
बाल लघुकथाः कस्तुरी
–आरसी रिजाल–
नातिनी -- हजुरबा भगवान ठूलो कि तपाईं ?
हजुरबा -- मान्छे पनि कहिँ भगवानभन्दा ठुलो हुन्छ। शृष्टिकर्ता नै ठुला हुन नानी।तिमिले किन आज अनौठो प्रश्न सोधेकी ?
नातिनी -- हाम्रो सरले भन्नुभएको जुनघरमा बुढाबुढीको सम्मान हुन्छ,त्यही घरलाई ईश्वरले आफ्नो मन्दिर ठान्छन् रे! आफ्नो गोजीको ईश्वरलाई छाडेर तिमीहरु अन्यत्र खोजीमा भौँतारिनु हुँदैन भन्नू भएको छ ।
हजुरबा -- एकहदसम्म त्यो भनाइमा पनि सत्यता त होला नानी ,तर हाम्रा पुर्खाले सदियौँदेखी मान्दै आएको संस्कारलाई चटक्कै त्याग्न सकिन्न। म हिँड्न सकुन्जेल मन्दिर गएको तिमीले देखेकै थियौ हैन र ?
नातिनी -- देखेको थिएँ । ए त्यसो भए जुन घरको बुढाबुढी हिँड्डुल गर्न सक्तैनन् त्यो घरका परिवारले बुढाबुढीप्रती कस्तो व्यबहार गरेका छ्न त्यो हेर्न भगवान आउने भएर होला सरले त्यस्तो भन्नू भएको ।
हजुरबुबा -- घरभित्रका बुढाबुढीमात्र हैन । घरभन्दा बाहि...