१० बैशाख २०८२, बुधबार

भाषा/साहित्य

अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ लालबन्दी वाङ्मय पुरस्कारमा छनोट

अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ लालबन्दी वाङ्मय पुरस्कारमा छनोट

नेपाल । सर्लाही जिल्ला स्थित लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि पत्रकार अखण्ड भण्डारीको आख्यान कृति ‘बोरा’ छनोट भएको छ । लालबन्दी नगर वाङ्‌मय परिषद् लालबन्दी, सर्लाहीले सो पुरस्कार स्थापना गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । परिषद्द्वारा जारी विज्ञप्ति अनुसार लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१ का लागि छनोट भएको उत्कृष्ट १० कृतिमध्ये भण्डारीको ‘बोरा’ सर्वोकृष्ट छनोट भएको हो । परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८१ शङ्कर श्रेष्ठलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ । सो पु...
गजल

गजल

–आर.आर. चौलागाईं– भित्ताको पनि कान हुन्छ यो कुरा बुझिराख गरीबको पनि मान हुन्छ यो कुरा बुझिराख । सडकछाप हुन् भनेर घोचो नहान हामीलाई निर्धनको पनि गान हुन्छ यो कुरा बुझिराख । कैलेकाहीँ फलामको डोरीले राम्रो काम गर्दैन परालको पनि तान हुन्छ यो कुरा बुझिराख । जब कुनै दिन तिमीहरू झर्छौ नि माथिबाट मेरो पनि ठूलो सान हुन्छ यो कुरा बुझिराख । घट्टमा मानिसहरू धानमात्रै कुट्न जाँदैनन् कोदाको पनि घान हुन्छ यो कुरा बुझिराख । –हेटौंडा, मकवानपुर ।...
बालकविताः भाइले लेख्यो कविता

बालकविताः भाइले लेख्यो कविता

–रमेशचन्द्र घिमिरे– “कनिकुथी गरेर पुरै पाना भरेर थाहा पायौ सविता ? भाइले लेख्यो कविता” “मैले पाना भरिनँ साह्रै दुःख गरिनँ मेरी दिदी सविता तै नि लेखेँ कविता” त्यसो भन्दा दाइले यसो भन्यो भाइले के हो त्यस्तो रमिता ? कस्तो हो त्यो कविता ? पढ्न धेरै नपर्ने गाउन झनै नपर्ने छक्क परिन् वविता देखेपछि कविता । तीन पानाको हैन तीन लाइनको नि छैन तीन अक्षरमा लेखेछन् दाइले बल्ल देखेछन् कुरा बुझिसकेर दङ्ग परिन् सविता ठुल्दिदीको छोरीको नाम रै’छ कविता । –भोर्लेटार लमजुङ ।...
२५ सष्टाका २५ लघुकथा कृति एउटै मञ्चमा सार्वजनिक

२५ सष्टाका २५ लघुकथा कृति एउटै मञ्चमा सार्वजनिक

नेपाल । लघुकथाका क्षेत्रमा कलम चलाउने २५ जना लघुकथाकारको २५ लघुकथाकृति एकसाथ सार्वजनिक भएको छ । प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र विशिष्ट अतिथिहरू साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्तले संयुक्त रूपमा ती कृतिहरु सार्वजनिक गरेका थिए । सिलौटो रेस्टुरेन्ट, अनाममनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा लघुकथाकारहरू खेमराज पोखरेल, विश्वराज अधिकारी, त्रिलोचन ढकाल, तेजप्रकाश श्रेष्ठ, प्राडा कपिल लामिछाने, हिरण्यकुमारी पाठक, डा. हरिप्रसाद भण्डारी, डा. कुसुमाकर शर्मा गौतम, ममता मृदुल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुद शर्मा प्याकुरेल, भाभा शर्मा, रञ्जु खनाल, अञ्जु शर्मा, शुक्रराज कुँवर, निर्मला बराल, रमेन्द्र कोइराला, नवराज शर्मा, गंगा खडका, छविलाल खडका, रोशन पराजुली, पीपी कोइराला, तुलसी पण्डित र सुनिता निरौला पौडेलका कृति लोकार्पित...
साहित्य संगम मकवानपुरको सन्ध्या दिवसः चार पुस्ताका कवि एउटै मञ्चमा

साहित्य संगम मकवानपुरको सन्ध्या दिवसः चार पुस्ताका कवि एउटै मञ्चमा

नेपाल (हेटौंडा) । मकवानपुरे माटोमा कविताको अघोषित पाठशाला हो साहित्य सङ्गम मकवानपुर । यसले विधिवत रूपमा महिनाको दोस्रो शनिवार साहित्य सन्ध्याको शुभारम्भ गर्यो विक्रम सम्वत २०४७ भाद्र ०२ गते । यसै दिनमा अर्थात् हरेक भाद्र ०२ लाई सन्ध्या दिवसको रूपमा मनाउँछ । सो दिनमा वर्षभरि सबैभन्दा धेरै उपस्थित जनाउने कवि– साहित्यकारलाई सम्मान गर्छ । यस पटक त्रिसत्यमा आधारित महाकाव्य लेख्ने चेतप्रसाद पौडेल (सैँपुले साइँलो) सम्मानित भए । यसैअवसरमा सन्ध्या विशेष कार्यक्रममा कविता वाचनको आयोजना हुन्छ । वर्षभरिको सन्ध्यामाथि समीक्षा चर्चा परिचर्चा हुन्छ । यो पनि भनौं यो दिनको वातावरण साहित्यिक सन्ध्यामय हुन्छ । यसै मेसोमा भाद्र २ गते आइतबार ३५औं सन्ध्या दिवस संयुक्त कविता वाचनको आयोजना गरी सम्पन्न भयो । पछिल्लो छिमलकी अनुसुया खनालदेखि, बीचको पुस्ता प्रतीमा पाठक, सुवास खनालदेखि दोस्रो पुस्ताका साम्ब ढकाल...
रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ सार्वजनिक

रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ सार्वजनिक

नेपाल । थाहा दर्शनका प्रणेता, मकवानपुरको माटोबाट उदाएका रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ शनिबार राजधानी काठमाडौंमा सार्वजनिक भएको छ । रूपचन्द्र विष्टको जीवनका विभिन्न पाटालाई सँगाल्दै आख्यानको शैलीमा लेखिएको यो किताबमा जीवनीभन्दा पृथक्, कल्पना र सृजमनात्मक शैलीमा लेखिएको लेखक टंक चोलागाईं बताउनु भयो । लेखक चौंलागाईंले भन्नुभयो, ‘आफू रंगमञ्च र कथासँग बढी समीप भएको हुँदा मैले आख्यान लेख्दा अझ बढी न्याय गर्नेछु भन्ने लागेर यो शैली समाएको हुँ ।’ रूपचन्द्रलाई अत्यन्त नजिकबाट नियालेका लेखक श्याम श्रेष्ठका अनुसार यो आख्यानले निकै सूक्ष्म तरिकाले रूपचन्द्रको जीवनी उनेको छ । यसमा भावना र इतिहास जोडिएर आएको श्रेष्ठले बताउनु भयो । ‘अहिलेका अधिकांश रानीतिज्ञ, रूपचन्द्र विष्टलाई समाएर भोटको राजनीति गरेको छर्लङ्ग छ । उनलाई प्रयोग गरिन्जेल गर्ने, अनि आफ्नो शक्तिको समयमा...
साहित्यकार कृष्ण ढुङ्गेलको ‘समयको नक्साबाहिर’ बिमोचित

साहित्यकार कृष्ण ढुङ्गेलको ‘समयको नक्साबाहिर’ बिमोचित

नेपाल । साहित्यकार कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ । शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमकाबीच सो कृतिको लोकार्पण गरिएको हो । लेखक ढुङ्गेलसहित मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तकको विमोचन गर्नु भएको हो । कार्यक्रमका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तक धेरै नै फरक भएकाले पेजटर्नरले प्रकाशन गरेको जानकारी दिनुभयो ।...
कोलोराडोमा वरिष्ठ आख्यानकार कृष्ण धरावासीले दिए आख्यान लेखन सम्बन्धी प्रशिक्षण

कोलोराडोमा वरिष्ठ आख्यानकार कृष्ण धरावासीले दिए आख्यान लेखन सम्बन्धी प्रशिक्षण

कोलोराडो । अनेसास कोलोराडो शाखाको आयोजनामा अगस्त १७ तारिकका दिन आख्यान लेखन कार्यशाला सम्पन्न भएको छ । बिहान ११ बजेदेखि २ घण्टासम्म क्रस रोड कम्युनिटी सेन्टरमा उक्त कार्यक्रम सञ्चालन भएको हो । सहभागीहरुलाई वरिष्ठ आख्यानकार कृष्ण धरावासीले प्रशिक्षण प्रदान गरेका थिए । आख्यान लेखनको शैली र ध्यान पुर्याउनु पर्ने विविध पाटाहरुबारे धरावासीले प्रष्ट पारेका थिए । कार्यक्रममा पदम विश्वकर्मा, पुष्पराज पौडेल, निर्मला अर्याल, धन पौडेल, विजयराज शर्मा, दामोदर लुईंटेल, भुपेन्द्र महत, चन्द्र खत्री, सन्तोष सुवेदी, तारा अधिकारी, गंगा अभिलाषी, विजयदेव अधिकारी, राजु सिटौला, लालप्रसाद चौलागाईं, किरण अधिकारी, विकास त्रिपाठी, डा. शारदा त्रिपाठी, बसन्त लम्साल, हरिभक्त आचार्य र रञ्जना आचार्य लगायत भाषा साहित्यप्रति रुचि भएका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त कार्यशालामा साहित्यकार मन्जु बिमलीको पनि उ...
कविताः जिन्दावाद

कविताः जिन्दावाद

-लक्ष्मी ‘रेशमी’- गनेर नसकिने धोकाहरु सुनेर सुन्न नसकिने कान्ड नै कान्ड यति सजिलै पत्याइरहने कसैले मन्त्र गरेजस्तो सिन्दुर छरेर मोहनी नै लाएजस्तो चर्की चर्की बोलिरहेका स्वरहरु पानीमा बरफ झैँ बिलिन भएको छ सन्नाटा छाएको छ आजकल सडकहरु सुस्ताएका छन् पर पर सम्म सुनिन्न कुनै जुलुस नाराको चर्को ध्वनिहरु गाउँ बस्ती उजाडिएको साक्षी बनेर हेर्दैछ तारेभिर पानी जहाजको सपना बुनेर हवाइजहाजमा उडिरहेछन् रेलको गीत गाएर हुर्केकाहरु गुडिरहेछन् पर कतै बिरानामा हजुरबुबा आमाले भन्दा नपात्याउनेले पत्याइरहेछ बाका उखानटुक्का र्यालमा नै चिप्लिरहेछ सदनमा उफ्रिनेहरु बारुद र बन्दुकको थकाइ मस्त निदाइरहेछ सुनका पलङ्हरुमा नयाँ युग आएको छ लोकतन्त्र जिन्दावाद ! –चन्द्रपुर, रौतहट ।...
गजल

गजल

–मिथिला अधिकारी– यो बादल, बिजुली सुस्त बर्सात बेकार लाग्यो, उनी बिना यौवनको, यो मात बेकार लाग्यो । बदली रहने रहेछ उनको मन पनि बादल जस्तै झुट रहेछ उनको प्रेम, त्यो सौगात बेकार लाग्यो। कता कता आफ्नै मन अँध्यारो भएपछि साँच्चै त्यो शरद् पुर्णिमाको सुन्दर रात बेकार लाग्यो । एता पनी, उता पनि ठिक्क पारेपछि बैमानिले उनका मिठास् पूर्ण प्रेमिल बात बेकार लाग्यो । बाँचुन्जेल एकगाँसको लागि तड्पिएकालाई, मरेपछि चडाएको फूलको खात बेकार लाग्यो । –हेटौंडा ८ कमाने ।...