–तुलसी घिमिरे–
जाँगर गरेमा सुन फल्छ रानी ।
नत्र जवानी त्यसै ढल्छ रानी।
प्यारो छ आँखा कटि छिनेको
हेरुँ म कसोरी मुटु चल्छ रानी ।
जब्बर बनायौ मुटुलाइ किन
पग्लेर माया त्यही गल्छ रानी ।
जति कठोर छ त्यो उसै गलेर
सल्केर आउँछ मन बल्छ रानी ।
यो बैँस यस्तो हो बसमा हुँदैन
तिम्रो घमण्ड सबै जल्छ रानी ।
–हेटौंडा, मकवानपुर ।...
नेपाल (रौटहट) । रौतहट जिल्लाको चन्द्रनिगाहपुर निवासी नेपालका ख्यातिप्राप्त मुक्तककार हरिकृष्ण काफ्लेको नाममा हरिकृष्ण काफ्ले सम्मान पुरस्कार स्थापना गरिएको छ । मुक्तक मञ्च मकवानपुर, हेटौँडाले हरेक वर्ष एकजना मुक्तककारलाई दस हजार नगद राशिसहितको सम्मान गर्ने गरी पुरस्कार स्थापना गरिएको हो ।
उक्त पुरस्कारको व्यवस्थापन हेटौँडाका हास्यव्यङ्ग्यकार आरसी रिजालले गर्नु हुने मुक्तक मञ्च मकवानपुरले जनाएको छ । रिजालले घोषणा गर्नुभएको “हरिकृष्ण काफ्ले सम्मान“ मुक्तककार हरिकृष्ण काफ्लेको नामबाट प्रदान गरिने पहिलो पुरस्कार हुनेछ । योसँगै मुक्तक मञ्च मकवानपुरले प्रदान गर्ने चौथो पुरस्कारको रूपमा यो सम्मान स्थापना भएको छ ।
मकवानपुरको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका रिजालले साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरलाई हेटौँडा उपमहानगरपालिका ४ स्थित भैरवरोडमा चार धुर जग्गा प्रदान ...
नेपाल (हेटौंडा) । कला, संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले सिस्नुपानी नेपाल मकवानपुरले देउसीभैलो विशेष हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ । कार्यक्रममा सामाजिक विकृति, विसङ्गति, वर्तमान समाजको बेतिथिलाई देउसीभैलोमार्फत व्यङ्ग्य गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले यस्ता कार्यक्रमले समाजलाई सचेत बनाउँदै सकारात्मक ऊर्जा थप्न मद्दत मिल्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार, कलाकारले प्यारोडी गायन, क्यारिकेचर, प्रहसन पुराणलगायतका प्रस्तुति राखेका थिए । कलाकार सागर तिमल्सिना र अजर फुयाँलको प्रस्तुतिमा दर्शक नाचेका थिए भने स्थानीय कलाकार सुमार्गी हुमागाईं, गहन खतिवडा, प्रलय चौलागाईं, कविराज हुमागाईं, स्वस्तिका दाहाल, प्रभास घिमिरेलगायतले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।
सिस्नुपानी नेपालले विगतका वर्षदेखि तिहारको अवसरमा शुभकामना आदा...
-आर. आर. चौलागाईं-
हिजो प्रतिपक्षमा हुँदा
जुन मान्छेलाई सज्जन भन्नुहुन्थ्यो
आज सत्तामा गएपछि
त्यही मान्छेलाई ठग भन्नुहुन्छ
म अदनालाई यो कुरा बुझ्न साह्रै गाह्रो परो
बा ! तपाईँ किन कुरा फेर्नुहुन्छ ?
हिजो प्रतिपक्षमा हुँदा
मनमा लागेको कुरा बोल्न पाउनुपर्छ
दमन गर्न पाइँदैन भन्नुहुन्थ्यो
आज सत्तामा हुनुहुन्छ
कसैले मनमा लागेको कुरा बोल्यो भने
लाठी बर्साउनुहुन्छ
पानीको फोहराले हान्नुहुन्छ
र खोरमा जाक्नुहुन्छ
आँखा चिम्लेर दमन गर्नुहुन्छ
म मुर्खलाई यो कुरा बुझ्न साह्रै गाह्रो परो
बा ! तपाईँ किन कुरा फेर्नुहुन्छ ?
बा ! मलाई एउटा कुरा भनिदिनोस् न !
प्रतिपक्षमा हुँदा आँखा देख्ने मान्छे
सत्तामा गएपछि आँखा टालिन्छ हो ?
प्रतिपक्षमा हुँदा कान सुन्ने मान्छे
सत्तामा गएपछि कान थुनिन्छ हो ?
प्रतिपक्षमा हुँदा नायक हुने मान्छे
सत्तामा गएपछि खलनायक हुन्छ हो ?
म लाटा...
–धनराज गिरी–
मुरी हुने इच्छा भए मानु हुन सिक
ठूलो मान्छे हुने भए सानु हुन सिक ।
महाग्रन्थ हुन्छ जीवन लेख्दै लेख्दै गए
सर्त यही पैले यौटा पानु हुन सिक ।
वर पीपल हुनसक्छौं जीवन चौतारीमा
इमानको योग्यताको दानु हुन सिक ।
गर हित गरिबको पुज मानवता
देवकोटा सम अनि भानु हुन सिक ।
भीडमोह भएदेखि सुन सानो मन्त्र
खारिएर सुकर्मले रानु हुन सिक ।
असल बन सरल बन अझ सीधासाधा
शेला होइन पिंडालुको गानु हुन सिक ।
गान्धी बुद्ध तिमी नै हौ तिमी फरिस्ता हौ
प्रेम सिक अति प्यारो नानु हुन सिक ।
–चितवन, नेपाल ।
...
नेपाल (हेटौंडा) । साहित्यकार माधवबहादुर पोख्रेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ प्रदान गरिने भएको छ ।
साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौँडाले प्रत्येक वर्ष सो सम्मान प्रदान गर्दै आएको छ । सो सम्मानको राशि १० हजार रुपैयाँ रहेको छ ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत साहित्यकार पोख्रेललाई सम्मान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
साहित्य सङ्गम मकवानपुरले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा मकवानपुर जिल्लास्तरीय कविता प्रतियोगिताका लागि कविता आह्वानसमेत गरेको छ । कविता बढीमा १५० शब्दसम्मको हुनुपर्ने र जुनसुकै विषय वा शीर्षकमा कविता रचना गरी पठाउन सकिने जनाइएको छ ।...
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अनेसास कोलोराडो शाखाको नयां कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १२ तारिकमा सम्पन्न हुने भएको छ ।
डा. भीमप्रकाश कट्टेल संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तिन सदस्यीय निर्वाचन समितिले सामाजिक संजाल मार्फत निर्वाचन कार्यक्रम घोषणा गरेको हो ।
अनेसास कोलोराडो शाखाको २०२४ २०२६ कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ४ सदस्यका लागि निर्वाचन हुन लागेको समितिले जनाएको छ ।
अनेसास कोलोराडो शाखाको बिधानको परिच्छेद २ को दफाहरु ६ र ७ मा उल्लेख गरिए बमोजिमको निर्वाचन कार्यविधि अनुरुप निर्वाचन प्रक्रिया हुने समितिले जनाएको छ । जस अनुसार ईच्छुक आजीवन सदस्यहरुले तोकिएको ढाँचामा उम्मेदवारीकोलागि आवेदन दर्ता गर्नु पर्नेछ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको कार्यकारिणी समितिको निर्वाचनमा मत खसाल्न यो...
नेपाल । शिवसावित्री प्रतिष्ठान नेपालको २०८१ असोज २६ गते दसैँको टीकाकै दिन बसेको सचिवालयस्तरीय बैठकले शिवसावित्री अधिकारी स्मृति सम्मान-२०८१ ललितकलाकर्मी राजन काफ्ले तथा शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान-२०८१ नियात्राकार रञ्जु दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
विद्यालय तहदेखि नै ललितकला कर्ममा लागेका काठमाडौँका राजन काफ्लेलाई यस क्षेत्रमा चार दशक लामो साधना गरेवापत तथा ओखलढुङ्गाकी रञ्जु दाहाललाई नियात्रा विधामा समर्पित स्रष्टा हुनाले सम्मान गर्न लागिएको हो ।
राजन काफ्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट ठहरिएका ललितकलाकर्मी हुन् भने रञ्जु दाहाल ‘प्रियसँगको यात्रा’९२०७५० तथा ‘डोहोडोहो डोल्पो’(२०८०) नियात्रा कृतिहरूकी स्रष्टा हुन् ।
यी दुबै सम्मान शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट—सर्लाहीको आयोजनामा चन्द्रपुर, रौतहट...
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिमा सात जना सल्लाहकार चयन भएका छन् ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा बसेको विशेष वैठकले सल्लाहकारहरू मनोनयन गरेको हो ।
अनेसासका महासचिव राजु सिटौलाका अनुसार सल्लाहकारहरू चयन भएकाहरुमा डा. दुबसु क्षेत्री (राजदूत, जापान), साहित्यकारहरु जीवा लामिछाने ( जर्मन), सुमलकुमार गुरुङ (बेलायत), लीला लुइटेल (नेपाल), हिक्मत थापा (अफ्रिका),नीलम कार्की निहारिका (अमेरिका) र निवर्तमान अध्यक्ष गोवर्धन पूजा रहेका छन् ।
...