
अनेसासले पुरु सुवेदी र इश्वरी भट्टलाई सम्मान गर्ने
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले अन्तर्दृष्टिको स्वर्ण अंक प्रकाशनको अवसर पारेर पुरु सुवेदीलाई ‘अन्तर्दृष्टि स्वर्ण सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।
अमेरिकाको वासिङटन डिसीमा सन् १९९१ मा स्थापना भएको अनेसासले १९९३ देखि मुखपत्रको रुपमा अन्तर्दृष्टिको निरन्तर प्रकाशन गरिरहेको छ ।
पुरु सुवेदी अन्तर्दृष्टिका प्रथम प्रधान सम्पादक हुनुहुन्छ । अन्तर्दृष्टि को स्वर्ण ५० औँ अंक मार्च ९ मा पोर्चुगलमा सम्पन्न हुने आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लोकार्पित हुँदैछ । उक्त सम्मेलनमा सुवेदीलाई अन्तर्दृष्टि स्वर्ण सम्मान गर्न लागिएको हो ।
अन्तर्दृष्टिका संस्थापक प्रधानसम्पादक सुवेदी अनेसासका पूर्व अध्यक्ष हुनुहुन्छ भने हाल अनेसास ब...