८ बैशाख २०८२, सोमबार

भाषा/साहित्य

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान

नेपाल । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले प्रलेस प्रतिभा पुरस्कार २०८१ धनकुटाकी साहित्यकार झमक घिमिरेलाई प्रदान गरेको छ । आइतबार प्रलेस केन्द्रीय समितिले नगद २० हजार एक सय रुपियाँको पुरस्कारसहित सम्मान पत्रले साहित्यकार झमकलाई सम्मान गरेको हो । उहाँलाई प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, प्रलेस उपाध्यक्ष नमुना शर्मा लगायतले नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको हो । झमकले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ चर्चित कृति हो । यही कृतिका लागि उहाँलाई २०६७ सालको मदन पुरस्कार प्रदान गरिएको छ ।...
अनेसास ड्यालस शाखाद्वारा साहित्यिक कार्यक्रम आयोजना

अनेसास ड्यालस शाखाद्वारा साहित्यिक कार्यक्रम आयोजना

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्ससको ड्यालस शाखाद्वारा अंग्रेजी नयाँ वर्षको अवसरमा आइतबार साहित्यिक कार्यक्रम आयोजना गरिएको छ । प्रगतिशिल साहित्यकार तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य शशि किरण रेग्मी (रह शर्मा) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विमल पँगेनी, लिला श्रेष्ठ, धनञ्जय ढकाल, सविता सुवेदी, प्रवासी सुमन, ईश्वरी रिजाल, भोजबहादुर बलायर, वेदनिधि दाहाल, टीका शिवाकोटी, कुमार तामाङ्ग, लिलु गुरुङ्ग, विजयराज भट्टराइ, पवन लामिछाने, भीम कार्की लगायतले आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा अनेसास ड्यालस च्याप्टरका संस्थापक अध्यक्ष भीम कार्की लगायतका साहित्यकारहरुको आतिथ्य रहेको कार्यक्रम अनेसास ड्यालस च्याप्टर अध्यक्ष निर्मला राईको सभापतित्व र सचिव सुमन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । ...
असफल गौतम ‘भूपि काव्य पुरस्कार’ बाट पुरस्कृत

असफल गौतम ‘भूपि काव्य पुरस्कार’ बाट पुरस्कृत

नेपाल । साहित्यकार एवं समीक्षक असफल गौतम भूपि काव्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । थकाली सेवा समिति पोखराले ८९ औँ भूपि जयन्तीको अवसरमा गौतमलाई ५० हजारसहित सम्मान गरेको छ । समितिका सल्लाहकार हरिध्वज तुलाचन र अध्यक्ष तेजेन्द्र तुलाचनले पुरस्कार प्रदान गर्दै भूपि शेरचनको व्यक्तित्वबारे चर्चा गर्नुभयो । लोकगायिका हरिदेवी कोइरालाले भूपि काव्य पुरस्कारका माध्यमबाट संस्थाले भूपिको योगदानलाई चिरस्थायी बनाउन योगदान गरेको उल्लेख गर्नुभयो । सो अवसरमा साहित्यकार रवीन्द्र माकाजूको कृति ‘थकाली प्रतिभाहरू’ समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, थकाली सेवा समितिका निवर्तमान अध्यक्ष रुजिन्द्र तुलाचनलगायतले बोल्नुभएको थियो ।...
कविताः मेरो देशको तस्वीर

कविताः मेरो देशको तस्वीर

–तुलसी घिमिरे– म वर उभिएको छु अलिकता पर बगेको खोला होस् खोलाको पल्लोतिर अर्धनग्न पहाड होस् त्यही पहाडको काखमा मेरो एउटा घर होस् घरको धुरी नाघेर उडुन् चराको हुल म आँगनमा उभिएर समात्न खोजुँ माहुरीको रानी त्यो सुन्दर दृश्य कैद गरेर खिचुन् बिदेशीले फोटो म हेरि रहुँ आफू जन्मेको माटो आफू हिडेको बाटो । मलाई कसैले नबिथोल म खोला जस्तै बग्न चाहन्छु चरा जस्तै उड्न चाहन्छु त्यो अर्धनग्न पहाड हरियाली बनाउन चाहन्छु टाढैबाट चराले सोधोस् कविजी तपाईंको घर कता हो ? द्वार कता हो ? नाम के हो ? काम के हो ? म पहाडको टुप्पोमा बसेर भन्न सकुँ मेरो घर त्यहीँ हो जहाँ अग्लो हिमाल छ मेरो घर उ त्यो पर हो जहाँ बुद्धको जन्मथलो छ जहाँ खुकुरी भिरेका वीर नेपाली बस्छन् म चिच्याएर भन्न सकुँ म कवि हुँ कविता लेख्छु । मेरा कविताहरुमा मजदुरका पिडा छ्न किसानका बिद्रोह छ्न आमाको सपना छ्...
कविताः हामी घोडा दुई कौडीका

कविताः हामी घोडा दुई कौडीका

–आरआर चौलागाईं– बस् भने बसिदिन्छौँ उठ् भने उठिदिन्छौँ हिँड भने हिँडिदिन्छौँ दौडीभने दौडीदिन्छौँ मालिक जेजे आदेश दिन्छ हामी त्यहीत्यही गरिदिन्छौँ हामी पशु फोहर छिँडीका हामी घोडा दुई कौडीका । कहिले मालिक मातेर आउँछ हाम्रो ढाडमा बान्ता गर्छ जथाभावी गाली गर्छ त्यस्सै सत्तोसराप गर्छ हामी चल्मलाउनुहुन्न उसलाई केही भन्नुहुन्न हामी पशु फोहर छिँडीका हामी घोडा दुई कौडीका । हाम्रो कुनै औकात छैन हाम्रो कुनै मूल्य छैन हाम्रो कुनै सपना छैन हाम्रो कुनै संसार छैन हाम्रो काम भारी बोक्ने हाम्रो काम मालिक रिझाउने हामी पशु फोहर छिँडीका हामी घोडा दुई कौडीका । हाम्रो मालिक भाषण गर्छ बहुत मिठो कुरा गर्छ दासप्रथाको विरोध गर्छ ठालुहरूको खोइरो खन्छ हाम्रो निम्ति आँसु झार्छ हाम्रै दानापानी खोस्छ हामी पशु फोहर छिँडीका हामी घोडा दुई कौडीका । गफमात्रै हाँक्नेसँग हाम्रो मालिक सा...
कविताः भैँसी पूजा गरिरहेको मानिस

कविताः भैँसी पूजा गरिरहेको मानिस

–सुदीपभद्र खनाल– अनकन्टार घनघोर जङ्गल असंख्य अनगिन्ति पहाडहरू प्राकृत गुफाहरू हिंस्रक जीव, अभाव, अनाचार, अनीति, अज्ञान, अमानवीयता र यस्तै अनेकन आतङ्क भोगेर यमको कालो छायाँबाट निरन्तर भागिरहेको भयग्रस्त मानव भाग्दा भाग्दै कहिले असंख्य मानव अस्थिपञ्जरहरूको पहाडमा उभिएर कहिले खप्परहरूको खड्खडाहट र कहिले अनेकानेक रक्त नदीहरूको मेलबाट सिर्जित मानवरक्त समुद्रमा डुबुल्की मार्दै भयमय सृष्टिको बीचबाट अत्यन्त आतंकित श्वरमा कालेश्वर यमको प्रकोप खप्न थेग्न नसकेर उसको तेज क्रोध हुंकार कालाग्नि हरपल भोगेर भेट्न नसकेपछि मालिक स्वयंलाई अर्चना गरिरहेछ यम सेवक महिषराजको र गिड्गिडाइरहेछ हरपल रक्षा गर हे महिषराज ! छुटिरहेछ पसिना काँपिरहेछ तन थर्किरहेछ मन र भनिरहेछ कम्पित श्वरमा आइन्दा सदैव सेवकहरूकै सेवा गर्नेछु प्रभो ! लखेट्दैछ यो भयातङ्कले जन्मदेखिनै निकाल यो भयको ओढारब...
बालकविताः गरिबको जाडो

बालकविताः गरिबको जाडो

-रमेशचन्द्र घिमिरे- कमिजमाथि स्विटर र ज्याकेट लाएर मुखियाको छोरा हिँड्छ गीत गाएर जड्यौरीले छोपेको दुब्लो जिउ छ आफूलाई त जैले नि स्यूको सिउ छ हाम्रो शिरले ऊनीको टोपी देख्दैन पातलो यो गन्जीले जाडो छेक्दैन जुत्तामोजा लाए पो गोडा फुट्थेन अनि बल्ल जाडामा रिस उठ्थेन मुखियाका घरमा बाले वर्ष बिताए आफू हारे कामले उनलाई जिताए न त मीठो खाएका राम्रो लाएका उनकै खेत गरेर दुःख पाएका सकिन्जेल गरिबको हड्डी घोटाए हाम्रा बाका दुःखले साहु मोटाए दिनरात घोटिँदा नि कमाइ भएन काम छोडेको भोलिपल्ट क्यै नि रहेन दयालु भै टोपलिए थाङ्ना दिएर उध्रिएका कपडा लाउँला सिएर नयाँ लुगा दिन उनलाई कत्रो सकस मुखियाका दौरा सुर्बाल् बालाई बकस सधैंभरि जड्यौरी थोत्रा लाउँछन्, बा हाम्रा अब सुखका दिन कैले आउँछन् बा ? –भोर्लेटार, लमजुङ ।...
अनेसास गण्डकीको आयोजनामा गजल साँझ र पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

अनेसास गण्डकीको आयोजनामा गजल साँझ र पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

नेपाल । अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एनबी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’को विमोचन र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र केसी देवुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त हुनुहुन्थ्यो । विशेष अतिथि पूर्व प्राज्ञ गायिका हरिदेवी कोइराला, विशिष्ठ अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्‌का बिखर्ची हुनुहुन्थ्यो । कार्यक्रममा पोखरास्थित सम्पूर्ण वाङ्गयीक संस्थाका प्रमुख, कवि, साहित्यकार तथा साहित्य सङ्गीतका साधक तथा अनुरागीको सहभागिता थियो । ...
रमेश विकल स्मृति दिवसमा पुरस्कार प्रदान

रमेश विकल स्मृति दिवसमा पुरस्कार प्रदान

नेपाल । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवीलगायतलाई पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाका सहआयोजनामा शनिबार आरुबारीमा सम्पन्न कार्यक्रममा भाषा, साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कृत गरिएको हो । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा प्रतिनिधि सभा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल तथा संविधान सभाका पूर्वसदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयालको विशिष्ट आतिथ्यमा समारोह सम्पन्न भएको थियो । समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई रमेश विकल वाङ्मय पुरस्कार, मासिक एक सय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्...
राष्ट्रिय कविता प्रतियोगितामा कास्कीका बस्याल प्रथम

राष्ट्रिय कविता प्रतियोगितामा कास्कीका बस्याल प्रथम

नेपाल (हेटौंडा) । राष्ट्रिय युवा कविता उत्सव-२०८१ मा सहभागी भई कास्कीका संयोग बस्यालले ४० हजार रुपैयाँ जितेका छन् । कविता प्रतियोगितामा सहभागी भई उत्कृष्ट २० मा पर्न सफल बस्यालको ‘सावधान’ शीर्षकको कविता प्रथम हुँदै नगद ४० हजार रुपैयाँ जित्न सफल भएको हो ।   यस्तै कास्कीकै सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ शीर्षकको कविता द्वितीय, उदयपुरकी सुमि पोखरेलको ‘समय दर्शक यन्त्रको पर्दा नियाल्दा’ शीर्षकको कविता तृतीय र बझाङका महेश कठायतको ‘देश’ शिर्षकको कविता सान्त्वना भएको छ । द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । शनिबार बागमती प्रदेश सरकार मातहतको प्रदेश युवा परिषद्सँगको सहकार्यमा साहित्य संगम मकवानपुरको व्यवस्थापनमा आयोजित युवा कविता उत्सवका लागि कविता आव्हान गर्दा २ सय २३ कविता प्राप्त भएको थियो । प्राप...