
लघुकथाः देश र जनताको लागि
–आर.आर. चौलागाईं–
उसले देश र जनताको लागि बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्यो । मैले पढ्न छोडेँ । अरू पनि धेरैले छोडे । पढिसकेको सर्टिफिकेट च्यात्नू भन्यो । हामीले त्यसै गर्यौँ ।
उसले देश र जनताको लागि व्यक्तिगत सम्पत्ति आर्जन गनुै हुँदैन र आफूसँग भएको सम्पत्ति पनि पार्टीलाई बुझाउनू भन्यो । मैले त्यसै गरेँ । अरू पनि धेरैले गरे ।
उसले देश र जनताको लागि विस्तारवादी र साम्राज्यवादी देशहरूको भाषा लेखपढ गर्नु हुँदैन र आफ्नै भाषामा लेखिएका क्रान्तिकारी किताबहरूमात्र पढ्नु पर्छ भन्यो । मैले मानेँ । अरू पनि धेरैले माने ।
उसले देश र जनताको लागि अहिले प्रेम गर्ने बेला होइन । कोहीसँग प्रेम छ भने तुरुन्त छोड्नू भन्यो । मैले आफ्नी प्रेमिकालाई छोडेँ । अरूले पनि छोडे ।
उसले कविताले देश र जनताको लागि केही गर्दैन । क्रान्ति गर्नु पर्छ । कविता नलेख्नू भन्यो । मैले कविता लेख्न छोडेँ । अरू पनि धेरैले छोडे ...