६ बैशाख २०८२, शनिबार

भाषा/साहित्य

कविताः मलाई भगवानदेखि डर लाग्दैन

कविताः मलाई भगवानदेखि डर लाग्दैन

–केशवलाल श्रेष्ठ– मलाई विश्वासदेखि डर लाग्छ, धेरै चोटी घात भइसकेको छु । मलाई चोटहरूदेखि डर लाग्छ, धेरै चोटी घाईते भइसकेको छु । मलाई भगवानदेखि डर लाग्दैन, किनकि मैले कहिले भेटेकै छैन । मलाई नामदेखि डर लाग्छ, धेरै बदनाम भइसकेको छु । मलाई उचाईदेखि डर लाग्छ, म धेरै पटक गिरिसकेको छु । मलाई मृत्युदेखि डर लाग्दैन, किनकि म कहिले मरेकै छैन । मलाई आगो देखि डर लाग्छ, धेरै पटक जलीसकेको छु । खोलाको गहिराईदेखि डर लाग्छ, म धेरै पटक डुबिसकेको छु । आफ्नो कथा भन्न डर लाग्दैन, किनकि सुन्ने कोहि भेटेकै छैन । मलाई तारिफदेखि डर लाग्छ, उचालेर धेरै पटक पछारीई सकेको छु । कुटिल मुस्कान देखि डर लाग्छ, त्यसको छुरीले घाइते भइसकेको छु । मलाई रिसाउनेदेखि डर लाग्दैन, तिनीहरूले मलाई बिगारेको छैन । –हेटौंडा, मकवानपुर– (सामाजिक सञ्जालबाट साभार ।)...
प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्राज्ञ बस्नेत अमेरिकामा सम्मानित

प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्राज्ञ बस्नेत अमेरिकामा सम्मानित

अमेरिका । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा वस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताए । प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको बताइन् । मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिए । ...
सुजाता घिमिरेको अध्यक्षतामा अनेसास जर्मनी च्याप्टर गठन

सुजाता घिमिरेको अध्यक्षतामा अनेसास जर्मनी च्याप्टर गठन

जर्मनी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्मनी च्याप्टरको अध्यक्षमा सुजाता घिमिरे चयन भएकी छिन् । नेपाली साहित्यलाई संस्थागत रुपमै अझै सशक्त बनाउने उद्देश्यले अनेसासको जर्मनी च्याप्टर गठन गरिएको हो । च्याप्टरको वरिष्ठ उपाध्यक्षमा लीलाराज कार्की, उपाध्यक्षमा शिशिर परियार, महासचिवमा रमण जैसेरी, सचिवमा गौरव तिवारी र कोषाध्यक्षमा प्रतिक्षा पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गणेश गजुरेल, सीमा ढुंगाना, निरज सोडारी, एलिजा हुमागाईँ र कपिल अर्याल छन् । यसैगरी वरिष्ठ सल्लाहकारमा जीवा लामिछाने, सल्लाहकारहरुमा खड्ग न्यौपाने, सागर फुँयाल र सुवासचन्द्र सापकोटालाई चयन गरिएको छ ।...
कविताः युवाका नाउँमा

कविताः युवाका नाउँमा

–डा. नवराज लम्साल– आगामा घिउझैँ मजासँग बले ज्वाला युवा हो बुझ बाली चट्ट फुलेर मग्मग झुले बाला युवा हो बुझ द्रष्टा दर्शन दूर दृष्टि थपिए आँखा युवा हो बुझ आफ्नै देश बुझेर गाउँछ भने भाका युवा हो बुझ ।१। अल्छी राल सिगानका गनगने बन्दैन कोही युवा जुम्सो जाँगरहीन पक्क लठुवा भन्दैन कोही युवा आफैँ ठस्ठस ठ्यास्स ङिच्च थुतुनो के त्यो युवा हो भन साँच्चैका जिउँदा र कर्मठ युवा यो देश बोक्ने बन ।२। जस्को छैन विचार बोल्छ ननिको जो छैन वैचारिक इच्छा शक्ति विहीन हीन मनको जो हार्छ आफैँसित अर्काको रिस गर्छ जल्छ रिसमै आक्रोशको खात छ त्यस्तो लम्पटको उमेर जति होस् के त्यो युवा बन्छ र ? ।३। श्रद्धा पूर्वजको गरोस् निडर होस् आफैँ विजेता बनोस् नेपालीपनमा रमोस् रगतले नेपाल मेरो भनोस् आफैँ यान बनेर दूर नभको त्यो दूर बाटो चिनोस् साँच्चै वीर युवा युवा हृदयले सङ्कल्प बोकी हिनोस् ।४। शब्द शिबिर, ...
कोलोराडोमा प्रज्ञा प्रतिष्ठानका कुलपति राईको सम्बोधन, यसरी मनाइयो देवकोटा जयन्ती

कोलोराडोमा प्रज्ञा प्रतिष्ठानका कुलपति राईको सम्बोधन, यसरी मनाइयो देवकोटा जयन्ती

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा डिसेम्बर २ तारिकका दिन ११५औं देवकोटा जयन्ती तथा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेत, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्मा, अनेसास नेपाल शाखाका पूर्व महासचिव ऋषवदेव घिमिरे, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा कवि मनोज तुलाधरले महाकवि देवकोटाको यात्री कवितालाई सुन्दर ढंगले बाचन गर्नु भएको थियो भने पुष्पराज पौडेलले देवकोटाको जीवनी र कृतित्वमा आधारित छन्द कविता प्रस्तुत गर्नु भयो । उक्त कार्यक्रममा डा. खगेन्द्र दा...
कविताः कोमामा देश

कविताः कोमामा देश

–आर.आर. चौलागाईं– एउटाले हेर्नलाई काम लाग्छ आँखा लान्छु भन्यो अर्कोले लुट्न काम लाग्छ हात लान्छु भन्यो र अर्कोले भाग्न काम लाग्छ खुट्टा लान्छु भन्यो । भर्न जानेनन् कसैले रित्याउन मात्रै जाने जोड्न जानेनन् कसैले चुँड्न मात्रै जाने हँसाउन जानेनन् कसैले रुवाउन मात्रै जाने मिल्न जानेनन् कसैले झगडा गर्न मात्रै जाने । एउटाले सोच्नलाई काम लाग्छ दिमाग लान्छु भन्यो अर्कोले पिउनलाई काम लाग्छ रगत लान्छु भन्यो र अर्कोले सूप बनाउनलाई काम लाग्छ हाडखोर लान्छु भन्यो । मेरो देश अहिले सिकिस्त बिरामी छ र कोमामा बसेर उपचार गरिरहेको छ । –हेटौंडा, मकवानपुर । (सामाजिक सञ्जालबाट साभार)...
बालकथाः त्यो उज्यालो

बालकथाः त्यो उज्यालो

–यशु श्रेष्ठ– “नानु साँझै पर्न लागिसक्यो । हिँड, अब घर जानुपर्छ ।” घाँसको भारी बान्दै आमाले नानुलाई भन्नुभयो । “आमा, यी अम्बाहरु लगेर म साथीहरुलाई बाँड्छु । अलि धेरै अम्बा लगेँ भने साथीहरुलाई धेरै धेरै दिन पाइन्छ नि त ।” नानुले अम्बाको बोटमा झटारो हान्दै भनिन् । ‘पुग्छ के यति भए । अब हिँड । बाटैमा रात पर्छ अनि थाहा पाउलाऊ ।’ आमाले पनि दुईचारवटा अम्बा टिपिदिनु भयो । नानुले सबै अम्बा बोकिन् । काठको सानो घोँचा घिसार्दै उनी अघि लागिन् । घाँसको भारी बोकेर आमाचाहिँ नानुको पछि पछि गफ गर्दै हिँड्नु भयो । “आमा, हाम्रो जङ्गलमा कति धेरै फलफूल छन् हगि ?” नानुले खुसी हुँदै भनिन्, “जतिखेर आए पनि केही न केही खान पाइन्छ । कति राम्रो हाम्रो जङ्गल ।” ‘हा हा हा !’ आमा हाँस्नुभयो । आमा हाँस्नु भएको सुनेर नानु पछाडि फर्किइन् । ‘किन हाँस्नु भएको आमा ?’ नानुले छक्क पर्दै सोधिन् । ‘तिमीलाई देखेर ।’ आमाले जवा...
अमेरिकामा नेपाली भाषा/साहित्यका स्रष्टाहरु सम्मानित, दुई कृति बिमोचित

अमेरिकामा नेपाली भाषा/साहित्यका स्रष्टाहरु सम्मानित, दुई कृति बिमोचित

-सुरेन्द्र नापित (अमेरिका, बोस्टन )। नेपाली भाषा तथा साहित्यका स्रष्टाहरु अमेरिकामा सम्मानित भएका छन् । नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्धन र प्रवर्धन गर्नमा अमूल्य योगदान पुर्याएका कारण स्रष्टाद्वय अनेसास नेपाल च्यप्टरका निवर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरे र कवि तथा साहित्यकार शकुन ज्ञवाली सम्मानित भएका हुन् । उनीहरुलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टर, अमेरिकाले सम्मान गरेको हो । गत आइतवार अमेरिकाको बोस्टन सहरस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा अनेसास, बोस्टन च्याप्टर, अमेरिकाले आयोजना गरेको साधारणसभा तथा स्रष्टा सम्मान समारोहमा घिमिरे र ज्ञवालीलाई सम्मान गरिएको हो । अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा साहित्यकार भूपाल राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा घिमिरेलाई सम्मानपत्र र शकुन...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको वार्षिक साधारण सभा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको वार्षिक साधारण सभा सम्पन्न

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शाखा अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा गत आइतबार सभा सम्पन्न भएको हो । शाखाका महासचिव किरण अधिकारीबाट आव २०२२/२३ को प्रगति विवरण, सचिव लालप्रसाद चौलागाईँबाट आव २०२३/२४ को प्रस्तावित कार्ययोजना र कोषाध्यक्ष सेनुप्रसाद तिवारीबाट आव २०२२/२३ को आय व्यय विवरण र २०२३/२४ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उठेका सवालहरुमा अध्यक्ष सिटौला, सचिव चौलागाईँ र कोषाध्यक्ष तिवारीले स्पष्ट पार्नु भएको थियो । जूम माध्यमबाट सञ्चालित सभामा अनेसासका केन्द्रीय अध्यक्ष गोबर्द्धन पूजा र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माले शुभकामना दिनु भएको थियो । सभामा आजीवन सदस्यहरु सीता सापकोटा, बाशुदेव खनाल, डा. विजयराज शर्मा, प्रमिला शर्मा, सञ्जय शाक्य, कुमारजंग कार्की,...
पत्रकार कार्कीले पाए कतार च्याप्टरको ‘अनेसास शिखर पुरस्कार’

पत्रकार कार्कीले पाए कतार च्याप्टरको ‘अनेसास शिखर पुरस्कार’

नेपाल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले यस वर्षको ‘अनेसास शिखर पुरस्कार’ पत्रकार होम कार्कीलाई प्रदान गर्ने भएको छ । नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रबाट कतारको साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै कार्कीलाई पुरस्कृत गर्ने निर्णय भएको अनेसास शिखर पुरस्कार समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बताउनु भयो । यो पुरस्कारको उद्देश्य प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगीतमा समर्पित एक उत्कृष्ट स्रस्टालाई हरेक वर्ष पुरस्कृत गर्ने गरेको छ । साहित्यकार स्वर्गीय शिखर वैद्यको सम्मानमा अनेसास कतार च्याप्टरले यो पुरस्कार स्थापना गरेको हो । मकवानपुर घर भएका कार्कीले सञ्चारमाध्यम मार्फत लामो समयदेखि प्रवासी कामदारहरको सुखदुःखका विषयवस्तु उठान गर्दै आउनु भएको छ । उहाँले ‘सनैया’ नामक पुस्तक पनि प्रकाशन गरेका छन् ।...