७ बैशाख २०८२, आईतवार

भाषा/साहित्य

अनेसासको संस्कृति समितिमा संयोजक, उपसंयोजक, सदस्य र सल्लाहकारहरु चयन

अनेसासको संस्कृति समितिमा संयोजक, उपसंयोजक, सदस्य र सल्लाहकारहरु चयन

अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संस्कृति समितिको संयोजक, उपसंयोजक, सदस्यहरु र सल्लाहकारहरु चयन गरिएको छ । उक्त समितिको संयोजकमा महेश्वर पन्त र सहसंयोजकमा प्रेमसागर खतिवडा (अमेरिका) र शान्ता बस्नेत (नेपाल) रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा विजयदेव अधिकारी (अमेरिका), नरहरि प्रेमी (नेपाल), मोहनकुमार विष्ट (नेपाल), सूर्य खड्का (जापान), पुष्पा घिमिरे (अमेरिका), एनबी अन्जान (युरोप), शिव बजगाईं (अष्ट्रेलिया), सीताराम थापा (मिडिल इस्ट) र स्नेहश्री थापा (भारत) रहनु भएको छ । यसैगरी सल्लाहकारहरुमा तीर्थ अधिकारी, प्राडा कुसुमाकर न्यौपाने, मदनराज थापा, रविन्द्र खड्का, बुद्धिान गुरुङ र लक्ष्मण शर्मा रहनु भएको अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले जानकारी दिनु भयो । ...
इलामको चुलाचुलीमा ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु

इलामको चुलाचुलीमा ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु

नेपाल । इलामको चुलाचुलीमा सोमबारदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु भएको छ । दुईदिने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिनुभयो । महोत्सवको पहिलो दिन आयोजक चुलाचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेमोरियल माविले ‘ऊ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणि लुगा’ मञ्चन गरेका छन् । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद भएको छ । चुलाचुलीको अमृत बोर्डिङ स्कुलले ‘द ल्यान्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले मङ्गलबार ‘मौनताको कथा’ मञ्चन गर्ने आयोजकले जनाएको छ । सोही दिन कुलुङ भाषा संस...
राष्ट्रिय जीवनका पाँचजना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय

राष्ट्रिय जीवनका पाँचजना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय

नेपाल । नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँचजना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका कृष्णप्रसाद वस्याललाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ । ‘नइ कीर्ति विवेचना’नामक कृतिमार्फत नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि साहित्यकार ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ समर्पण गरिने भएको छ । काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनको संवर्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पुर्‍याउनु हुने झापाका धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक...
रामप्रसाद अधिकारीको दोस्रो नियात्रा कृति ‘उड्दै, गुड्दै, घिस्रँदै’ को विमोचन

रामप्रसाद अधिकारीको दोस्रो नियात्रा कृति ‘उड्दै, गुड्दै, घिस्रँदै’ को विमोचन

नेपाल । बुढ्यौली साहित्य समाज बारा तथा सिमरा साहित्य समाजको संयुक्त आयोजनामा शनिबार एक समारोहबिच रामप्रसाद अधिकारीको दोस्रो नियात्रा कृति ‘उड्दै, गुड्दै, घिस्रँदै’ को विमोचन भएको छ । सो कृतिको विमोचन प्रमुख अतिथि नियात्राकार चन्द्रप्रसाद भट्टराई, सांसद् देवनारायण चौधरी, उपमेयर भोला अधिकारी तथा नियात्राकार रमेशमोहन अधिकारीले संयुक्त रूपमा गरेका थिए । सो कार्यक्रममा युमी आचार्य, रमनिशा बराल, राजश्री बराल, अंशु अधिकारी, प्रज्वल श्रेष्ठ तथा सेविका मगरलगायत विद्यार्थीहरूले बुढ्यौलीसम्बन्धी आआफ्ना कविताहरू वाचन गरेका थिए । अतिथि कविहरूमध्ये राजकुमार लामिछाने, रामप्रसाद आचार्य, जनार्दन खनालले तथा आयोजकहरूमध्ये अप्सरा पुडासैनी, इसहाक हुसैन, मोहनप्रसाद पोखरेल, प्रीतम वास्तोला, रामप्रसाद पोखरेल, रवीन्द्र खकुरेल आदिले कविता वाचन गरेका थिए । विमोचित पुस्तकका बारेमा समीक्षक नारायणदत्त पौडेलले टिप...
अनेसास अमेरिका बोस्टन च्याप्टरमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गजुरेल

अनेसास अमेरिका बोस्टन च्याप्टरमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गजुरेल

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन अमेरिका च्याप्टरमा नयाा नेतृत्व चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अबी गजुरेल, वरिष्ठ उपाध्यक्षमा प्रकाश खड्का, उपाध्यक्षमा नवीन उप्रेती, महासचिवमा प्रतीक रावल, सचिवमा दीपेन्द्र पोखरेल र कोषाध्यक्षमा सुजन खरेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा गुरु अधिकारी, प्रकाश खनाल, भीम पाध्याय, रमेश पराजुली र शेरबहादुर बोहरा चयन भएको अनेसास केन्द्रीय समितिका महासचिव राजु सिटौलाले जानकारी दिए ।...
गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तक विमोचन

गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तक विमोचन

नेपाल । वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीको ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तक काठमाडौँमा विमोचन गरिएको छ । राणा शासनको सुरुवात गर्ने जङ्गबहादुर राणाले गरेको संयुक्त अधिराज्य (बेलायत) यात्राका रोचक कुरा किताबमा समावेश छन् । राणाले काठमाडौँबाट बेलायत यात्रामा निस्केको १७५ औँ वर्षको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो । किताबलाई लेखकका बुवा भक्तबहादुर बुढाथोकी, इतिहासविद् त्रिरत्न मानन्धर, वरिष्ठ पत्रकार कुन्द दीक्षित, लेखक यादव देवकोटा, श्री ३ जङ्ग संस्थाका अध्यक्ष पूर्वरथी सरोजप्रताप राणा र प्रकाशक कुन्ता थापाले संयुक्त रूपमा विमोचन गर्नुभयो । लेखक बुढाथोकीले जङ्गबहादुरको बेलायत यात्रा हुँदा लागेको खर्च खोज्ने क्रममा आफू प्रभावित भएर किताब तयार पारेको बताउनुभयो । किताबबारे धारणा राख्दै इतिहासविद् मानन्धरले निकै मेहनत गरेर किताब तयार पारिएको भन्दै इतिहासका कुरा समय समयमा विमर्श गरिराख्...
कविताः नियति (छन्दः मन्दाक्रान्ता)

कविताः नियति (छन्दः मन्दाक्रान्ता)

–सुदीपभद्र खनाल– नाचौँ हामी अब समयको नाप नाघेर आऊ राखौँ हामी नव प्रणयको माप सम्झेर आऊ लाखौँ नौला पल अब रचौँ फूलझैँ मुस्कुराऊ यो हो माया नगर धरती बाँच हाँसेर आऊ । हाम्रो माया मृदु समयको गीत हो गुन्गुनाऊ साँच्चै छायाँ सरि छ बुझ यो जिन्दगी नाच आऊ पारौँ यौटा नव सृजनको भोर साकार आऊ यो हो माया नगर दुनियाँ बाँच हाँसेर आऊ । हाम्रो यात्रा पुरुष प्रकृति स्पन्द हो आदि सत्य मात्रै चोला युग युग नयाँ दृश्य उत्कर्ष नव्य यो यात्राको अनुपम पला छुट्छ जानेर आऊ प्यारी नाचौँ युगयुग पछी भेटमा साथ आऊ । खुल्लान् लाखौं पछि पनि यहाँ सिर्जनाका मुहार फुल्लान् लाखौँ कुसुम कलिका दिव्य शोभा हजार आफैँ हामी अपितु नरहे हुन्न यो भेट आऊ प्यारी धर्ती नभ घुमिसक्यो साथमा नाच आऊ । यो शोभामा अनुपम नयाँ शुभ्र सौन्दर्य कप्न यो आभामा झलमल अझै दीप्तिमा दीप्ति थप्न नाचे जस्तै फनफन घुमौँ विश्व ब्रम्हाण्ड आऊ...
लघुकथाः काम सकियो !

लघुकथाः काम सकियो !

-धनराज गिरी- "पुतली, तिम्रो काम सकियो । ल,जाऊ । हाम्रो मिसन "होम शान्ति" पूर्ण भयो ।  यो समात !" हातमा एउटा खाम,दामसहितको,राखिदियो प्रोफेसर "विकाश दिव्यकीर्ति आनन्दश्री परमानन्दले !" किन ? कथा रमाइलो छ, राधा अधिकारी, वन्दना,गौरव र तेलभिसाको जस्तै । "हस् गुरु बा, हजुरको पवित्र स्नेह र मार्गनिर्देशनले यो टुहुरी आज इज्जतदार अस्तित्व हुन पाएकी छे, म गुरु बाप्रति ताउम्र आभारी रहनेछु !" पुतली परियार, एम फिल, अङ्ग्रेजी साहित्य, प्रोफेसरकी चेली । सात दिन गुरु बाको वरिपरि बसिन् । किन ? -- आमा ज्वालादेवी शर्मा र पत्नी सुकूनकुमारी सन्तोषी जहिले पनि घरमा हिन्दुस्तान र पाकिस्तान । दन्तबझान ! ललिता पवार र मीना कुमारी ! हैरान भयो प्रोफेसर । जति गरे पनि सम्झाउन सकेन । जसले पनि उही " हाराकिरीको " धम्की दिने ! प्रेम विवाह, अति मिलेको जोडी । यता आमा एकल,कोही छैन । अनि योजना बनायो । "पुतली, यो नाटक है !" ...
गीतकार गीता अधिकारीको ‘मेरा कलमका डोबहरू’ लोकार्पण

गीतकार गीता अधिकारीको ‘मेरा कलमका डोबहरू’ लोकार्पण

नेपाल । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको पुस्तक काठमाडौँमा नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ कलाकारद्वय चैत्यदेवी सिंह र भुवन चन्दले लोकार्पण गर्नुभयो । कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्रपत्रिकामा प्रकाशित आलेखलाई सङ्ग्रह गरेर पुस्तकको आकार दिएको बताउनुभयो । मिलाप पब्लिकेसनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै कृतिकार अधिकारीले आफ्ना आलेखलाई दस्ताबेजीकरण गरेको जानकारी दिनुभयो । अखिल नेपाल साहित्यिक समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीले अधिकारलाई आफूले बर्सौंदेखि चिनेको भन्दै आगामी दिनमा अन्य कृतिको आशा गरेको बताउनुभयो ।...
दश जना साधकलाई जनही एक-एक लाख रुपैयाँको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय

दश जना साधकलाई जनही एक-एक लाख रुपैयाँको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय

नेपाल । नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दश जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनबाट अध्यात्म दर्शन र सनातन धर्मसंस्कृतिको जागरण, संरक्षण र सम्वर्द्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा।चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ । नेपाली भाषासाहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्‍याएको विशिष्ट योगदानका निम्ति प्रा. गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको ...