
अनेसास न्यू साउथ वेल्स च्याप्टर अष्ट्रेलियाको अध्यक्षमा पौडेल निर्वाचित
अष्ट्रेलिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टर अष्ट्रेलियाको अध्यक्षमा डा. प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन् । अनेसास न्यू साउथ वेल्स च्याप्टरको गत शनिबार सिड्नीमा सम्पन्न बार्षिक साधारण सभाबाट डा. पौडेललाई चयन गरिएको हो ।
त्यस्तै संस्थाको उपाध्यक्षमा चतुर्भुज खरेल, महासचिवमा भावना पराजुली, सचिवमा अस्मित रेग्मी, कोषाध्यक्षमा स्वेता मैनाली, पब्लिक रिलेसन अफिसरमा मुक्तिराम पोखरेल, सदस्यहरुमा डा।मधु पुडासैनी, डा। राजु मानन्धर, ई. बिनोद महर्जन, महिमा दिप फुल्लेल र सिता कंडेललाई चयन गरिएको अनेसासले जनाएको छ ।
त्यसैगरी संस्थाको सल्लाहकारमा लेखक एवं साहित्यकारहरू ओम ढुंगेल, सौरभ किरण, राम कोइराला, सुरेन्द्र दवाडी, संदेश राजभण्डारी र डा. जीभनाथ लम्साल नियुक्त भएका छन् ।
अघिल्लो कार्यसमिति अध्यक्ष ममता तिवारीको सभापतित्वमा शुरुवात भएको उक्त कार्यक्रमम...