६ बैशाख २०८२, शनिबार

भाषा/साहित्य

कविता: म प्रकृति

कविता: म प्रकृति

–चिरञ्जीवी लामिछाने– म प्रकृति छाती चौडा गरेर भन्न सक्तछु मलाई गर्व छ मेरो आफ्नै अनगिन्ती रङ्गहरूमा मैले हिसाबै गर्न नसक्ने स्रोतहरूमारसम्पदाहरूमा असङ्ख्य सन्तानहरूकी साझा जननी हुनुमा । तर मेरा सबै सन्तानहरूमा मलाई उत्तिकै गर्व भने पक्कै छैन मान्छे नामको एउटा सन्तान छ मेरो ठूलो गुनासो छ भने उसैमा हो अनि केही आस गर्न लायक कोही छ भने पनि उही हो । म प्रकृति । म प्रकृति त्यही दिनबाट आजित हुन थालेको हुँ जब मेरै ऊर्जा लिईलिई विस्तार गरेको बुद्धिले स्वार्थको नापो लगाईलगाई तोक्न थाल्यो मेरा अङ्ग अङ्गको मूल्य मान्छे नामको मेरै सन्तानले । अहिले त सोच्दैछु, एउटै सन्तान काफी रहेछ आमालाई पीडा दिनु र खुसी दिनुमा । म प्रकृति । डोजरे विकासको नङ्ग्राले कोपरेका डामहरू आलै छन् । कलेटी परेका छन् ओठहरू प्रदुषणका पत्रैपत्रले निस्सासिइरहन्छु छिनछिनमै हानिकारक ग्यासहरूले कहिले थ...
कविताः विक्रय मूल्य

कविताः विक्रय मूल्य

–सुवास खनाल– चोकचोकमा टाँगिएको छ– विक्रय मूल्य – इमानहरूको लगाइएको छ प्राइस ट्याग माटोमा बाटोमा पानीमा जवानीमा विवश भएर वा रहरवश बेचेर सन्तानहरूलाई परदेश बुवाआमा कङ्क्रिट सपना हुर्काइरहेछन् सोचमा देश उत्पादनको कुनै खबर पढ्दैन कि अङ्कन गरिरहेछ रेमिट्यान्स ? कि लिलामीमा राखिरहेछ नागरिकता ? अझै सुरु गरेको छ नयाँ धन्धा ‘मान्छे बेचविखन परियोजना’ चर्चा सबैतिर छ –बिक्रय मूल्यको बिक्रीमा छ विवेक सोच नियत लिलाम बढाबढ भइरहेछ– राष्ट्रियताको हामीलाई अल्झिन थुप्रै विषय छन् जस्तो कि बुद्ध नेपालमा जन्मिए सीता नेपाली छोरी हुन् सगरमाथा संसारकै अग्लो शिखर हो र यसको उचाइ ८८४८ मिटर छ आँखैअघि वा आँखाको पछिल्तिर तराजु चढिरहेछ न्याय पक्ष वा प्रतिपक्ष स्थापनार्थ मोलमोलाइमा उत्रेको छ सत्ता आँखाले होइन चस्माले देख्न थालेपछि चेतनामा पुँजीवादको ऐँजेरु पलाएपछि म...
कविताः श्रमको खेती

कविताः श्रमको खेती

–मसान उपासक– ईश्वरलाई प्रयोगशालामा पठाएपछि विज्ञानले झिक्यो उसको आँखा र बाँड्न थाल्यो धर्तिमा प्रकाश हामी त्यहीँ उज्यालोमा ईश्वर खोजिरह्यौँ । ईश्वरलाई प्रयोगशालामा पठाएपछि विज्ञानले निकाल्यो उसको मस्तिष्क र पठायो जिवनको नयाँ सिद्धान्त हामी त्यहीँ सिद्धान्तमा ईश्वर खोजीरह्यौँ । बिस्तारै प्रयोगशालामा निकालिदै गयो ईश्वरको जिव्रो, मुटु र श्वास अनि बनाउन थालियो अर्कै आवाज हामी त्यहिँ आवाजमा पनि ईश्वर खोजिरह्यौँ । क्रमशः निकालिदै गए प्रयोगशालामा ईश्वरका नाक, छाती र पेट हात, खुट्टा र नितम्ब कलेजो, आन्द्रा र कान त्यसपछि ईश्वर पनि बहिरो भयो हामी त्यही ईश्वरसँग ईश्वर खोजिरह्यौँ । प्रयोगशालामा पठाएपछि यसरी बिस्तारै ईश्वरलाई पनि प्रयोग गरियो र बनाईदियो विज्ञानले उसकै पनि क्लोन जस्तो कि अचेल हरेकले आफुलाई स्वघोषणा गर्छ मानौँ ऊ साच्चिकै ईश्वर हो । र ईश्वरले गरेका घोषणा ...