९ बैशाख २०८२, मंगलवार

भाषा/साहित्य

महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई प्रदान

महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई प्रदान

नेपाल (हेटौंडा) । महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याल (धिताल) लाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाज, मकवानपुरको आयोजना एवं महालक्ष्मी विकास बैङ्क लिमिटेडको संयोजनमा एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार, २०८० एकाउन्न हजार नगदसहित अर्याललाई शनिबार हेटौँडामा आयोजना गरिएको कार्यक्रममा प्रदान गरिएको हो । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रमुख संरक्षक मुक्ति गोविन्द वैद्य, महालक्ष्मी विकास बैङ्क लिमिटेडका क्षेत्रीय प्रबन्धक शम्भु पराजुलीलगायतले संयुक्त रूपमा पुरस्कार तथा सम्मान वितरण गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा क्रियाशील मकवानपुरका पत्रकार माधव न्यौपानेलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार, २०८० प्रदान गरिएको छ । उहाँलाई नगद १० हजारसहित सम्मा...
कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण

कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण

नेपाल । कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्राडा अरुण गुप्ताले लेखक लामाको निबन्धले समग्र नेपाली परिवेश बोलेको बताउनुभयो । उहाँका अनुसार आफूले बोल्नभन्दा पनि लामाको लेखन कलाका विविध आयाममा लामो लेख वा पढाउँदा बयान गर्न सकिने विचार व्यक्त गर्न सकिने अवस्थामा रहेको छ । प्राडा विन्दु शर्माले भन्नुभयो, “लेखक लामाको निबन्धमा पहिचानको स्पर्श छ, लेखकले कथात्मक शैलीको प्रयोग गरेर जोखिम पनि उठाएका छन्, जुन हाल निबन्ध लेखनमा लेखिने शैली बनिरहेका छन् ।” उहाँले विगतमा निबन्धमा बढी दार्शनिक विषय लेखिन्थे भने हाल इतिहास तथ्याङ्कसमेत प्रयोग गरेर पाठकलाई विश्वास दिलाउने अभ्यास प्रचलित रहेकोमा लेखकले पनि त्यो धारलाई समाउने कोसिस गर्नुभएको बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले लेखक ...
साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

नेपाल (हेटौंडा) । कवि यश लामाको पहिलो कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा आयोजित विमोचन कार्यक्रममा पुस्तक चर्चासहित कृति सार्वजनिक गरिएको हो । साहित्यकार निमेष निखिल, डा. रामजी राम, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उहाँकी छोरीमार्फत् कवितासङ्ग्रह सार्वजनिक भएको हो । उच्च शिक्षा अध्ययनदेखि नै लामो समय मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आउनु भएका लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीबासी हुनुहुन्छ । उहाँले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा ६ खण्डमा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत् प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताउनु भएको छ । लामाका कवितालाई कवि स्वयंले पसिनाको अनुहार खण्डको ‘देश यसरी चलेको’ वाचन गर्नुभयो । यस्तै ...
गजल

गजल

–मिथिला अधिकारी– सबै कुरा समयले खटाउँछ म के भनौं, आँखामा शत्रु पनि अटाउँछ म के भनौं । संगत गर्नु सोचेर मात्रै जमाना खराव छ, अमिलो परेपछी दूध फटाउँछ म के भनौं । गर्न त हर प्रयास गर मलाई सिध्याउने, ईर्ष्याले तिम्रै आयु घटाउँछ म के भनौं । सकेसम्म आफ्नै मनसँग रमाउनु सँगी, अरूले त अनेक पाठ रटाउँछ म के भनौं । तिमीले, मैले सोचे जस्तो छैन यो दुनियाँ, मदिरा राख्न मन्दिर हटाउँछ म के भनौं । –हेटौंडा, मकवानपुर ।...
लघुकथाः ताली

लघुकथाः ताली

–रमेशचन्द्र घिमिरे– ‘विजयी प्रतियोगीको हौसलाका लागि ताली बजाउन कन्जुस्याइँ नगरौँ ।’ उद्घोषकले यसो भन्दै गर्दा ताली परर्र बजिरह्यो । पुरस्कार पाउने विद्यार्थीहरू एकपछि अर्को आउँदै गरे । पुरस्कार थन्क्याउँदैको व्यस्तताले उनीहरूले अरू पुरस्कृतको हौसलाका लागि ताली बजाउन भ्याएनन् । ‘खै, ताली ?’ उद‍्घोषक शिक्षक फेरि चिच्याए । ताली पिट्नेले पिटिरहे । अर्काका लागि ताली पिट्दा पिट्दा एकथरि थाके । पुरस्कार पाउने विद्यार्थीहरूले निधार रातै बनाए, पुरस्कारको बोकिनसक्नुको भारी बोक्दै फर्किए । ताली पिट्नेहरू एउटा चकलेट पनि खान नपाई निन्याउरो मुख लगाएर घर फर्के । सरहरूले भनेबमोजिम ताली नपिटेबापत गाली खाने उनै थिए, रित्तो हात घर आएकोमा पनि गाली उनैले खाए । –भोर्लेटार, लमजुङ ।...
कविताः अब अर्को एउटा क्रान्ति गर्नुपर्छ

कविताः अब अर्को एउटा क्रान्ति गर्नुपर्छ

-आर.आर. चौलागाईं- न यिनीहरूले देश बनाए न यिनीहरूले शान्ति कायम गराए न यिनीहरूले छिमेकीहरूसँग सम्बन्ध सुधारे न यिनीहरू आफैँ सुध्रिए न यिनीहरू आफैँ सच्चिए लुट्नु खानु घुम्नु र मोजमस्ती गर्नुबाहेक यिनीहरूले अरू केही पनि गरेनन् खालि नाचेर मात्रै बसे जनताका पीडामा हाँसेर मात्रै बसे खालि झगडामात्रै गरेर बसे बाहिरबाट आएको अनुदान देशभित्रबाट उठेको कर अनि विदेशबाट लाखौँ नेपालीहरूले रगत पसिना बगाएर पठाएको पैसाले तलब खाए गाडी चढे ठूल्ठूला महल बनाए देश विदेश घुमे सात पुस्तालाई पुग्ने कमाए तर कामको नाममा एउटा सिन्को पनि भाँचेनन् अब त अति भयो त्यसैले आउनोस् लाखौँ जनता सडकमा ओर्लेर अब नेताहरूलाई खोजीखोजी पिट्नुपर्छ अब नेताहरूलाई छानीछानी पिट्नुपर्छ अब नेताहरूलाई लखेटीलखेटी पिट्नुपर्छ अब अर्को एउटा क्रान्ति गर्नुपर्छ । –हेटौँडा, मकवानपुर ।...
पत्रकार कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ सार्वजनिक

पत्रकार कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ सार्वजनिक

नेपाल (हेटौंडा) । मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ असोज ३ गते बिहीबार हेटौडामा सार्वजनिक भएको छ । प्रगतिवादी अध्येता एवं साहित्यकार डिआर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश निवर्तमान खानेपानी ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा राजनैतिक, साहित्यिक, पत्रकारिता र शिक्षण क्षेत्रका व्यक्तित्वहरू भीमसेन महत, सीता बिष्ट, प्रमिला पुलामी श्रद्धा, राधा तिमल्सिना, सुर्यचन्द्र न्यौपान , नवीन सिग्देल, फुर्वा दोर्जे लामा, कृष्णप्रसाद घिमिरे, पुरणबहादुर जोशी, ध्रुव अधिकारी, निमेश निखिल, ह्यग्रीव...
डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान

डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान

नेपाल । ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का निम्ति कथा आह्वान गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । “नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख छ, “नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।” १२खरी कथा प्रतियोगिता २०८१ कथा आह्वान प्रेस विज्ञप्ति कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । ...
हेटौंडामा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रम सम्पन्न

हेटौंडामा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । हेटौँडामा एक कार्यक्रमबीच सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले चर्चित हास्यव्यङ्ग्य कविताहरू वाचन गर्नुभएको छ । सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनका क्रममा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रममा गाम्नागेले आफ्ना १३ कविताहरू प्रस्तुत गर्नुभयो । सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्नुभएको वाचन सत्रमा गाम्नागेले ‘१९ रसका कविता’, ‘सहिदका सपना’, ‘हेलो लक्ष्मण गाम्नागे– सञ्चै ?’, ‘बाहिर निस्कनु हानिकारक छ’ लगायतका व्यङ्ग्य कविताहरू सुनाउनुभयो । त्यसो त ‘आमाको चिठी’ र ‘बा’ कविताबाट समाजमा व्यस्त दैनिकी तथा भविष्य बनाउने नाममा सहर पसेर बेपत्ता भएका सन्तानबाट बुढाबुढीप्रतिको बदलिँदो व्यवहारलाई कटाक्ष गर्दा कार्यक्रमस्थल नै गडगड तालीले गुञ्जायमान भएको थियो । ‘सरकारलाई सघाउनोस्’ भन्दै कविता सुनाउँदा होस् वा ‘खाउँ साथी हो खाउँ’ देखि ‘लेख...
गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार गुठीले पुरस्कृत गर्ने

गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार गुठीले पुरस्कृत गर्ने

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम मंगलबार घोषणा गरिएको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरी घोषणा गरिएको हो । सार्वजनिक विवरणअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । रु एक लाख एक हजार १११ राशीको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतम र रु ५१ हजार १११ राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने गुठीले जनाएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको एक समिति गठन गरेको थियो । यही असोज १९ गते भैरव स्मृति दिवस...