९ बैशाख २०८२, मंगलवार

भाषा/साहित्य

लघुकथाः महङ्गो सम्मान

लघुकथाः महङ्गो सम्मान

–रमेशचन्द्र घिमिरे– राम्रो नतिजा ल्याएबापत ऊ जिल्लामा पुरस्कृत हुने भयो । आमासँग उसले बाटाखर्च माग्यो । आमाले जाने आउने भाडा दिइन् । भव्य सम्मान गरियो । उचालिनसक्नुको ठुलो फ्रेम थियो । चिल्लो र दरो कागजमा लेखिएको प्रमाणपत्र थियो । सयपत्रीको मालाको साथमा खादाको ओइरो लाग्यो । निधार रातै भयो । कार्यक्रम लामै भयो । कार्यक्रम सकेर सबै लाखापाखा लागे । फर्कँदा गाडी छुट्यो । धन्न चिनेको साथी भेटियो र पाँच सय रुपियाँ सापट माग्न भ्यायो । त्यही पैसा लिएर ऊ होटेलमा बास बस्न पुग्यो । सादा खाना खायो अनि कमन बेडमा सुत्यो । ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि !” –भोर्लेटार, लमजुङ ।...
कविताः हाम्रो देश

कविताः हाम्रो देश

–आर.आर. चौलागाईं– हाम्रो देश फरक फरक छ । मेरो देश अर्कै छ तपाईँहरूको देश अर्कै छ र उनीहरूको देश अर्कै छ । म आफ्नो देशमा अक्षर रोप्छु शब्द उमार्छु र कविता फलाउँछु । तपाईँहरू आफ्नो देशमा राजनीति रोप्नुहुन्छ भ्रष्टाचार उमार्नुहुन्छ र कुशासन फलाउनुहुन्छ । उनीहरू आफ्नो देशमा आशा रोप्छन आँसु उमार्छन् र अभाव फलाउँछन् । म कवि तपाईँहरू नेता र उनीहरू जनता । हेटौंडा, मकवानपुर ।...
बालकविताः दसैँको पिङ

बालकविताः दसैँको पिङ

–रमेशचन्द्र घिमिरे– पोहोर सालका घुर्रा पिर्का अहिले कता छन् ? पिङ खेलौँला भनेको त खेल्न पाइनँ झन् केके चाहिन्छ पिङ हाल्न ल्याउनू सोधेर खाल्टो खन्न आउनु ठूल्दाइ खन्ती खोजेर पिर्का अट्ने नापो लिई ठाउँ छाडेर एक–एकवटा दुईतिर खाँबो गाडेर खाल्टो पुर्न बाबाले माटो खाँद्नु भो पिङ हालेको खुसीमा मिठाई बाँड्नु भो डाँडी राख्न खाँबामा चोके पारेर डाँडीभित्र घुसारी घुर्रा झारेर त्यै घुर्रामा भाइले पिर्का अड्यायो पोहोर सालको ठेडी खै कता हरायो ? चिलौनेको दाउरा ताछी ठेडी हालौँला खुट्टा फाल्दै मच्चिँदै खेल्न थालौँला बैनी तिमी खेल है पहिल्यै आएर पालो गरी खेल्छौँ हामी लाइन लाएर दसैँ बोलाई आँगनीमा पिङ हालियो साथीभाइ बटुलेर खेल्न थालियो । –भोर्लेटार, लमजुङ ।...
कविताः जिन्दगी-जित्नु र बाँच्नु

कविताः जिन्दगी-जित्नु र बाँच्नु

–आर. आर. चौलागाईं– सत्य कठिन बाटोमा हिँड्यो असत्य सुगम बाटोमा हिँड्यो । सत्य मरुभूमि भएर हिँड्यो चट्टान भएर हिँड्यो आगो भएर हिँड्यो बाढी भएर हिँड्यो घनघोर रातमा हिँड्यो काँडा भएर हिँड्यो सत्य फगत एक्लै हिँड्यो टुहुरो भएर हिँड्यो मैले सत्यलाई त्यो बाटो नहिँड गाह्रो हुन्छ भनेँ उसले मलाई त्यो बाटो नहिँडे जित्न सक्तिनँ भन्यो । असत्य कार्पेट भएर हिँड्यो हवाइजहाज भएर हिँड्यो सुरा धोकेर हिँड्यो सुन्दरी च्यापेर हिँड्यो नोटको खातमा हिँड्यो हिरा, मोती भएर हिँड्यो असत्य लावालस्कर बोकेर हिँड्यो फूल, माला र अबिर भएर हिँड्यो मैले असत्यलाई त्यो बाटो नहिँड बरबाद हुन्छौ भनेँ उसले मलाई त्यो बाटो नहिँडे बाँच्न सक्तिनँ भन्यो । सत्य जिन्दगी जित्न हिँड्यो असत्य जिन्दगी बाँच्न हिँड्यो जिन्दगी जित्नु र जिन्दगी बाँच्नुमा के फरक होला ? –हेटौँडा, मकवानपुर ।...
‘धेरै दिन भो तिम्रो झझल्को’ का गीतकार विश्व बल्लभको निधन

‘धेरै दिन भो तिम्रो झझल्को’ का गीतकार विश्व बल्लभको निधन

नेपाल । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो । लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् । विश्व बल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ नारायण गोपालले गाएको ‘पर्खी बसे आउला भनी, मेरो उठ्ने पालो’ जस्ता चर्चित गीत लेखेका थिए ।...
दक्षिण कोरियाली लेखक हान काङले जिते साहित्यतर्फको नोबेल पुरस्कार

दक्षिण कोरियाली लेखक हान काङले जिते साहित्यतर्फको नोबेल पुरस्कार

अमेरिका । मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ । स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।” लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उहाँको पहिलो उपन्यास हो । तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ । “धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो”, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारहरू...
झरनाको चाडवाड बिशेष  रचना वाचन कार्यक्रम सम्पन्न 

झरनाको चाडवाड बिशेष  रचना वाचन कार्यक्रम सम्पन्न 

-मसान उपासक (नेपाल, हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरको ३०८ औँ साहित्य शृङ्खलाका अवसरमा बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्बतको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवं रचना वाचन कार्यक्रम बुधबार महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झरनाका संरक्षक तथा पूर्व अध्यक्ष उद्धप्रसाद सापकोटाको विशिष्ट अतिथ्यता रहेको थियो । महेन्द्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं झरनाका संरक्षक परशुराम गौतम, सोही विद्यालयका प्रधानाध्यापक देवकी सिग्देल, सहायक प्रधानाध्यापक छविकुमार राई, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक हरिनारायण यादव, शिवप्रसाद बोलखे, श्रीबहादुर राई, राधेश्याम राई, हरिप्रसाद दाहाल, प्रकाश थापा मगर, हरिप्रसाद घिमिरे, राजकुमार तिमल्सिना, कृष्ण घतानीलगायतको आतिथ्यता रहेको थियो । क...
‘प्रवासका फूलहरू’ बेल्जियममा सार्वजनिक

‘प्रवासका फूलहरू’ बेल्जियममा सार्वजनिक

बेल्जियम । बेल्जियममा आइतबार नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तक विमोचन गरे । लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखेकोको बताए । उनले पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीको बाल्यकाल, परिवारिक अवस्था र विदेशमा गरेको संघर्षको कथा समावेश गरेको बताए । डेढ वर्षको अन्तरालमा पुस्तक तयार भएको उनले सुनाए ।...
लक्ष्मण गाम्नागे र चूडामणि गौतमलाई भैरव पुरस्कार प्रदान

लक्ष्मण गाम्नागे र चूडामणि गौतमलाई भैरव पुरस्कार प्रदान

नेपाल । भैरव पुरस्कार गुठीले तीन स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । कार्यक्रममा २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । कोषकार चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही एक लाख ११ हजार १११ रुपियाँ रहेको छ । त्यस्तै लक्ष्मी गिरीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि ५१ हजार १११ रुपियाँ रहेको छ । गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको पुरस्कार चयन समिति गठन गरेको थियो ।...
रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ सार्वजनिक

रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ सार्वजनिक

नेपाल । कवि तथा गीतकार रमेश क्षितिजको पहिलो आख्यान कृति ‘एउटा मायी नगरमा’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । सो पुस्तक लेखक क्षितिजका पिता रविन्द्रराज न्यौपानेले सार्वजनिक गर्नुभएको हो । आख्यानकार कुमार नगरकोटीले उम्दा कविका रूपमा परिचित क्षितिजले आख्यानमा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गरेको चर्चा गर्नुभयो । उहाँले शैली, शिल्प र कथा बुन्ने ढङ्गका हिसाबले समेत आख्यान कृति फरक रूपमा पाएको बताउनुभयो । सरकारी सेवाका क्रममा भेटिएका पात्र, प्रवृत्ति, घटनालाई आख्यानको मूल विषयवस्तु बनाइएका छन् । आख्यान शैली, शिल्प र संरचनाका हिसाबले समेत पृथक् स्वाद पाठकले पाउन सक्ने लेखक क्षितिजको धारणा छ । कवि क्षितिजका अर्को साँझ पर्खेर साँझमा (२०५७), आफैँ आफ्नो साथी भएँ (गीतिकविता २०६३), क्षितिज (गीतिएल्बम २०६८), घर फर्किएको मानिस (२०६९), पर्वत पर्वतमा बटुवा घाम (२०७९) प्रकाशित छन् । सो कृतिलाई ब...