७ बैशाख २०८२, आईतवार

भाषा/साहित्य

बालकविताः माकुराको जालो

बालकविताः माकुराको जालो

–रमेशचन्द्र घिमिरे– हिजो पुछेको हो लगाएर टालो आज फेरि आयो माकुराको जालो ढुक्कै थिएँ म त कोठा थियो रित्तो भरिएछ आज पुरै घरको भित्तो ठाउँ बाँकी छैन डोको अनि डालो कतिखेर बन्यो माकुराको जालो टाले पनि दुलो कताबाट छिर्छ सधैँ हैरान पार्छ सधैं सधैं पिर्छ चुक्कुल सुक्कुल ठोकी लगाए...नि तालो फेरि देखा पर्‍यो माकुराको जालो जालमा पारी यसले आफूतिर तान्छ बसी बसी सधैँ कीरा मार्छ खान्छ किन होला यसको पेट यति कालो देख्दै दिक्क लाग्ने माकुराको जालो अघाउँदैन कैल्यै खाए पनि जति खन्चुवा छ साह्रै लोभी कति कति रिस उठेपछि अनि मेरो पालो कुचो लगाई फालेँ माकुराको जालो । –भोर्लेटार, लमजुङ ।...
कविताः हाम्रो स्कूलको कथा

कविताः हाम्रो स्कूलको कथा

–आर.आर. चौलागाईं– तिमी जेसुकै भन जति ढाकछोप गर जति ढाँट तर मचाहिँ साँचो बोलिरहेको छु अब त हाम्रो स्कूल भत्किसकेको छ । छट्टू मान्छेहरूले स्कूललाई बेचे स्कूलमा आगो लगाए स्कूलबाट लेटरप्याड चोरेर आफूखुसी नक्कली प्रमाणपत्र बनाए हामी लाटा थियौँ सोझा थियौँ आफ्नो कर्म बाहेक अरू केही गर्न नजान्ने गोज्याङ्ग्रा थियौँ त्यसैले छट्टू काम गर्न सकेनौँ असफल भयौँ अरूले जस्तो स्कूलको नामबाट आफ्नो खल्ती भर्न सकेनौँ अरूले जस्तो छट्टू मान्छेहरूको स्तुति गाएर आफ्नो सात पुस्तालाई उतार्न सकेनौँ अरूले जस्तो रातो इनामेल लगाएर आफूले गरेका पापहरू छोप्न सकेनौँ अहिले धेरै कुरा गरेर के फाइदा ! अब त हाम्रो स्कूल भत्किसकेको छ । स्कूलको बाहिरपट्टि ठड्याएको साइनबोर्ड झकमक्क भएर के गर्नु ! स्कूलको बारेमा छापिएको किताबको गाता मोटो र चिल्लो भएर के गर्नु ! स्कूल नै नभएपछि साइनबोर्डको के काम ! भित्र...
उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन

उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन

नेपाल । पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो । ऐश्वर्य प्रकाशनको आयोजनामा आयोजित विमोचन कार्यक्रममा शुभकामना मन्तव्य दिंदै साहित्यकार लम्सालले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता सङ्ग्रह समेटिएको बताउनुभयो । उहाँले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा. पन्तले समाजमा भएका विकृति कवितामा समेटिएको बताउनुभयो । पत्रकार उपाध्यायले गत भदौमामात्रै द्वन्द्व पत्रकार...
त्रिमूर्ति निकेतनद्वारा सुवेदी, कक्षपती र शर्मा पुरस्कृत

त्रिमूर्ति निकेतनद्वारा सुवेदी, कक्षपती र शर्मा पुरस्कृत

नेपाल । त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२३ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा तीन जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान प्रदान गरियो । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा। केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्राडा। महादेव अवस्थीले श्रीरामबाबु सुवेदी, प्राडा। सावित्री कक्षपती र प्राडा। बेञ्जु शर्मालाई पुरस्कार प्रदान गर्नुभयो । छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान दिनुहुने सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान भयो । नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक...
डा. अवनिभूषण उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण

डा. अवनिभूषण उपाध्यायको ‘मान्छेको मुटु’ लोकार्पण

नेपाल । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायद्वारा लिखित ‘मान्छेको मुटु’ आइतबार लोकार्पण गरिएको छ । नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेल तथा नेपाल हृदयरोग निवारण संस्थाका अध्यक्ष सत्यनारायण सुवालले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो । कार्यक्रममा प्राडा गजुरेलले पुस्तकमा मुटुको डाक्टर भएर मान्छेको मुटुलाई साहित्यमार्फत प्रस्फुटन गर्ने काम उत्कृष्ट भएको बताउनुभयो । उहाँले पुस्तकको नाम सुन्दा स्वास्थ्यका विषय मात्रै लागे पनि वास्तवमा समग्र स्वास्थ्य तथा साहित्यमा मान्छेको मुटु हुने विषय पुस्तकले दिएको बताउनुभयो । “म एउटा मुटुको डाक्टर, हजारौँको मुटु खोलेको छु तर मन र मुटु कहाँ हुन्छ भन्ने कतै भेटेको छैन”, डा. गजुरेलले भन्नुभयो, “पुस्तकबाट धेरै कुरा सिक्ने अवसर पाइन्छ ।” प्रतिष्ठानका अध्यक्ष डा. सुवालले पुस्तक सामान्य मानिसदेखि मेडिकल विद्यार्थीलाई समेत उपयोग...
कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान प्रदान

कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान प्रदान

नेपाल । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कविद्वय कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले स्वर्गीय अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर शनिबार उहाँहरुलाई नगद ५० हजार रुपियाँसहितको सम्मान अर्पण गरेको हो । कवि धरावासी र स्वप्निललाई कार्यक्रमका प्रमुख अतिथि संंविधान सभा सदस्य तथा कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बेले नगद पुरस्कारसहित कदर पत्र प्रदान गर्नुभयो । प्रतिष्ठानले सोही कार्यक्रममा गत भदौ १३ गते पाँचथरको प्राङवुङमा भएको बम विष्फोटमा ज्यान गुमाएका प्रिन्सा र दिप्सन साँवाकी आमा पुजा सावाँलाई २० हजार, जिल्लामा सक्रिय सामाजिक संस्था हाम्रो सहारा पाँचथरलाई नगद ५० हजार र असोज महिनामा जिल्लाको फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिकामा गएको बाढी पहिरोमा ज्यान गुमाएका प्रभावित १५ परिवारलाई जनही १० ...
हिमवत्खण्ड सम्मिलन चैत १-३ सम्म हुने लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

हिमवत्खण्ड सम्मिलन चैत १-३ सम्म हुने लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने

नेपाल । हिमवत्खण्डमा छरिएर रहेका नेपाली भावनालाई समेट्ने प्रयासस्वरूप चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन गरिने भएको छ । मदन भण्डारी कaला–साहित्य प्रतिष्ठानद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाका अनुसार हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने कार्यक्रम छ । डा. सुब्बाका अनुसार सम्मिलनमा मुलुकका सात वटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर...
ॐकार

ॐकार

–सुदीपभद्र खनाल- जस्तो यो सुख दुःख दृष्य नहुने सादृश्यता लुप्तछ मात्रै जीवन भोगका समझले सम्पूर्ण सादृश्य छ जस्तो विम्बित सृष्टि विम्ब रचनामा अर्ध नारीश्वर उस्तै आकृतिमा छ लुप्त मनमा सादृश्य छन् ईश्वर । भेटिन्नन् जब चन्द्रमा नजरले छर्लङ्ग देखेपनि धर्तीमै नजिकै हुने स्थलहरू देखिन्न चाहे पनि जो देखिन्न असत्य हुन्न न सँधै देखिन्छ जो सत्य छ सत्यासत्य विवेच्य सार प्रणवी सत्चित्तमा दृष्य छ । पानी भित्र छ अग्नि यो गगनमा बेगिन्ति ब्रम्हाण्ड छन् सोच्दै चक्कर लाग्छ धीर छ भने श्री सत्चिदानन्द छन् यो सारा चल बीचमा अचलको अन्वेष दुःसाध्य छ चित्तस्थिर गरेर हेर मनमै आलोक आलोक्य छ । खोजी प्राप्त हुने सिधै र सजिलै छैनन् खजाना कुनै आफैँमा नभए सुदृष्टि जति होस् देखिन्न ज्योस्ना कुनै चर्मैचक्षु नहुन् तथापि मनले स्थित् प्रज्ञले देख्दछ आफैँभित्र उघार द्वार मनमै ॐकार को बास छ । जम्मै सुन...
लघुकथाः चिनियो !

लघुकथाः चिनियो !

–धनराज गिरी– ...हजुरजस्तो दानी मान्छे त कहाँ पाउने ? अनुहार अति उज्यालो बनाएर पहिलोले उसको तारीफ गर्यो । ऊ मौन । दोस्रो बोल्यो, यो देशमा हजुरजस्तो असल मान्छे पाउन असंभव छ, हजुर त हजुर हो... ९ जनाले तारीफ गरे । ऊ मौन । मुस्कान पनि महङ्गो... केही नबोली बिदा भयो। आधा घन्टापछि, मोबाइल छोडेर गएछु... ऊ आयो ।मोबाइल छोडेर गएकै हो । लिएर गयो । हैट, यसको त भर छैन । कतै जानी जानी छोडेर गएको त होइन नि...? पहिलोले शङ्का गर्यो । जे पनि हुनसक्छ... दोस्रो बल्यो । हामी पनि हामी, प्रत्यक्षमा देवत्वकरण, मान्छे नभए राक्षसीकरण... तेस्रोको अनुमान । ऊ, घर आयो । रेकर्ड सुन्यो । ू चिनियो । यत्ति भन्यो । त्यसपछि ऊ कहिल्यै पनि सार्वजनिक समारोहमा देखिएन । -चितवन, नेपाल । ...
बालकविताः मुरलीको धुन

बालकविताः मुरलीको धुन

–रमेशचन्द्र घिमिरे– सुन बाबु सुन सुन नानी सुन तिरिरिरी बज्यो मुरलीको धुन सुरिलो र छोटो बाँसको यो लौरी भाका सुनी यसको छक्क परिन् गौरी सुनेपछि यसलाई छोड्यो बाबु रुन कति मिठो लौ न मुरलीको धुन मीठो स्वरमा आहा कला उस्तै राम्रो लयालु हुन् मान्छे गला उस्तै राम्रो रहर लाग्यो मलाई हातमा समाउन सुनाउँछु म नि मुरलीको धुन । –भोर्लेटार, लमजुङ ।...