१० बैशाख २०८२, बुधबार

भाषा/साहित्य

कविताः मृत्यु

कविताः मृत्यु

–आरआर चौलागाईं– कोही मरे हवाईजहाजमा खरानी भएर कोही मरे बसमा पानीमा डुबेर हवाईजहाजमा मर्नेहरूप्रति समवेदना व्यक्त हुँदो रहेछ र झन्डा आधा झुकाइने रहेछ बसमा मर्नेहरूप्रति समवेदना व्यक्त नहुँदो रहेछ र कीरा फट्याङ्ग्रा मरेजस्तो हुँदो रहेछ यो राज्यले कति विभेद गर्दो रहेछ त्यसैले मृत्यु पनि वर्गीय हुँदो रहेछ मान्छेपिच्छे फरक फरक हुँदो रहेछ त्यसैले मलाई भन्न करै लाग्यो यो सरकार गरीबको होइन धनीको मात्र रहेछ । –हेटौंडा, मकवानपुर ।...
बालकविताः स्कुल जाने खरायो

बालकविताः स्कुल जाने खरायो

–रमेशचन्द्र घिमिरे– छानी छानी नरम चपाई करम्क रम मीठो मीठो बारीको खोजी दुबो घारीको घाँस खाने खरायो लामो काने खरायो लान्छु भन्छन् दाइले लान्छु भन्छ भाइले खोसाखोस् भो बिचरो तानातान्‌मा ऊ पर्‍यो कल्ले लाने खरायो लामो काने खरायो खोरबाट भागेर मेरो पछि लागेर जैले पनि सताउँछ मैलाई मात्र पछ्याउँछ स्कुल जाने खरायो लामो काने खरायो । –भोर्लेटार, लमजुङ ।...
अनेसास नेपाल च्याप्टरले मनायो भानु जयन्ती, नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाइ ज्ञापन

अनेसास नेपाल च्याप्टरले मनायो भानु जयन्ती, नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाइ ज्ञापन

नेपाल । अनेसास नेपाल च्याप्टरले २११ औं भानुजयन्ती मनाएको छ । यसै अवसरमा अनेसास केन्द्रीय कार्यसमितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउनुकासाथै भर्खरै सम्पन्न भएको अनेसासको निर्वाचनमा नेपालबाट निर्वाचित एसिया उपाध्यक्ष सरिता अर्याल तथा अनेसास केन्द्रीय सदस्य सुमनवर्षा घिमिरे लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिइएको थियो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले अनेसास निर्वाचन २०२४–०२६ का लागि मातृभूमि नेपालबाट उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी सरिता अर्याललाई अत्याधिक मतले र सदस्यमा उम्मेद्वार दिएकी सुमनवर्षालाई निर्विरोध निर्वाचित गराएकोमा विश्वभर रहेका अनेसासका अजीवन सदस्यहरूप्रति आफ्नो र नेपाल च्याप्टरको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए । उक...
स्व. रमेश विकलका कृतिको एकीकृत सङ्ग्रह सार्वजनिक

स्व. रमेश विकलका कृतिको एकीकृत सङ्ग्रह सार्वजनिक

नेपाल । नेपाली साहित्यका अमर सर्जक स्व. रमेश विकलका ग्रन्थ तथा फुटकर रूपमा प्रकाशित कृतिको एकीकृत सङ्ग्रह शुक्रबार सार्वजनिक गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विकलका नाटक, कथा र उपन्यास विधालाई एकीकृत सङ्ग्रहका रूपमा ल्याइएको हो । रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले विकलसँगको सामीप्यले आफूलाई साहित्यको महत्व बुझ्न सहयोग गरेको चर्चा गर्नुभयो । प्रमुख रिसालले नगरपालिकाले विकासका समग्र पक्षमा साहित्यलाई उच्च प्राथमिकता दिएर साहित्यिक प्रतिष्ठानलाई बर्सेनि बजेट विनियोजन गर्ने गरेको चर्चा गर्दै विकलको समग्र कृति प्रकाशनले उहाँको सिर्जना संरक्षणमा मद्दत पुग्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–९ का अध्यक्ष राजीव थापाले साहित्यको उन्नयनमा आफ्नो तर्फबाट...
गजल

गजल

–केशवलाल श्रेष्ठ– न गीत बोकी आएँ न गजल घोकी आएँ यो भरि रङ्गमञ्चमा बोतल बोकी आएँ । न त धन कमाएँ खै, न त जन कमाएँ छट्पटीमै यो मनलाई त्यतै रोकी आएँ । भन्न त भन्छन् सबै यो पागल हो पागल बिहानै सबेरै यो पञ्चामृत बोकी आएँ । बोलाउँछन् कहिलेकाँही यो मेहफिलमा लौ आएँ दुईचार प्याक प्याला धोकी आएँ । नबोलाए नि एकदिन त्यो मेहफिलमा लाज् नमानी उनको मैले ओठ टोकी आएँ । सबैले जग हाल्यो भनी हाम्रो केशबजी म शेर हुँ हेर यहाँको भन्दै खोकी आएँ । –हेटौंडा, मकवानपुर ।...
बालकविताः कुखुराको भाले

बालकविताः कुखुराको भाले

-रमेशचन्द्र घिमिरे- हेर्न आइज लाले कुखुराको भाले । झोला सोला भिरी गाउँतिर छिरी ल्याउनु भाको रैछ धेरै पैसा तिरी हाम्रा माइला बाले कुखुराको भाले । जता पनि जान्छ जे जे पाउँछ, खान्छ मेरो आफ्नो घरलाई उसले आफ्नै ठान्छ साह्रै असल खाले कुखुराको भाले । बस्छ सानो खोरमा सुत्छ त्यहीँ फोहोरमा कुखुरी काँ कराउँछ चर्को चर्को स्वरमा हाम्रो घरको पाले कुखुराको भाले । –भ‍ोर्लेटार, लमजुङ ।...
लोहनी र उप्रेतीलाई व्यथित काव्य सम्मान र व्यथित काव्य डायस्पोरा सम्मानको घोषणा

लोहनी र उप्रेतीलाई व्यथित काव्य सम्मान र व्यथित काव्य डायस्पोरा सम्मानको घोषणा

नेपाल । साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ र सुरेन उप्रेती (क्यानडा) लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’ प्रदान गर्ने भएको छ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारस प्रकाश नेपाल सदस्य रहेको समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । युवा पुस्ताका चर्चित कविरकथाकार लोहनी पेसाले टेलिभिजन पत्रकार हुनुहुन्छ । मानिसका प्रेम र सम्बन्धमाथि कविता कथा लेख्ने उहाँ पछिल्लो समय मृत्यु र त्यसपछिको महाशून्यतामाथि आफ्नो लेखनलाई केन्द्रित गर्नुभएको छ । युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय कलाश्री युवा पुरस्कार, सर्वोकृष्ट कथालगायत एक दर्जन पुरस्कार र सम्मानबाट सम्मानित मणिका कथा र निबन्ध विद्यालय स्तरमा पढाई हुन्छ । उहाँका कथा कविता एक दर्जनभन्दा ...
साहित्यकार रमेशमोहन अधिकारीको ‘संयात्राको संयोग’ नियात्रा सङ्ग्रह सार्वजनिक

साहित्यकार रमेशमोहन अधिकारीको ‘संयात्राको संयोग’ नियात्रा सङ्ग्रह सार्वजनिक

-मसान उपासक (नेपाल, हेटौंडा) । शनिवार मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०६ औँ नियमित साहित्य शृङ्खलाअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रम गर्दै नियात्राकार रमेशमोहन अधिकारीको “संयात्राको संयोग” नियात्रा सङ्ग्रह सार्वजनिक गरेको छ । झसाप मकवानपुरका संस्थापक अध्यक्ष समेत रहनुभएका अधिकारीको आफ्नो पाँचौ साहित्यिक कृतिको रुपमा “संयात्राको संयोग” सार्वजनिक गरिएको हो । ५ खण्डमा विभाजन गरी २८ वटा नियात्रा राखिएको यस सङ्ग्रहलाई बुलुबल पब्लिकेशन काठमाडौँले प्रकाशन गरेको हो । २०३ पृष्ठ रहेको यस सङ्ग्रहको मूल्य रु. ४५०/– राखिएको छ । उहाँका यसअघि सम्झनाको सेरोफेरो (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०६३), घुम्तीहरू छेलिएपछि (संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४), गुराँस र युद्ध (कविता सङ्ग्रह, २०७५) र आफैँसँग (संस्मरण तथा नियात्रा सङ्ग्रह, २...
लघुकथा समाजद्वारा चौलागाईँ र आशालाई पुरस्कार तथा सम्मानको घोषणा

लघुकथा समाजद्वारा चौलागाईँ र आशालाई पुरस्कार तथा सम्मानको घोषणा

नेपाल । लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र ‘धनमान लघुकथा पुरस्कार–२०८१’ को घोषणा गरेको छ । लघुकथा समाजद्वारा जारी विज्ञप्तिअनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान, २०८१’ हेटौँडाका लघुकथाकार आरआर चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ भक्तपुरका लघुकथाकार श्याम आशालाई प्रदान गरिने भएको हो । लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको विसं २०६५ मा ‘विघटनको तयारीमा’ लघुकथासंग्रह प्रकाशित छ । उनका फुटकर लघुकथाहरू पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । त्यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आएका सर्जक हुन् । उनका नेपाल भाषामा लेखिएका सात वटा लघुकथासंग्रह प्रकाशित छन् भने दुईवटा संग्रह नेपालीमा अनुदित छन् । ‘श्याम आशाका लघुकथा’ संग्रहको अनुवाद लघुकथाकार ध्रुव मधिकर्मीले गरेका छन् भने अर्को लघुकथासंग्रह ‘अघोषित आवाज’को ...
लालबन्दी नगर वाङ्मय परिषद्‍द्वारा भाषा तथा साहित्य पुरस्कारका लागि १० कृति छनौट

लालबन्दी नगर वाङ्मय परिषद्‍द्वारा भाषा तथा साहित्य पुरस्कारका लागि १० कृति छनौट

नेपाल । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि १० कृति छनौट गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको विकास, संरक्षण र प्रवर्धन हेतु स्थापित परिषदले लालबन्दी नगर वाङ्मय परिषद्भाषा तथा साहित्य पुरस्कार २०८१ का लागि निम्नानुसार १० कृतिहरू छनोट गरेको हो । ५० हजार नगद राशि रहेको यस पुरस्कार अघिल्लो वर्ष ‘बाआमा‘ आख्यानका लागि लेखक रामलाल जोशीलाई प्रदान गरिएकोथियो । स्वतन्त्र विज्ञसहित सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा कृति छनोट गरिएको र १० कृतिमध्ये उत्कृष्ट १ लाई पुरस्कृतगरिने परिषद् अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । यी छनौटमा परेका १० पुस्तकः १.अन्तरः रमेश सायन २. काली कर्णालीका लोकसाहित्य र संस्कृतिः यज्ञराज उपाध्याय ३. जोगियानाः कुमार नगरकोटी ४. नेपाली सङ्गीत दरबारः प्रा।डा। ध्रुवेशचन...