
अमेरिकाको वासिङ्टन डिसीमा मनाइयो मोती जयन्ती
अमेरिका । नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।
अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासले आइतबार मोती जयन्तीका अवसरमा आयोजना गरेको छलफल तथा कवि गोष्ठी कार्यक्रममा सहभागी लेखक, साहित्यकार र कविहरूले विश्वभरि नेपाली भाषाको जगेर्ना, पठनीय र लेखनीय बनाउन स्रष्टाको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोराको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी वक्ता वसन्त श्रेष्ठले विगत वर्षहरूमा दूतावासले भाषा र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले भाषाको माध्यमबाट मातृभूमिको सम्बन्ध मजबुत हुने भएकाले दोस्रो पिँ...