–आरसी रिजाल–
बेचनी खत्री ८० बर्ष पुगिन् । पतिको निधनपछि जेठो छोरा विनोदसँग बसेकी २० बर्ष भयो । कान्छो छोरा अमोदले आमालाई आफ्नो घर लैजान कयौँ बर्षदेखि दाजुसँग अनुरोध र झगडा गर्दासमेत सफल हुन सकेन ।
अमोदले मुद्दा हाल्यो । अदालतले बिनोदलाई झिकायो । न्यायाधीशले “आमाको जिउनी शेषपछि दुवै भाइले बराबर पाउने फैसला गर्दिउँ” भने ।
दुवै भाइले “जिउनी चाहिदैन आमाको पालनपोषण आफुले गर्न पाउँ” भने ।
न्यायाधीशले “दाजुभाइ घरायसी कुरा मिलाएर आउनुस् । मुद्दाको पेशी पर्सीको लागि तोकदिन्छु” भनी बेञ्चबाट उठे ।
पर्सीपल्ट न्यायाधीशले सोधे “तपाईंहरुको घरायसी कुरा मिल्यो त ?”
दुवैले टाउको हल्लाई नमिलेको संकेत गरे ।
न्यायाधीशले अमोदलाई भने, “तपाईं जिउनी पनि चाहिँदैन भन्नुहुन्छ, अनि दाजुसँग रमाएर बसेकी आमा किन लैजान खोज्नु हुन्छ ?”
अमोदले भने– ‘आमाको स्याहार’ ।
–हेटौंडा, मकवानपुर ।...
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा च्याप्टरका अध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा २११ औं भानुजयन्ती मनाइएको छ ।
साथै च्याप्टर कार्यसमितिका सदस्य साहित्यकार शारदा क्षेत्रीको गजल संग्रह ‘स्मृतिका पानाहरु, मुक्तक संग्रह आँशुको उपहारको समीक्षात्मक कार्यक्रम न्यूयोर्क ज्याक्सन हाईट्स भान्छा घरको सभा हलमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।
अनेसासका आजीवन सदस्यहरू, साहित्यकारहरु तथा साहित्यनुरागीहरुको बाक्लो उपस्थितीमा आदिकबि भानुभक्त आचार्यको परिचयात्मक बिवरण, बिभिन्न स्रष्टाहरुबाट गजल तथा कबिता बाचन, साहित्यकार शारदा क्षेत्रीको गजल र मुक्तकको समिक्षा, श्रष्टा सम्मान आदि कार्यक्रमहरू समावेश गरिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि शिक्षाविद साहित्यकार डा. गोविन्द कोईराला रहनु भएको थियो भने बिशेष अतिथिहरुमा अनेसास च्याप्ट...
कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको आयोजनामा २११औं भानु जयन्तीका अवसरमा जुलाई २० शनिबारका दिन नेपाली घरमा भानु जयन्ती तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रीय समितिको हालै सम्पन्न निर्वाचनबाट महासचिवमा निर्वाचित कोलोराडो शाखा अध्यक्ष राजु सिटौला र कोषाध्यक्षमा निर्वाचित पूर्व शाखाअध्यक्ष तारा अधिकारीलाई खादा–मालासहित बधाई ज्ञापन गरिएको हो ।
अनेसास कोलोराडोका महासचिव किरण अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा शाखा अध्यक्ष राजु सिटौलाले आदिकवि भानुभक्त आचार्यको छोटो जीवनी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बालकवि रचित रेग्मीबाट भानुभक्तको रचनामा आधारिक केही श्लोक बाचन गरिएको थियो । कार्यक्रममा आदिकवि भानुभक्तसँग सम्बन्धित ३–४ वटा रचन बाचन गरिएको ...
नेपाल (हेटौंडा) । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘गणेशलाल स्मृति साहित्य पुरस्कार २०८१’ बाट सम्मानित हुनु भएको छ ।
लोककवि गणेशलाल श्रेष्ठको ११३औँ जन्मजयन्तिको अवसरमा नेपाल भाषा खलः मकवानपुरमार्फत् उहाँलाई सो सम्मान गरिएको हो । केशवलाल श्रेष्ठद्वारा स्थापित सो पुरस्कार यसअघि स्व. तुल्सी थापालाई प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वका बारेमा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले चर्चा गर्नु भएको हो ।
यता, नेपाल भाषा खलः मकवानपुरले आयोजना गरेको खुला कविता प्रतियोगिता २०८१ मा म्याग्दीकी आरती आचार्य प्रथम हुनु भएको छ । सिन्धुलीका बाबुराम श्रेष्ठ यात्री द्वितीय र अर्घाखाँचीकी पूर्णिमा गिरी तृतीय हुनु भएको हो । यस्तै प्रतियोगितामा मकवानपुरकी अनुशुया खनाललाई सान्त्वना स्थापन प्राप्त भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १५ हजार, १० ह...
नेपाल (हेटौंडा) । साहित्य सर्जक तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ एक कार्यक्रमबिच विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५ औँ नियमित गजल यात्राका क्रममा घिमिरेको गजल सङ्ग्रह विमोचन गरिएको हो ।
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको गजलबाट सुरू भएको पहिलो सत्र अन्तर्गतको गजल वाचन सत्रमा राम कार्की, मिथिला अधिकारी, साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौला र गजल मञ्च मकवानुरका पूर्वअध्यक्ष मुस्कान तिमल्सिनाले आ–आफ्ना गजलहरू वाचन गर्नुभयो ।
दोस्रो सत्रमा पुस्तक विमोचनका क्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षकलगायत उपस्थित रहनुभयो । शुभकामना मन्तव्यका क्रममा शिक्षाविद् ऋषिराम पोखरेलले स्रष्टा परिचय दिँदै विगतमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, खेम बानियाँ, साम्ब ढकाल, गोविन्द खड्काहरूको साथसाथ कविता लेख्ने गरेको स्मरण गर्दै व्यङ्ग्यसर्जक अर्जुन पराजुलीको रचनाजस्तो ...
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम जुलाई २८ तारिक (आइतबार) का दिन हुने भएको छ ।
अनेसास मेरिल्याण्ड च्याप्टरको संयोजनमा उक्त कार्यक्रम हुन लागेको हो । स्थानीय माउन्ट एभरेष्ट रेष्टुरेन्टमा बिहान ११ बजेदेखि १ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
यसअघि सम्पन्न निर्वाचनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमिति २०२४–२०२६ कार्यकालका लागि नयाँ नेतृत्व चयन भइसकेको छ ।
अनेसासको निर्वाचनबाट अध्यक्षमा सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, अमेरिका महादेशीय उपाध्यक्षमा सुदिपभद्र खनाल, एसिया महादेशीय उपाध्यक्षमा सरिता अर्याल, अफ्रिका महादेशीय उपाध्यक्षमा गणेश खड्का, युरोप महादेशीय उपाध्यक्षमा डिल्लीराम अम्माइ, ओशीयानिया महादेशीय उपाध्यक्षमा हरिप्रसाद अधि...
–रेणुका जिसी–
एक नारी, आमा अनि जागिरे महिलाले अनुभूत गरेका अनुभूतिहरूको समायोग हो साहित्यकार ज्ञानु अधिकारीको संवेदनाको समायोग । निजात्मक शैलीमा लेखिएका यी निबन्धहरू कोमल छन्, सरस छन् ।
‘म चाहन्थेँ, म संसारकै सबैभन्दा महान् आमा बनूँ । तिमीलाई आफ्नो काखको विशाल छहारीमा नै राखेर हुर्काऊँ । तिम्रा हरेक क्रियाकलापहरूलाई नजिकै बसेर नियालूँ । तिम्रा कलिला हात समातेर घर, आँगन, बगैँचा डुलूँ । प्रत्येक साँझबिहान कुनै खुला चउरमा तिमी उन्मुक्त भएर दौडन सिकेको हेरूँ र परको क्षितिजलाई देखाएर तिम्रो गन्तव्य त्यहीँ हो भनेर सिकाऊँ (पृ. ११) ।’ संवेदनाको समायोगको पहिलो निबन्ध ‘के म असल आमा बन्न सकेँ ?’ का अंश हुन् यी वाक्य ।
आफ्ना दुबै सन्तान अरू कसैको काखमा जिम्मा लगाएर दिनभर विद्यालयमा सिकाइरहँदा पटक पटक चिमोटिन्थेँ । ‘के म असल आमा बन्न सकेँ ? ’ यो निबन्ध पढ्दा सोही स्मृतिले छाती चसक्क भयो । आँखा रसायो...
–आरसी रिजाल–
मेरो टोलकी सुशीला (नाम परिवर्तन) दिदी ७५ बर्षकी भइन् । उनको पतिको निधन भयो । उनको जेठी छोरी र कान्छो छोरा हेटौँडामा र जेठो काठमाडौँमा ।
आमालाई दुई छोराले ६–६ महिना पाल्ने निर्णय गरेका रहेछन् । जेठोले ६ महिना पूरा हुन पाँच दिन बाँकी छँदै कान्छोकोमा पुर्यायो ।
कान्छोले भन्यो– “महिना भुक्तान भएकै छैन, किन मकहाँ ल्याएको ? आमालाई फिर्ता लैजाऊ ।”
जेठो “आमालाई दुवैले बराबर माया गर्नुपर्छ । मैले आमा पाल्ने बैशाखदेखि असोजसम्ममा कुनै कुनै महिना ३१–३२ को परेका छन् । तेरो पालो कार्तिकदेखि चैत्रसम्मको महिना २९–३० को पनि रहेकोले हिसाब मिलाएर आमालाई ल्याएको हुँ ।”
दिदीतिर हेरेर उसले थप्यो “मेरो कुरा जायज छैन त ?”।
दिदीले भनिन्– “ए कान्छा आमै हुन् । दाइले पुर्याउन ल्याइहाले । अर्कोसालदेखि कसरी मिलाउने भन्ने कुरोतिर लाग । हेर यो कुरा समाज... ।
–हेटौंडा, मकवानपुर ।...
–रमेशचन्द्र घिमिरे–
बाटाछेउको पसल
जेरी कति असल
खान्छु बाबा खान्छु म
लान्छु घरमा लान्छु म ।
छोरो यसो भन्दैथ्यो
औँला भाँची गन्दैथ्यो
खान्छु म त दुई तिन्टा
नमान्नू बा क्यै चिन्ता ।
उसले खान थालेको
मुख त्यसै फालेको
अमिलो छ जेरी यो
किन स्वाद फेरियो ।
अस्ति यही मिठो थ्यो
आज किन यस्तो भो ?
भन्नुस् साहुजी मलाई ?
सोध्यो उसले नडराई ।
हाँस्दै दाँत देखाई
‘आएका छौ के खाई ?’
उल्टै साहुले हकारे
कुरा बल्ल सकारे ।
बुद्धि तिम्रो काँ गा’को ?
मुख तिम्रो के भा’को ?
किन स्वाद फेरियो ?
अस्तिकै हो जेरी यो ।
–भोर्लेटार, लमजुङ ।...