो मीठो खानी आज जति खेले नि पढ्नु पर्छ भोलि भई टोली टोली आऊ खेलौँ होली । -भोर्लेटार, लमजुङ ।...
अनेसासको उत्तरी क्यालिफोर्निया र ह्यूस्टन शाखामा नयाँ कार्यसमिति चयन

अनेसासको उत्तरी क्यालिफोर्निया र ह्यूस्टन शाखामा नयाँ कार्यसमिति चयन

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अमेरिकास्थित उत्तरी क्यालिफोर्निया शाखा र ह्यूस्टन शाखामा नयाँ कार्यसमिति चयन भएको छ । यसैक्रममा उत्तरी क्यालिफोर्निया शाखाको अध्यक्षमा बाबु आचार्य, वरिष्ठ उपाध्यक्षमा रीतादेवी प्रधान, उपाध्यक्षमा दीपक पाठक, महासचिवमा नारायण भट्टराई, सचिवमा भरत डाँगी र कोषाध्यक्षमा किरण कट्टेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निता आचार्य, इन्दु तामाङ, लक्ष्मण पन्थी, अमर तामाङ, बासुदेव घिमिरे र दीपक भण्डारी चयन भएका छन् । यता ह्यूस्टन शाखाको अध्यक्षमा सतिश त्रिपाठी, वरिष्ठ उपाध्यक्षमा मुना पौडेल, उपाध्यक्षमा साधना शर्मा, महासचिवमा मोदनाथ गिरी, सचिवमा नीलहरि आचार्य र कोषाध्यक्षमा अमृत लामिछाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रभा पाण्डे, लक्ष्मी गौडेल, अम्बी पहरी बराल, उषा पन्थी, सोमुना सुवेदी र अमृत कँडेल चयन भएको अनेसासका केन्द्रीय महासचिव ...
‘बसाइँ’ उपन्यासका लेखक अग्रज साहित्यकार क्षेत्रीको निधन

‘बसाइँ’ उपन्यासका लेखक अग्रज साहित्यकार क्षेत्रीको निधन

नेपाल । अग्रज साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । विसं १९८९ मा भारत असमको गुवाहटी क्षेत्र जन्मनुभएका क्षेत्रीले विगत लामो समय देखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिँदै आएका थिए । क्षेत्रीको विहीबार राति १०ः१० मा निधन भएको हो । क्षेत्री नेपाली भाषा र साहित्यका एक विशिष्ट हस्ती थिए । उनले २०१४ सालमा ‘बसाइँ’ जस्ता यथार्थवादी उपन्यासमार्फत नेपाली समाजको दुःख, विस्थापन र संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए । अतृप्त, ब्रह्मपुत्रका छेउछाउ, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षत्रीका कथाहरू आदि प्रकाशित छन् । उपन्यास बाहेक कथा, निबन्ध, नाटक आदि लेख्ने गर्थे । क्षेत्रीको निधनले नेपाली साहित्य जगतमा अपूरणीय क्षति भएको छ ।...
नेपाल प्रज्ञा-प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभा सम्पन्न भएको छ । सो अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले आफू प्राज्ञिक सहकार्य गर्न तयार रहेको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले प्राज्ञकर्मीहरू पनि माहुरी जस्तै हुन् र प्राज्ञसभाको निर्देशनबमोजिम अघि बढ्ने बताउनुभयो । नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्राज्ञिक उन्नयनका लागि सबै लागिपर्नुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले प्राज्ञिक समृद्धिका लागि लागिपर्ने बताउनुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य निनु चापागाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसअघि प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्राज्ञसभाको उद्घाटन गर्नुभएको थियो । उहाँहरूले प्राज्ञ...
पूर्वकुलपति उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण

पूर्वकुलपति उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ लोकार्पण

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को सोमबार आयोजित कार्यक्रमबिच लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरूपमा निष्ठापूर्णरूपमा लागेका व्यक्ति भएकाले उहाँका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार उप्रेती आफ्ना पुर्ख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन हुनुपर्छ र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाउनुभयो । उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, पूर्व सदस्यसचिव प्रा। जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा पर...
दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक

दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक

नेपाल । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ । आज यहाँ आयोजित कार्यक्रममा कविद्वय डा. नवराज लम्साल र मोमिलालाई आफ्नो कविता सङ्ग्रह उपहार प्रदान गरेसँगै कृति सार्वजनिक गरिएको हो । नेपालयले प्रकाशनमा ल्याएको उक्त कविता सङ्ग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालसम्म लेख्नुभएका पूर्वप्रकाशित र अप्रकाशितसमेत गरी ७७ वटा कविता समेटिएका छन् । यो उहाँको १७ औँ कृति हो । कवि लम्सालले अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामर्थ्य भएको काव्यिक क्षमताका कविका रूपमा स्थापित हुनुभएको बताउनुभयो । कवि तथा निबन्धकार मोमिलाले अधिकारी कवितामा कलात्मक पाराले मसिनो ढङ्गबाट अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगरका रूपमा रहनुभएको धारणा राख्नुभयो । अन्तरराष्ट्रिय नारी दिवसका सन्दर्भ पारेर कृति सार्वजनिक गरिएको हो । कवि अधिकारीले सङ्घर्ष र सौ...