९ बैशाख २०८२, मंगलवार

भाषा/साहित्य

कविताः गिज्याउँछन् कविताहरूले

कविताः गिज्याउँछन् कविताहरूले

–राजु सिटौला– आजभोलि मलाई, गिज्याउँछन् मेरा कविताहरूले, खिस्याएर थपडी बजाउँछन् मेरा कथाहरूले, मैले फूलको बारेमा लेखेको थिएँ, जूनको बारेमा अनि परीको बारेमा, सबै सबैमा मात्र तिम्रो बयान थियो, तिमी नै थियौ कविताहरूमा अनि कथाहरूमा, छोडेको थिएँ पानाहरूमा प्राणका केही डोबहरू, अक्षरहरूमा छोडेको थिएँ ढुकढुकीका केही स्पन्दनहरू, इतिहासका पानाहरूमा नखुइलिने गरी, युगौं युगसम्म घामपानी थेग्नेगरी, अपसोच, मप्रतिको प्रेम खुइलिएर गयो है ? एक टुक्रो जुनीको घामपानी पनि थेग्न सकेन है ? हेर न, तिमीले छोडेर गएपछि, गिज्याउँछन् मलाई आजभोलि मेरै कविताहरूले, खिस्याउँछन् मेरै कथाहरूले...। –कोलोराडो, अमेरिका ।...
पत्रकार सुधीर शर्माका दुई कृति माथि विमर्श

पत्रकार सुधीर शर्माका दुई कृति माथि विमर्श

नेपाल (हेटौँडा) । पत्रकार सुधीर शर्माका दुई कृति माथि हेटौँडामा विमर्श गरिएको छ । शर्माले लेख्नुभएको पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह” र ‘हिमालपारिको हुरी’ माथि विमर्श गरिएको हो । राजनीतिज्ञ, साहित्यका, प्राध्यापक, विद्यार्थी, व्यवसायीको उपस्थितिमा शुक्रबार हेटौँडामा आयोजित विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुती राख्नुहुँदै लेखक शर्मासँग अन्तरक्रिया गर्नुभएको थियो । ‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकालदेखि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएको उल्लेख गर्नुहुँदै उपप्राध्यापक घिमिरेले ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले खुलारुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको बताउनु...
रिजाल, न्यौपाने र भट्टराईलाई पुरस्कार दिने घोषणा

रिजाल, न्यौपाने र भट्टराईलाई पुरस्कार दिने घोषणा

नेपाल । प्रेरणापुरुष कवि दैवज्ञका नाममा प्रदान गरिँदै आएको सम्मान तथा पुरस्कार विभिन्न साहित्यकार एवं संस्थालाई प्रदान गर्ने घोषणा भएको छ । वरिष्ठ कवि गीतकार कालीप्रसाद रिजाल ई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, कवि श्रीकृष्ण न्यौपानेलाई दैवज्ञ साहित्य पुरस्कार, कवयित्री एवं बालसाहित्य स्रष्टा प्रभा भट्टराई आचार्यलाई दैवज्ञ बालसाहित्य पुरस्कार र परोपकार अभियान समूह, विराटनगर महानगरपालिका–३ लाई दैवज्ञ समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ । कवि दैवज्ञराज न्यौपानेको ८३ औँ जन्मजयन्ती तथा १३ औँ स्मृति दिवसको अवसर पारेर मङ्सिर ३० गते काठमाडौँमा आयोजना गरिने समारोहमा उक्त सम्मान एवं पुरस्कार प्रदान गरिने छ । सम्मानबापत ५५ हजार ५५५ तथा पुरस्कारबापत जनही ३३ हजार ३३३ रुपियाँ र सम्मानपत्र प्रदान गरिने छ ।...
अनेसास कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी चयन

अनेसास कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी चयन

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको अध्यक्षमा किरण अधिकारी चयन भएका छन् । अधिकारी यसअघि महासचिव थिए । अनेसासको नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्मला अर्याल, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरुमा देव भट्टराई, सिर्जना अर्याल र रञ्जु आचार्य चयन भएका छन् । संस्थाको महासचिव, सचिव र एक सदस्यमा उम्मेदवारी नै परेन । यी पदहरुमा मनोनित गरी ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिने जनाइएको छ । यसअघि राजु सिटौला अध्यक्ष थिए । उनी हाल अनेसास केन्द्रीय समितिको महासचिव छन् । डा. भीमप्रकाश कट्टेलको संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको हो ।...
‘व्यथित साहित्य सम्मान २०८१’ बाट साहित्यकार विजय चालिसे सम्मानित

‘व्यथित साहित्य सम्मान २०८१’ बाट साहित्यकार विजय चालिसे सम्मानित

नेपाल । साहित्य सदन नेपालले संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित ‘व्यथित साहित्य सम्मान २०८१’ बाट वरिष्ठ साहित्यकार विजय चालिसेलाई सम्मानित गरेको छ । प्राडा पद्मप्रसाद देवकोटाले सम्मानित व्यक्ति चालिसेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । लेखक चालिसेले साहित्य लेखन र आमसञ्चारका क्षेत्रमा समर्पित रही लामो समयदेखि योगदान गर्दै आउनुभएकाले उहाँको समर्पणको कदर गर्दै यो सम्मान प्रदान गरिएको साहित्य सदन नेपालले जनाएको छ । सम्मानित व्यक्तित्व चालिसेलाई सम्मानका साथमा २० हजार रुपियाँ प्रदान गरिएको थियो । चालिसेले सम्मानले दायित्व बढेको महसुस भएको बताउनुभयो । लेखक चालिसेको भर्खरै प्रकाशित उपन्यास ‘युगसन्धि’ अहिले चर्चामा रहेको छ । वैदिक पृष्ठभूमिमा आधारित यो उपन्यास परिचय पब्लिकेसनले प्रकाशित गरेको हो । ...
मुक्तकः मनले चाहँदैमा तिमी मेरो हुने भए

मुक्तकः मनले चाहँदैमा तिमी मेरो हुने भए

–मिथिला अधिकारी– मनले चाहँदैमा तिमी मेरो हुने भए । तिम्रो अंगालो मेरो सेरोफेरो हुने भए, छोडी दिन्थेँ दुनियाँको मोहलाई साँच्चै, लक्ष्मण रेखा झैँ प्रेमको घेरो हुने भए । –हेटौंडा, मकवानपुर ।
गीतः दुःख त्यो हो कहिलेकाही आएपछि जान्छ

गीतः दुःख त्यो हो कहिलेकाही आएपछि जान्छ

–तुलसी घिमिरे– फारोगरी जिन्दगी यो बाँच्न पाए हुन्थ्यो जस्तै गाह्रो परेपनी हाँस्न पाए हुन्थ्यो । दुःख त्यो हो कहिलेकाही आएपछि जान्छ जसोगरी भेल पसि फोहोर मैलो लान्छ । यो रातमा झ्याँउकिरीले गाँउछ मिठो गीत बिहानीमा लाली छर्दै खुल्दछ क्षितिज । धरतिमा एउटा प्यारो झलमल जुन छ त्यही पनी अँधेरीमा भक्कानिदै रुन्छ । मनभित्र थियो अस्मेल कति कति इच्छा माटो मात्र जोति रहे फलेन कतै शिक्षा । मेरो भन्नू प्यारो मानिस दुनियाँमा कुन छ ? सधैंभरी यो दुःखले माखी साङ्लो बुन्छ । –हेटौंडा, मकवानपुर ।...
कुलपति राईद्वारा कविता सङ्ग्रह ‘पानीको रङ’ विमोचन

कुलपति राईद्वारा कविता सङ्ग्रह ‘पानीको रङ’ विमोचन

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताउनुभएको छ । साहित्यकार ऋषि बस्ताकोटीद्वारा लिखित कविता सङ्ग्रह ‘पानीको रङ’को विमोचन समारोहमा कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताउनुभयो । साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएको बताउनुभयो । शिख बुक्सले बजारमा ल्याएको ‘पानीको रङ’ का विषयमा हरिहर तिमिल्सेना, राजकुमार बानियाँ र राधिका कल्पितले समीक्षा गर्नुभएको थियो । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा कृष्णराज अधिकारीले कविता सङ्ग्रहको चर्चा गर्दै शुभकामना दिनुभएको थियो ।...
‘झ्याउरे छन्दलय कविता वाचन’ सम्पन्न

‘झ्याउरे छन्दलय कविता वाचन’ सम्पन्न

नेपाल । पेरोल काव्य घर (साहित्य विभाग) र झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा ‘झ्याउरे छन्दलय कविता वाचन’ काभ्रेमा सम्पन्न भएको छ । कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटाले झ्याउरे छन्दलय नेपालको मौलिक कविता भएकाले यसको संवर्धन गर्दै यसलाई देशव्यापी र विश्वव्यापी गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमकी संयोजक रेणुका भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कविहरू मुरहरि रायमाझीको कविता वाचन, लोकेन्द्र ढकाल, जयनारायण नेपालको कृष्णमणि कुइँकेल र डा. छत्रपति दाहालको यन्दुल केसीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।...
कोलोराडोमा अनेसासले भव्यताका साथ मनायो देवकोटा जयन्ती (फोटो फिचरसहित)

कोलोराडोमा अनेसासले भव्यताका साथ मनायो देवकोटा जयन्ती (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती भव्यताका साथ मनाइएको छ । केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्व तथा वरिष्ठ साहित्यकार कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली भाषा पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली तथा अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । देवकोटाको तस्विरमा पुष्पार्पण गरी कार्यक्रमलाई अगाडि बढाइयो । प्रमुख अतिथि प्राडा कृष्णहरि बरालले देवकोटाको बहुआयामिक योगदानबारे प्रकाश पार्दै प्रवासी श्रष्टाले अध्ययन र साधनाद्वारा आफ्ना रचनाको स्तर वृद्धिबारे ध्यान दिनुपर्ने कुरामा जोड दिए । सभापतिको आसनबाट बोल्दै अध्यक्ष वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अर्काइभका माध्यमबाट नेपाली श्रष्टाक...