३० चैत्र २०८१, शनिबार

भाषा/साहित्य

भरतपुरमा चार स्रष्टाको २० गजल सुनिए

भरतपुरमा चार स्रष्टाको २० गजल सुनिए

नेपाल । गजल मञ्च चितवनको आयोजनामा शनिबार भरतपुरमा गजल वाचनको १० औँ शृङ्खला सम्पन्न भएको छ । शृङ्खलामा गुल्मीका गजलकार प्राञ्जल, मकवानपुरका गजलकार सागर तिमल्सिना, जाजरकोटका गजलकार प्रकाश किरण र चितवनकी गजलकार सरला जोशीले पाँच–पाँच वटा गजल वाचन गर्नुभएको थियो । मञ्चका अध्यक्ष रामकृष्ण अनायसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले स्रष्टाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाले समसामयिक विषयमा लेखिएका गजल प्रस्तुत गरेका थिए ।...
विश्व कविता दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न

विश्व कविता दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न

नेपाल । विश्व कविता दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपतिको प्रमुख आतिथ्यमा भएको महोत्सवमा कविता प्रतियोगिता पनि भएको थियो । साहित्य सदन नेपालले आयोजना गरेको प्रतियोगितामा नुवाकोटकी एलिसा एकलास प्रथम, भक्तपुरका भीष्मराज काफ्ले द्वितीय, पर्वतका तारानाथ पराजुली, उदयपुरका जीवन आरोही र मोरङका सोमनाथ दाहाल तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ३० हजार, २० हजार र तृतीय १० हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानका अर्का पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, साहित्यकार निनु चापागाईं, आयोजक समितिका अध्यक्ष प्रा। डा। हेमनाथ पौडेलले प्रत्येक वर्ष विश्व कविता दिवसका अवसरमा यस्ता कार्यक्रम आयोजना हुनु साहित्यानुरागीका निम्ति हर्षको विषय भएको बताउनुभयो । कार्यक्रममा पाँच जना पुरस्कृतसहित...
मुक्तकः आँङ ढाक्नु कि,भोको पेट भर्नु, म दोधारमा छु…

मुक्तकः आँङ ढाक्नु कि,भोको पेट भर्नु, म दोधारमा छु…

–मिथिला अधिकारी– महोदय ! आँङ ढाक्नु कि,भोको पेट भर्नु, म दोधारमा छु किताब किन्नु कि रोगको उपचार गर्नु, म दोधारमा छु सरकार झुट बोल्छ, गाँस, बास, कपास दिन्छु भनेर सधैं देशको यो हालत देखेर पनि बाच्नु कि मर्नु, म दोधारमा छु । –हेटौंडा, मकवानपुर ।
गजल: म के भन्दैछु प्यारी सुन्यौं तिमिले…

गजल: म के भन्दैछु प्यारी सुन्यौं तिमिले…

–तुलसी घिमिरे– म के भन्दैछु प्यारी सुन्यौं तिमिले कस्तो खराब बाटो चुन्यौ तिमिले थिए कालाआँखा गहमा लुकेको किन कारागारमा थुन्यौ तिमिले बोलचाल नहुदा पनि लाग्छ पीर कति धेरै जाल बुन्यौ तिमिले सुम्पेर यो ज्यान दिएको हुँ मैले नौनी जस्तो मनलाई उन्यौ तिमिले राखेर मनलाई मन अर्को माथी एउटै बनायौ अनि तुन्यौ तिमिले –हेटौंडा, मकवानपुर ।...
लघुकथाः अनलाइन

लघुकथाः अनलाइन

-आरसी रिजाल- ए बुढी-- रातिको १० बज्न लाग्यो खाना खाने होइन ? बुढी -- खै तल छोराको भान्छामा कुकरको सिट्टि बजेको सुनिन्न। बुढा -- कुकरमा नपकाएर कराइ कसौंडीमा पकाए होलान् । बुढी -- खासमा मलाई सिट्टी सुन्न पर्दैन । पकाए नपाएको म गन्धले चालपाउछु। बुढा -- एउटै घरमा छुट्टीएर बस्ने सन्तानको किन चिन्ता लिन्छ्यौ । तिमी नखाने भए म त लागेँ भान्छातिर। मनमा कुरा खेलेकोले बुढीयाको निद्रा कचमचियो । भोलिपल्ट नाति केटो हजुरामाले बिहान ढिलो पुजाको घन्टी बजाएको कारण सोध्न पुग्छ । बुढीले प्रतिप्रश्न गरिन् -- हिजोराती सिट्टी बजेको सुनिनँ, तिमर्ले खाना खाएनौ ? नाति ---ममिलाई हिजो खाना पकाउन अल्छी लागेर अनलाइनबाट मगाउनु भयो ।.... –हेटौंडा, मकवानपुर । ...
गीतः न त वारि भयो न त पारि भयो…

गीतः न त वारि भयो न त पारि भयो…

–आर.आर. चौलागाईं– न त वारि भयो न त पारि भयो हाम्रो यात्रा अलपत्र भयो । न त बादल फाट्यो न त घाम उदायो न त फूल फुल्यो न त कोइली कराएको सुनियो बरु ग्रहण लाग्यो बरु आँधी चल्यो हाम्रो यात्रा लथालिङ्ग भयो । न त हावा चल्यो न त नदी सुसायो न त जून टल्क्यो न त टेक्ने ठाउँ भेटियो बरु बाढी आयो बरु चट्याङ पर्यो हाम्रो यात्रा अनिश्चित भयो । –हेटौंडा, मकवानपुर ।...
बालकविताः मैले चङ्गा उडाएँ

बालकविताः मैले चङ्गा उडाएँ

–रमेशचन्द्र घिमिरे– चारपाटे कागजमा पुच्छर गाँसेर त्यही कागजमा रङ्गीचङ्गी फुर्का टाँसेर मैले चङ्‍गा उडाएँ धोको फेरेर मेरो भाइ रमायो चङ्गा हेरेर सिन्का ताछी बाँसको कुप्रो बनाई धनु जस्तै बङ्ग्याई सिप खन्याई बिच पारी त्यसैमा धागो जेलेर मैले चङ्गा उडाएँ धोको फेरेर भोलिपर्सि ठूलो भई गाडी गुडाउँछु चङ्गा हैन पछि म जहाज उडाउँछु यसो भन्दै लट्टाईमा धागो बेरेर मैले चङ्गा उडाएँ धोको फेरेर । –भोर्लेटार, लमजुङ ।...
मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु

मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु

नेपाल । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधबारबाट सुरु भएको छ । काठमाडौँको मण्डला थिएटरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बाजा बजाउँदै महोत्सवको सुरुवात गर्नुभयो । चैत १२ गतेसम्म चल्ने महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुँदै छन् । महोत्सवमा नाटकसँगै कविता, सङ्गीत, नृत्य प्रदर्शनीलगायत हुने छन् । महोत्सवको पहिलो दिन पशुपति राईद्वारा निर्देशित ‘उम्लिँदो खरानी र लेम्लेमा’ नाटक प्रदर्शन गरिएको थियो । त्यसपछि २३ कविले कविता प्रस्तुत गर्नुभएको थियो भने किरण नेपाली र दिप्सन पुतुवारले ‘फोकट्र्रोनिक्स’ शीर्षकमा साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।...
भाषा, साहित्य र मिडियामा एआईले गम्भीर असर पार्ने भन्दै अमेरिकामा चिन्ता

भाषा, साहित्य र मिडियामा एआईले गम्भीर असर पार्ने भन्दै अमेरिकामा चिन्ता

अमेरिका । अमेरिकामा रहँदै आएका विभिन्न क्षेत्रका ज्ञाता, प्रवुद्ध वर्ग तथा पत्रकारहरुले पछिल्ला वर्षहरुमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल ईन्टेलिजेन्स–एआई) ले भाषा, साहित्य र मिडियामा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । एआईको प्रयोगबाटट सिर्जना हुने विभिन्न सामग्रीहरुले सृजनात्मकता र यथार्थतामा चुनौती सृजना गर्ने उनीहरुको भनाइ छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको आर्टिफिसियल ईन्टेलिजेन्सको युगमा भाषा, साहित्य र प्रेसको स्थान विषयक बौद्धिक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे अनेसासका वोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डा श्याम कार्कीले एआईको प्रयोगले भाषा,साहित्य र मिडियाको क्षेत्रमा सहज बनाए पनि यसले साधन र तपस्या नगर्ने सर्जकहरुलाई समेत स्थापित गराउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले...
‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ सम्पन्न

‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ सम्पन्न

नेपाल । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा भएको तीनदिने ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ को प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार समापन गर्नुभएको छ । सम्मिलनको अन्तिम दिन समाजमा घटेका विभिन्न घटनाक्रमलाई सञ्चार गर्ने क्रममा मिडियाले प्रयोग गरिरहेको भाषाका विषयमा परिसंवाद भएको छ । ‘सञ्चार माध्यममा नेपाली भाषा’ विषयमा भएको परिसंवादमा पत्रकार अखण्ड भण्डारीले पछिल्लो समय नेपाली मिडियाले नेपाली भाषालाई बिगारेर लेखिरहेको र भाषामा दक्षता आवश्यक पर्ने उल्लेख गर्दै मिडियामा काम गर्नेका लागि समय समयमा तालिम आयोजना गर्न सुझाव दिनुभयो । सार्वजनिक सेवा प्रसारण संस्थाका बोर्ड अफ डाइरेक्टर्स फूलमान बलले भाषाले मनोविज्ञान र संस्कृति बनाउने भएकाले नेपाली समाजमा रहेका आदरार्थी शब्दलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । “मिडियामा अपराधीलाई तिमीकरण गर्ने र बाँकीलाई भाषाको गहनता अनुसार...