
५ हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, ९ कृति लोकार्पित
नेपाल । नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा ५ हास्यव्यङ्ग्यकर्मीहरूलाई सम्मान गरिएको छ ।
हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू वर्ष २०८१ का लागि समर्पण गरिएको हो ।
फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८१’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखन तथा यसको उन्नयनमा क्रियाशील व्यक्तित्व हेटौंडा, मकवानपुरका आरसी रिजाललाई नगद रु २०,१०५/- सहित सम्मानपत्र प्रदान गरिएको छ ।
सर्लाहीका हास्यव्यङ्ग्य लेखक महेश थापालाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार– २०८१’ तथा गोरखाका हास्यव्यङ्य कवि सुभाषचन्द्र देवकोटालाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार-२०८१’ प्रदान गरिएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकका हास्यव्यङ्ग्य निबन्धकार देवीप्रसाद चापाग...