९ बैशाख २०८२, मंगलवार

भाषा/साहित्य

प्राध्यापक कृष्ण गौतमलाई कविडाँडा आख्यान पुरस्कार प्रदान

प्राध्यापक कृष्ण गौतमलाई कविडाँडा आख्यान पुरस्कार प्रदान

नेपाल । कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमको अद्धैत उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा समाजका अध्यक्ष एल वि क्षेत्रीले पुरस्कृत श्रष्टालाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको हो । पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ । प्रा. गौतमको उपन्यास अद्धेतलाई यस अघि पद्मश्री पुरस्कारबाट सम्मान गरिएको छ ।...
के.के. कर्माचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण

के.के. कर्माचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण

नेपाल । अग्रज कलाकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’ को पहिलो भाग लोकार्पण भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नेपाल बालसाहित्य समाजले आयोजना गरेको कार्यक्रममा सो पुस्तकको अग्रज कलाकार हरिप्रसाद शर्माले विमोचन गर्नुभएको हो । अग्रज कलाकार शर्माले कर्माचार्यका बारेमा सचित्र पुस्तक प्रकाशन हुनु सराहनीय कार्य भएको बताउनुभयो । उहाँले नेपाली ललितकलाका क्षेत्रमा कर्माचार्य सुपरिचित व्यक्तित्व भएकाले पुस्तकमार्फत कला र कलाकारको व्यक्तित्वलाई चिनाउन लेखकको समेत भूमिका अहम् रहेको धारणा राख्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला जगत्मा कर्माचार्यको विशिष्ट योगदान रहेको बताउनुभयो । उहाँले पुस्तकमार्फत अग्रज कलाकारको कलायात्रा र कलाकर्मलाई बुझ्न नि...
कविताः हाम्रो सरकार र हामी

कविताः हाम्रो सरकार र हामी

–आर.आर. चौलागाईं– हाम्रो सरकार बन्चरोले कागज काट्छ र कैँची बोकेर रुख काट्न जान्छ । हाम्रो सरकार खेतमा प्लटिङको अनुमति दिन्छ र बाहिरबाट चामल आयात गर्छ । हाम्रो सरकार युवाहरूलाई विदेश पठाउँछ र रेमिटेन्स खाएर आफ्नो खर्च धान्छ । हाम्रो सरकार सित्तैँमा आएको पानी बेच्छ र घाटा लाग्यो भनेर कोकोहोलो मच्चाउँछ । हाम्रो सरकार खोलो नभएको ठाउँमा पुल हाल्छ र विकासको नारा घन्काउँछ । हाम्रो सरकार डाँडामा भ्यु टावर ठड्याउँछ र दूरबीन लगाएर देशको दुर्दशा हेर्छ । हाम्रो सरकार मानव तस्करी गर्छ र कानूनबाट मन्त्रीलाई बचाउँछ । हाम्रो सरकार देशका हीराहरूलाई रछ्यानमा फाल्छ र बाहिरका कीराहरूलाई दोसल्ला ओढाउँछ । हामी जनता पनि धारे हात लगाएर सरकारलाई गाली गर्छौँ र उसैलाई भोट हाल्छौँ । –हेटौंडा, मकवानपुर ।...
सूत्रकथाः प्रलय

सूत्रकथाः प्रलय

–श्यामकृष्ण ज्ञवाली– - सरकार ! बाढी र पहिरोले घर भत्कियो । बासको ब्यवस्था गर्नु पर्यो । - क्यार्नु ? भुमी ब्यवस्था तथा गरिबी निवारण कार्यलय पनि भत्किएको छ । - तीन दिन अघि कठ्याङ्ग्रीएर आमा मरिन ,सुत्केरी बुढी र बच्चाको बिजोग भयो ।लौन ओतको ब्यवस्था होस। - चुनाव ताका जस्तो मगन्ते पारा नदेखाउनुस ।मर्यादित हुनुस।आमा स्वर्गे भएको भर्खरै तीन दिन भएछ। मिर्त्यु संस्कार नसकी घर बाहिर निस्किएर परम्पराको अपमान गर्नु धार्मिक पाप हो। सामाजिक मर्यादामा बस्नुस। - सरकार ! बिपत्तिमा केही त गर्नुस। - मन्त्रीपरिषदले निशुल्क मिर्त्यु दर्ताको लागि बजेट ब्यवस्थापन गर्दै छ। - कता कता स्वास्थ बिमा भन्या सुन्थे ,भोकले सुत्केरी र छोराछोरी मर्न थाले । २/४ किलो अन्न त दिनुस । -WHO ले भोकलाई रोग मान्दैन ।नेपाल who को स्थायी सदस्य हो। सामन्य ज्ञानको ख्याल गर्नुस । - कालिबाबाल...
बालकविताः दाइँ हाल्ने मेसिन

बालकविताः दाइँ हाल्ने मेसिन

–रमेशचन्द्र घिमिरे– माल्दाम्लो नि चाहिएन गोरु खोज्न परेन गोबर माटो भिजाई खलो पोत्न परेन केलाई टन्टो बेसाउनु हाइसन्चो भाको छ दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ । खलो तास्न लाइएन मिय‍ो ल्याउन परेन दयेँरालाई खट्टे भट्ट खाजा ख्वाउन परेन जति खानु मेसिनले आफू एक्लै खाको छ दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ । सफा पारी सर्लक्क धान उँधो बुरुरु ढुटी माटी पारेर पराल उँभो फुरुरु सानो भाइलाई यो देखी अचम्म पो लाको छ दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ । आज दाइँ हो भनेर राति उठ्न नपर्ने थेचारेर ढुङ्गामा धान चुट्न नपर्ने बत्ताउने नाङ्लाको पालो अब गाको छ दाइँ हाल्न भनेर खेतमै मिसिन आको छ । –भोर्लेटार, लमजुङ ।...
साहित्यकार विजय चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिंदै

साहित्यकार विजय चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिंदै

नेपाल । साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । चालिसे विभिन्न साहित्यक संस्थामा सक्रिय हुनुहुन्छ । रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उहाँ महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष हुनुहुन्छ । उहाँका दर्जनौँ साहित्यिक कृति प्रकाशित भइसकेका छन् । हालै उहाँको वैदिक दर्शनमा आधारित ‘युगसन्धि’ उपन्यास सार्वजनिक भएको छ । यही कात्तिक ३० गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्ती तथा कवि केदारमान व्यथितको जन्मजयन्तीका अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा उक्त सम्मान अर्पण गरिने सदनले जनाएको हो । गत वर्ष यो सम्मान प्रा. अभि सुवेदीलाई प्रदान गरिएको थियो ।...
अमेरिकामा ११५ औँ जन्मजयन्ती मनाइयो

अमेरिकामा ११५ औँ जन्मजयन्ती मनाइयो

अमेरिका । अमेरिकामा नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइएको छ । नेपाली राष्ट्रिय गान र देवकोटाको तस्बिरमा माल्यार्पणपछि सुरु भएको सो कार्यक्रमका वक्ताहरूले देवकोटाको काव्य र समग्र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । साहित्यकार ईश्वर देवकोटाले महाकविको महाकवित्वका बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रममा महाकवि देवकोटाको प्रकाशित पहिलो कविता पनि वाचन गरिएको थियो । नर्थ क्यारोलिना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको आयोजनामा सम्पन्न कार्यक्रममा सर्जकहरूले आआफ्नो कविता वाचन गरेका थिए ।...
ललितकलाकर्मी राजन काफ्ले र साहित्यकार रञ्जु दाहाल सम्मानित

ललितकलाकर्मी राजन काफ्ले र साहित्यकार रञ्जु दाहाल सम्मानित

नेपाल । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार प्रशिद्ध ललितकलाकर्मी राजन काफ्ले र साहित्यकार रञ्जु दाहाल जनही नगद रु. ११,१११/- सहित सम्मानित भएका छन् । चित्रकला र मूर्तिकलामा सिद्ध हस्त राजन काफ्लेलाई शिवसावित्री अधिकारी कला सम्मान र नियात्राकार रञ्जु दाहाललाई शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मानद्वारा सम्मानित गरिएको हो । शिव सावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज, रौतहट-सर्लाहीको संयुक्त आयोजनामा चन्द्रपुर, रौतहटमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जयन्तीका अवसरमा दुई मूर्धन्य व्यक्तित्वहरु सम्मानित भएका हुन् । चन्द्रमोहन अधिकारीद्वारा आफ्ना मातापिताका नाममा स्थापित शिवसावित्री अधिकारी कलासम्मानद्वारा चार दशक लामो साधना गरेका चन्द्रनिगाहपुरका ललितकर्मी राजन काफ्लेलाई चित्रकला तथा मूर्तिकलामा सिद्धहस्त भइ ललितकला क्षेत्रमा गरिएको योगदानको लागि सम्मान गरिएको हो । यसैगर...
कविताः फूल, जून र नदी

कविताः फूल, जून र नदी

–आर. आर. चौलागाईं– फूल फुल्यो तर हाँसेन जून उदायो तर टल्किएन नदी बग्यो तर सुसाएन । तिमी फूल तिमी जून तिमी नदी । फूलसँग मेरोमात्रै एकोहोरो प्रेम भयो जूनसँग मेरोमात्रै एकोहोरो लगाव भयो नदीसँग मेरोमात्रै एकोहोरो समर्पण भयो । फूलको मन साह्रै कठोर रहेछ जूनको उज्यालो साह्रै मधुरो रहेछ नदीको धार साह्रै बोधो रहेछ । –हेटौंडा, मकवानपुर ।...
बालकविताः तिहारका पाँच दिन

बालकविताः तिहारका पाँच दिन

–रमेशचन्द्र घिमिरे– टौवामाथि दुनाको भात खान पायो पोहोर जस्तै कागलाई पुज्ने दिन आयो मान्छेले झैँ चुटुक्कको फूलको माला लायो अचम्मै भो कुकुरलाई नि पुज्ने दिन आयो उज्यालो भो औँसी अनि मनमा खुसी छायो पैसा चढाई लक्षिमीलाई पुज्ने दिन आयो घाँस खान्थ्यो ढुटो खान्थ्यो मिठो कुँडो खायो गाई अनि गोरुलाई पुज्ने दिन आयो देउसीबाट फर्क्यो भाइ हाँस्यो मुस्कुरायो हामीलाई नि दिदीले पुज्ने दिन आयो । –भोर्लेटार, लमजुङ ।...