१९ बैशाख २०८२, शुक्रबार

भाषा/साहित्य

भीम विराग संगीत साहित्य कला प्रतिष्ठानद्वारा ९ जना स्रष्टा सम्मानित

भीम विराग संगीत साहित्य कला प्रतिष्ठानद्वारा ९ जना स्रष्टा सम्मानित

नेपाल (हेटौँडा) । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले ९ जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार एक औपचारिक कार्यक्रम गरी साहित्य, संगीत, कला र पत्रकारिता तर्फका विभिन्न ९ विधामा सम्मान गरेको हो । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मा, संगीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारबाट मकवानपुरकै बिएस राना र पत्रकारिता पुरस्कारबाट ललितपुरका पत्रकार जयदेव भट्टराईलाई सम्मानित गरेको हो । यी सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ छ । २० हजार राशीको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार गायिका पम्फा थापा मगरलाई प्रदान गरिएको छ । त्यसैगरी १५ हजार रुपैयाँ राशीको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरकी साहित्यकार मञ्जु खराल र शिला नारी पुरस्कारबाट निरु मगरलाई सम्मानित गरिए...
मुक्तकः तिमीलाई के थाहा !

मुक्तकः तिमीलाई के थाहा !

–आर.आर. चौलागाईं– *** यहाँ कत्रोकत्रो खेल हुन्छ, तिमीलाई के थाहा ! बुझी नसक्नुको झेल हुन्छ, तिमीलाई के थाहा ! भन्छन् एउटा गर्छन् अर्कै, अनि दोष लगाउँछन् पास भएको मान्छे फेल हुन्छ, तिमीलाई के थाहा ! *** –हेटौंडा, मकवानपुर ।
सिस्नुपानी नेपाल मकवानपुरद्वारा ४२ स्रष्टाहरू सम्मानित

सिस्नुपानी नेपाल मकवानपुरद्वारा ४२ स्रष्टाहरू सम्मानित

नेपाल (हेटौंडा) । सिस्नुपानी नेपाल मकवानपुरले ४२ स्रष्टाहरूलाई सम्मान गरेको छ । बुधबार आफ्नो स्थापना दिवसको अवसरमा दाङ जिल्लाका उत्तमकृष्ण मजगैयाँ र मोरङ जिल्लाका अनिल पौडेललाई हास्यव्यङ्ग्य लेखनका लागि सम्मान गरेको हो । मकवानपुर र अन्य जिल्लाका वाद्यवादक, गायक, नाट्यकर्मी, साहित्य सर्जकहरूले यसअघि विभिन्न कार्यक्रमहरूमा विभिन्न भूमिकामा सहयोग गरेकोमा उहाँहरूलाई समेत स्थापना दिवसको अवसरमा संस्थाले सम्मान गरेको हो । हास्यव्यङ्ग्य विधाका सर्जकहरूलाई प्रदान गरिने सिस्नुपानी नेपाल मकवानपुरका पूर्वअध्यक्ष डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको हास्यव्यङ्ग्य साहित्य सम्मान २०८० बाट दाङका मजगैयाँलाई २५ हजार १ रुपैयाँ नगद राशिसहित र यसै वर्षदेखि दिइएको ‘आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८०’ बाट पौडेललाई १५ हजार १ रुपैयाँसहित सम्मान गरिएको छ । स्व. डा. गणेशकुमार पौडेलका परिवारजन र सिस्नुप...
राष्ट्रिय कविता महोत्सव-२०८१ का लागि कविता आह्वान

राष्ट्रिय कविता महोत्सव-२०८१ का लागि कविता आह्वान

नेपाल । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१ का लागि कविता आह्वान गरेको छ । प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता आह्वान गरिएको हो । कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषारमातृभाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ । सूचना‌अनसार मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्नेछ । यस्तै कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव–२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन । साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्याङ्कनमा समावेश गरिने छैन । कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ सूचनामा उल्लेख गर...
आँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा विभिन्न ९ जना व्यक्तित्व सम्मानित

आँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा विभिन्न ९ जना व्यक्तित्व सम्मानित

नेपाल (हेटौंडा) । मकवानपुरका महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले विभिन्न ९ जना व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार बिहान हेटौँडामा एक समारोहका बीच नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँ, ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सरिता शशी, तुलसीमाया श्रेष्ठ युवा प्रतिभा पुरस्कारबाट दीपक गौतमलाई सम्मान गरिएको छ । यस्तै आँचलले प्रतिभा धिताल छन्द सम्मानबाट नुवाकोटकी सुमित्रा सुमी, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्य सम्मानबाट पोखराकी प्रभा बराल, अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट डा. नेत्र एटम सम्मानित हुनुभएको छ । यस्तै आँचल सम्मान–२०८० बाट हरिवंश भेटुवाल, बालकुमारी–जगन्नाथ भेटुवाल स्मृति साहित्य सम्माबाट रेनुका जिसी र मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मानबाट प्रसिद्धी लामिछाने सम्मानित हुनुभएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समित...
कविताः खुसी/बेखुसी

कविताः खुसी/बेखुसी

–आर.आर. चौलागाईं– म बाहिर जाने कुरा गर्दा कोही खुसी भए कोही बेखुसी भए । खुसी हुनेहरूमध्ये कोही अब ऊ गएपछि उसको सट्टा आफ्नो नाम आउँछ भनेर खुसी भए खुसी हुनेहरूमध्ये कोही अब ऊ उतै गएर यताको भन्दा धेरै प्रगति गरोस् भनेर खुसी भए । बेखुसी हुनेहरूमध्ये कोही अब ऊ उता गएपछि धेरै उन्नति गर्ला कि भनेर बेखुसी भए बेखुसी हुनेहरूमध्ये कोही अब ऊ हामीलाई छोडेर सदाको लागि जाने भो भनेर बेखुसी भए । खुसी हुनेहरूमध्ये कोही अब ऊ उता गएपछि शून्यमा बिलाएको हेर्नु परोस् भनेर खुसी भए खुसी हुनेहरूमध्ये कोही अब यता यसको अपमान भएको देख्नु पर्दैन भनेर खुसी भए । बेखुसी हुनेहरूमध्ये कोही ऊ गएपछि अब यसको खुट्टा तान्न नपाइने भो भनेर बेखुसी भए बेखुसी हुनेहरूमध्ये कोही अब यसको कविता सुन्न नपाइने भो भनेर बेखुसी भए । –हेटौँडा, मकवानपुर ।...
मुक्तकः नदी किनार

मुक्तकः नदी किनार

–ज्ञानेन्द्र गदाल– *** किनारसंग मिलेर नै, नदीले बाटो तय गर्छ जता जता बग्छ नदी, किनार त्यतै सर्नु पर्छ बिना नदी किनार हुन्न, किनार बिना नदी हुँदैन दुबैको मिलनले मात्र, सम्बन्धको लय भर्छ । –कोलोराडो, अमेरिका ।
तीन हाइकु

तीन हाइकु

–लक्ष्मी ‘रेशमी’– १. म मौन बसेँ झ्याली झैँ बज तिमी देखाउ नाच । २. घडीमा सुइ बलवान समय पर्ख र हेर । ३. सिलाउ मन भावना जोडिएला जिन्दगी हाँस्छ् । -चन्द्रपुर, रौतहट ।
चर्चिच गजलकार प्रकट पंगेनी शिवका स्मृतिमा दुई गजल

चर्चिच गजलकार प्रकट पंगेनी शिवका स्मृतिमा दुई गजल

-प्रकट पंगेनी शिव- गजल-१ ढोका खोली के पसिथ्यौ पिरतीको रन्को लाग्यो छेउ आई के बसिथ्यौ पिरतीको रन्को लाग्यो । अंगअंग सुम्सुम्याउँदै लाली अधर सल्बलाउँदै बाहुपासमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो । विषकन्या होइनौ तिमी भए मलाई विष लाग्थ्यो कामाग्निले के डसिथ्यौ पिरतीको रन्को लाग्यो । कुनै धार यस्ता हुन्छन् काट्दा पनि सन्चो लाग्छ प्रेमको छुरा के धसिथ्यौ पिरतीको रन्को लाग्यो । त्यसपछि झन् रन्कैरन्को लाग्यो अन्ना तिम्रो कसम अँगालोमा के कसिथ्यौ पिरतीको रन्को लाग्यो । ००० गजल-२ उठ्यो रिमै फेवातालमा छाल साँझपख हान्यो रिमै माझीदाइले जाल साँझपख । त्यही जालमा जेलिएर निस्किन मत्स्यगन्धा भेटेँ रिमै जालभित्र माल साँझपख । के हेरेथिन् एकै नजर लाग्यो मनमा वाण भन्नुहोला म त रिमै बेहाल साँझपख । बान्की उनको हिसी उनको रूपै उनको देख्दा सत्य रिमै निको थेन चाल साँझपख । हात...
एक मुक्तक

एक मुक्तक

–ज्ञानेन्द्र गदाल– जोडिनु पर्छ असल मनहरु, टुक्रिएर भाँचिनु हुन्न गोडिनु पर्छ प्रेमको बिरुवा, ओइलाएर नासिनु हुन्न सद्भाव र एकताको प्रभाव, यस्तो परोस् समाजमा रोकिनु पर्छ ढर्राहरु, मौलिक संस्कृति मासिनु हुन्न । –कोलोराडो, अमेरिका ।