८ बैशाख २०८२, सोमबार

भाषा/साहित्य

पृथ्वीनारायण शाहबारे लेखिएको पुस्तक बजारमा

पृथ्वीनारायण शाहबारे लेखिएको पुस्तक बजारमा

नेपाल । इतिहासकार महेशराज पन्तद्वारा लिखित पृथ्वीनारायण शाहबारेको पुस्तक पृथ्वी जयन्तीका दिनबाट बजारमा आएको पब्लिकेसन नेपालयले जनाएको छ । संशोधनमण्डलको नेतृत्वमा रहँदै आएका पन्तले पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्री परिशीलन गरी शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम पुस्तकमा गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यतिबेला यस विषयमा धेरै चासो रहे पनि तात्कालिक सामग्रीका अनुशीलनको अभाव भएकाले यसलाई पुस्तकाकार दिने निधो गरेको हुँ ।” “पुस्तकले पृथ्वीनारायण शाहबारेका धेरै भ्रम र यथार्थ पर्गेल्छ,” पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भन्नुभयो, “इतिहास अध्येता तथा नयाँ पुस्ताका लागि सजिलो होस् भनेर पृथ्वीनारायण शाहको उपदेशको सम्पूर्ण फोटोसहित पूर्णपाठ पनि पुस्तकमा समाविष्ट छ ।”...
झसापले कर्मप्राप्ती माविमा गर्यो साहित्यिक प्रशिक्षण कार्यक्रम

झसापले कर्मप्राप्ती माविमा गर्यो साहित्यिक प्रशिक्षण कार्यक्रम

नेपाल (हेटौंडा) । शुक्रबार झरना साहित्यिक परिवार मकवानपुरको ३११औं नियमित साहित्य शृङ्खला श्री कर्मप्राप्ती मावि बकैया–५, मा साहित्यिक प्रशिक्षण गरी सफलता पूर्वक सम्पन्न गरियो । कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रअ रूद्र दाहाल हुनुहुन्थ्यो भने अतिथिहरू विनु लामा, गितावर आविका शिक्षक गिता तिमल्सिना, माटोकोरी आविका शिक्षक स्नेहा भोम्जन, उत्तमभावना प्राविका शिक्षक पार्वती दाहाल र जयकाली प्राविका शिक्षक याङ्ग्री भोम्जन रहनुभएको थियो । प्रशिक्षणमा सहजीकरण परिवारका सचिव मसान उपासकले गर्नु भयो भने व्यवस्थापन सदस्यहरू विजय दोङ र अमृता लामिछानेले गर्नुभयो । प्रशिक्षणमा कर्मप्राप्ती मावि, गितावर आवि र माटोकोरी आवि गरी ३ वटा विद्यालयका ६५ जना विद्यार्थीहरूको सहभागिता भयो । कार्यक्रमको अन्त्यमा अभिषेक सापकोटाको अध्यक्षतामा ११ सदस्यीय झरना–कर्मप्राप्ती वाल साहित्य समिति गठन गरी प्रशिक्षण कार्यक...
कविताः वृत्ति

कविताः वृत्ति

–सुदीपभद्र खनाल– शक्तिका मादले डुब्छन् जसरी क्रूर शासक अहंकारी हुँदा डुब्छ विद्वान् र मित्रको यश गृहस्थ मदले डुब्छ परीले डुब्छ तापस मरेको जीव फर्केला हुन्न विश्वास वापस । सदा फेरिन्छ यो धर्ती सदा फेरिन्छ यो पल लोकको मत फेरिन्छ फेरिन्छन् कुसुमी दल ऋतु फेरिन्छ यो सारा सृष्टि फेरिन्छ हर्पल फेरिन्नन् कहिल्यै किन्तु अहंकारी हृदस्थल । विद्वान् विनयले बाँच्छन् छलले बाँच्छ दुर्जन शासक नीतिले बाँच्छन् गुणले बाँच्छ सज्जन गुरू ज्ञानज्ञ भै बाँच्छन् मुर्ख बाँच्छन् गरी कल आआफ्नै वृत्ति वा रीतले चल्छन् जीव–मण्डल । उज्यालो साँझमा डुब्छ अन्धकार बिहानमा राजा रंक सबै पुग्छ अन्त्यमा त्यो चिहानमा ढुङ्गो नि देवता बन्छ मनले पुजिएपछि देव नै त्रासदी बन्छ आस्थानै सिद्दिएपछि । –अमेरिका ।...
कविताः यो पनि एउटा चुट्किला हुन सक्छ

कविताः यो पनि एउटा चुट्किला हुन सक्छ

-आरआर चौलागाईं- कम्युनिस्ट पार्टी गरीबहरूको पार्टी हो यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू शोषित पीडित जनताका साथी हुन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू सादा जीवन र उच्च विचारका हुन्छन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू एक पैसा पनि भ्रष्टाचार गर्दैनन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू कमिलाले जस्तै मेहनत गर्छन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू महिलाहरूलाई नराम्रो नजरले हेर्दैनन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू मादक पदार्थ सेवन गरेर नालीमा मुख गाड्दैनन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू जनतासँग सियो र धागो पनि लिँदैनन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू साहित्य, कला र संस्कृतिलाई असाध्यै माया गर्छन् यो पनि एउटा चुट्किला हुन सक्छ । कम्युनिस्टहरू तल्लो वर...
बालकविताः नेपाली टोपी

बालकविताः नेपाली टोपी

–रमेशचन्द्र घिमिरे– हेर्दैमा राम्रो चिटिक्क पर्ने नेपाली टोपी यो यै टोपी अब लगाउँछु भन्दा जम्मै शिर छोपियो । यो सानो शिरमा अटाउने टोपी बाबाले किन्दिनू आएछ फुच्चे नेपाली भनी सबैले चिन्दिनू चाहन्छु हिँड्न ढल्काई टोपी नेपाली बनेर नहेप्नू मलाई पाखे र गाउँले, पर्वते भनेर । यो टोपी बाको, गुरुको अनि मामा र काकाको सबैको शिरमा सुहाउँछ चट्ट यो टोपी ढाकाको जोगाउनु पर्ने संस्कृति हाम्रो समय आझको छ मलाई’नि टोपी लगाई हिँड्ने रहर लाझको छ । –भोर्लेटार, लमजुङ ।...
कविताः सहर छाड्नु अघि

कविताः सहर छाड्नु अघि

–मसान उपासक– आएथेँ सपनाहरूको गह्रौँ भारी बोकेर फर्कँदै छु बिना सपना यो सहरबाट । जसरी घर छाड्दा बेचैन थियो यो मन फेरि किन उस्तै छटपटी छ मनभरि आँखाभरि अचेल गाउँ मात्रै याद आउँछ । उहीँ घर, आँगन र साथीहरू सम्झेर निद हराउँदै गएको छ फेरि छाड्नु अघि सहर नयाँ उमङ्ग छ तनमा । सम्झेर खोलीको किनारमा खेलेको दिन मुटुबाट निस्कन्छ कान्छीको मात्रै याद गुच्चामा पोखिएको मिहिनेत सम्झेर आइरहन्छ मास्टरको तर्साउने अनुहार चोरेर खाएको छिमेकीको काँक्रोमा फेरि थपिएको गाली सम्झेर किन हाँस्छु एक्लै यता रहँदा पनि वर्षौँपछि तिमी भेटिने रहरमा फुलमाया ! किन यसरी बेचैनी छ मनमा ? अचेल जब मेरो सानो छोराले पनि खेल्दै खेल्दै आँगनको डिलबाट उभिएर सडक किनारामा आफ्नो बाबा आउने बाटोतिरका हरेक आवाजहरूलाई कुरिबस्छ यो सुनेर किन छटपटी बढ्छ मनभरि ? भत्किएर धरहरा भग्नावशेष भए जसरी कान्छीको मन कति पटक ...
गजलः संसार स्वार्थी हुन्छ, मैले भोगेको छु

गजलः संसार स्वार्थी हुन्छ, मैले भोगेको छु

–मिथिला अधिकारी– तिम्रै लागि मैले यो गजल लेखेको छु तिमीले बुझ्नु संसार स्वार्थी हुन्छ, मैले भोगेको छु तिमीले बुझ्नु । सबै भन्दा बलियो हतियार मौनता हो मौन बस्नु पर्छ कति कुरा देखेपनी पर्दाले छेकेको छु तिमीले बुझ्नु । आफ्नै त आफ्नो हुन्नन अरुको भरोसा कसरी हुन्छ घर भित्रै दुश्मन हुन्छन रे, सुनेको छु तिमीले बुझ्नु । हिजो साथी हो भनेर एउटा आँखा दान गरेको हो मैले हेर त आज उसकै आँखामा बिझेको छु तिमीले बुझ्नु । कहिले बादल, कहिले झरी, यसरी नै कटेको छ समय एकदिन घाम लाग्ने बिश्वासमा रमेको छु तिमीले बुझ्नु । –हेटौंडा, मकवानपुर ।...
महिला लेखकले थोरै पाउँछन् सार्वजनिक मञ्च

महिला लेखकले थोरै पाउँछन् सार्वजनिक मञ्च

नेपाल । लेखक कुमारी लामाले महिला लेखकले लेखेका कृति पढेर प्रतिक्रिया दिने र कृतिबारे छलफल गर्ने सार्वजनिक मञ्च कम दिने प्रवृत्ति रहेको बताउनुभएको छ । दक्षिण एसियाका साहित्य र संस्कृति जोड्ने पुलको रूपमा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय दोस्रो दक्षिण एसिया पुस्तक प्रदर्शनीमा बिहीबार आयोजित ‘नेपाली साहित्य लेखनमा महिलाको उपस्थिति’ विषयमा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । हालै बजारमा आएको कृति दज्यू सन्लाप निबन्ध सङ्ग्रहका लेखकसमेत रहनुभएका लेखक लामाले आफूलाई नारीवादी लेखकका रूपमा स्विकार्दै वर्गीय र लैङ्गिक सशक्तीकरणको सवालसँगै हाल पहिचानको मुद्दालाई पनि सँगै उठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजको संरचनागत समस्याका कारण पनि महिलाले बढी समस्या भोग्नु परेको छ, महिलाले भोगेको समस्या महिला लेखकले नै राम्रोसँग लेख्न सक्छन् तर त्यस्ता कृतिलाई महिलाको गनगन मान्ने, पीड...
झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान

झमक घिमिरेलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान

नेपाल । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले प्रलेस प्रतिभा पुरस्कार २०८१ धनकुटाकी साहित्यकार झमक घिमिरेलाई प्रदान गरेको छ । आइतबार प्रलेस केन्द्रीय समितिले नगद २० हजार एक सय रुपियाँको पुरस्कारसहित सम्मान पत्रले साहित्यकार झमकलाई सम्मान गरेको हो । उहाँलाई प्रमुख अतिथि पूर्व सांसद तथा झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, प्रलेस उपाध्यक्ष नमुना शर्मा लगायतले नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभएको हो । झमकले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ चर्चित कृति हो । यही कृतिका लागि उहाँलाई २०६७ सालको मदन पुरस्कार प्रदान गरिएको छ ।...
अनेसास ड्यालस शाखाद्वारा साहित्यिक कार्यक्रम आयोजना

अनेसास ड्यालस शाखाद्वारा साहित्यिक कार्यक्रम आयोजना

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्ससको ड्यालस शाखाद्वारा अंग्रेजी नयाँ वर्षको अवसरमा आइतबार साहित्यिक कार्यक्रम आयोजना गरिएको छ । प्रगतिशिल साहित्यकार तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य शशि किरण रेग्मी (रह शर्मा) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विमल पँगेनी, लिला श्रेष्ठ, धनञ्जय ढकाल, सविता सुवेदी, प्रवासी सुमन, ईश्वरी रिजाल, भोजबहादुर बलायर, वेदनिधि दाहाल, टीका शिवाकोटी, कुमार तामाङ्ग, लिलु गुरुङ्ग, विजयराज भट्टराइ, पवन लामिछाने, भीम कार्की लगायतले आफ्नो रचना बाचन गरेका थिए । कार्यक्रममा अनेसास ड्यालस च्याप्टरका संस्थापक अध्यक्ष भीम कार्की लगायतका साहित्यकारहरुको आतिथ्य रहेको कार्यक्रम अनेसास ड्यालस च्याप्टर अध्यक्ष निर्मला राईको सभापतित्व र सचिव सुमन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । ...