७ बैशाख २०८२, आईतवार

भाषा/साहित्य

कविताः सम्झनाका सारेगम

कविताः सम्झनाका सारेगम

–गोवर्द्धन पूजा– के थाहा आकाशबाट झरेका पानीका थोपाहरूलाई अनुभूतिका वर्णमाला ? अस्ति, खरका पालीबाट झर्दाको – तप्–तप् ! हिजो, जस्ताका छानाबाट झर्दाको-टिंङ्- टिङ् ! आज, ढलानको डुँडबाट झर्दाको– कुल–कुल !!! तर मलाई, खुब याद आउछ– छिचोलेर खरका छानालाई आमाले थाप्नुभएको बाल्टिनमा तप्केका थोपाहरूको सारेगम ! –बोस्टन, अमेरिका । ...
गीतकार कालीप्रसाद रिजाललाई रेखा-पवन स्रष्टा सम्मान

गीतकार कालीप्रसाद रिजाललाई रेखा-पवन स्रष्टा सम्मान

नेपाल । नेपाल स्रष्टा समाजले रेखा-पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । रु. १ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रुपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न थालिएको पनि विज्ञप्तिमा जनाइएको छ । रेखा–पवन स्रष्टा सम्मानको लागि यस पटक बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपा...
कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक

कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक

नेपाल । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ । बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गर्नुभएको हो । पाँचथर स्रष्टा मञ्च, काठमाडौंको आयोजनामा भएको कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शाश्वत विषयमा लेखेको काव्यले सबैको मन छुने बताउनुभयो । ‘शाश्वत विषय आमामा आधारित काव्यले लेखक खगेन्द्र दाहाललाई स्थापित गरेको छ। सबैको संवेदनालाई छुन सक्ने गरी काव्य आएको छ ।’ कृतिमाथि डा। हेम भण्डारीले समीक्षात्मक मन्तव्य राख्नुभयो उहाँले कृतिको समीक्षा गर्दै भन्नुभयो, ‘कृतिले पहाड र तराईका आमाको साझा कथा र व्यथालाई समेटेको छ ।’ उहाँले काव्यमा आमाको पृष्ठभूमि अझ थपिएको भए राम्रो हुने टिप्पणीसमेत गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्...
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण

प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा नेपाली भाषा, साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङ्गो सुब्बालाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । पूर्वकुलपति वैरागी काइँलाले सम्मानित र पुरस्कृत सर्जकलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङ्गो’ का बारेमा चर्च...
‘नोबेल पुरस्कार विजेता लेखकहरूले पनि अनुदान पाएर महत्त्वपूर्ण कृतिहरू लेखेका छन्’

‘नोबेल पुरस्कार विजेता लेखकहरूले पनि अनुदान पाएर महत्त्वपूर्ण कृतिहरू लेखेका छन्’

–जीवा लामिछाने– अनुदान (ग्रान्ट) लेखन संसारभरि नै सामान्य अभ्यास मानिन्छ । लेखकहरूलाई आर्थिक बोझबाट स्वतन्त्र भएर आफ्नो सिर्जनशील काममा केन्द्रित हुन अनुदान तथा फेलोशिपहरू दिने गरिन्छ । त्यसैले, वास्तविक बहस अनुदान कसले पायो भन्ने होइन, त्यसबाट लेखिएका कृति कस्ता छन भन्ने विषयमा केन्द्रित हुनुपर्छ ! पछिल्लो समय सामाजिक सञ्जालमा यस विषयलाई लिएर घृणायुक्त बहस हुनु दुःखद हो । सर्जकले अनुदान पाएर सिर्जना गर्नु कुनै अपराध होइन । बरु प्रश्न उठ्नुपर्ने भनेको त्यो लेखनले समाजलाई फाइदा पुर्‍यायो कि हानि गर्‍यो भन्ने हो । यदि कुनै पुस्तकले नयाँ दृष्टिकोण दिएको छ, महत्त्वपूर्ण विषय उजागर गरेको छ, वा साहित्यिक संस्कृतिलाई समृद्ध बनाएको छ भने, लेखकले कसरी वित्तीय सहायता प्राप्त गर्यो भन्ने विषय गौण हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार, पुलित्जर पुरस्कार विजेता लेखकहरूले पनि अनुदान पा...
तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह ‘तामाङ आन’ लोकार्पण

तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह ‘तामाङ आन’ लोकार्पण

नेपाल । तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह ‘तामाङ आन’ को धादिङबेँसीमा एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । तामाङ, अङ्ग्रेजी र समभोटा लिपिमा लेखिएको पुस्तक तामाङ भाषा नबुझ्ने पाठकले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा ‘क्युआर कोड’ समावेश गरिएको छ । यसलाई स्क्यान गरी पाठकले ‘इलेक्ट्रोनिक पेज’ मा पढ्न र अडियो स्वरूपमा सुन्न सक्ने छन् । ‘तामाङ आन’ पुस्तक लोकार्पण गर्दै तामाङ घेदुङ धादिङका अध्यक्ष दीपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति र साहित्य संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताउनुभयो ।...
के छैन नेपालमा ?

के छैन नेपालमा ?

–धनराज गिरी– मान्छे बौद्धिक शब्दजाल रसिला आचार्य धेरै कडा हेर्दा शीतल साधुको प्रचुरता आफन्त मेरै खडा ! बोल्दामा मह झर्छ हेर घिउको बर्षा हुने तालमा ! वार्ताकार बढी पढी दशगुना के छैन नेपालमा ! धेरै गालिब मीर धीर कविजी पौडेल बाजेहरू ! मोतीराम अनेक टोल भरि नै साहित्य जान्ने अरू ! खोज्दा चेखव भेटिने डगरमा नामी रुसो घोलमा नेपाली जनता बने गजलमा उस्ताद भूगोलमा ! हाम्रो काम भयो सुपुत्र दुहिता जापान घोक्र्याउने ! मान्छे खास निकास आस अहिले नेपाल बोक्र्याउने ! रित्तो गाउँ बनाउने रहर हो उद्योग बेहालमा ! नेताजी वरदान शान चुलिए ‘के छैन नेपालमा !’ ? धेरै रावणको कथा उपकथा भन्ने भए रामले सीताराम पसे उही विपिनमा देख्ने शशी घामले फेवामा मीन छैन दीन टुहुरो दुर्भिक्षको तालमा ! सेतीको अवसाद गन्छ कविले के छैन नेपालमा ! खोजे मानवता अभावपुरमा दम्भीहरू पाइने रोजे खास विवेक धर्म गरिमा धोका बढी खाइने...
वेद उप्रेतीको उपन्यास ‘पाइलट प्रेम’ सार्वजनिक

वेद उप्रेतीको उपन्यास ‘पाइलट प्रेम’ सार्वजनिक

नेपाल । पाइलट वेद उप्रेतीको उपन्यास ‘पाइलट प्रेम’ सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तकको लोकार्पण गर्दै पुस्तकमार्फत पाठकले उड्डयन क्षेत्रका बारेमा प्राविधिकसहित पाइलटको मनोविज्ञानलाई नजिकबाट बुझ्ने अवसर पाउने बताउनुभयो । उहाँले अन्य साहित्यकारले लेख्नु र पाइलट स्वयम्ले उड्डयन क्षेत्रका बारेमा लेख्नुमा धेरै अन्तर पर्ने विचार व्यक्त गर्दै बहुआयामिक पाइलट उप्रेतीले यस क्षेत्रका वास्तविकतालाई उपन्यास कृतिबाट सार्वजनिक गरेर पाइलट बन्न चाहने र यस क्षेत्रलाई बुझ्न चाहने पाठकका लागि निकै सराहनीय काम गर्नुभएको बताउनुभयो । बुलबुल पब्लिकेसनद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा पत्रकार कुन्द दीक्षितले उड्डयन क्षेत्रका अनुभवी पाइलट उप्रेतीले उडानका अवसरमा पुगेका पर्यटकीय क्षेत्रहरूको फोटोग्राफी गरेर, उड्डयन सङ्ग्रहालय बनाएर समाजलाई गुण लगाउनुभएको बता...
कविताः भोक

कविताः भोक

–लालगोपाल सुवेदी– यो भोक भन्ने कुरो कस्तो ? कसैका निम्ति मीठोजस्तो पनि कसैका निम्ति तीतै तीतोजस्तो पनि तर अन्तर्यमा हुन्छ बेग्लै ध्वनि यो प्रकृतिले खै कुन्नि कस्तो न्याय दिन्छ ? एउटै रूखको छहारीमा मलाई बचाउनुहोस् , मलाई बचाउनुहोस् भन्दै बिरुवा उभिन्छ बाख्रो उभिन्छ भोकले मरें भन्दै बाघ उभिन्छ ! यही जंगलमा हुरीबतास र आँधीले छिमल्छ वटवृक्षका सारा पात बज्रठिंगे हाँगो छिन्छ मृगको स्वाद लिन थालेपछि बाघलाई बाख्रो नमिठो हुन्छ न्याय स्वयम् अन्यायमा परेका उदाहरणहरू छन् बग्रेल्ती प्रीतहरू त रोइरहेकै ,रोइरहेकै छन् कठै यहाँ त हर्दम रीत रुन्छ । –बोस्टन, अमेरिका ।...
कविताः सपना

कविताः सपना

–सुदीपभद्र खनाल– मान्छेको मनको प्यास सिद्दिने कहिले छ र अनादिबाट यस्तै छ मान्छे प्यासी निरन्तर प्यासकै तृप्तिका लागि होड हो यो विकाशको गतिमा हिँड्न चाहन्छ मान्छे आफैँ प्रकाशको मान्छेलाई मिटाएर हिँट्छ मान्छे परे बरू परन्तु बढ्न छाड्दैन काटेर विघ्नका तरु धरती पुत्र आफैँ नै गर्छ दोहन यो धरा मान्छेको क्रूरता खेपी घाइते छन् वसुन्धरा लिने हो प्रकृतिबाट त्यत्ति नै परिमाणमा जतिले जीवको प्राण धानिन्छ त्यत्ति सारमा परन्तु अति गर्दैछ प्रकृतिसँग मानिस क्रूरताको पराकाष्ठा मात्रै देखिन्छ सादृश सिर्जनाले उठोस् मान्छे उपायबाट प्राकृत स्वार्थको साधना निम्ति नहोस् खेल अवाञ्छित मान्छे तादात्म्यता राखोस् लय प्रकृतिको सँग रक्तको भेलमा खुल्ने सुकोस् दानवता रङ मान्छेको सपना हैन धरती क्षतविक्षत मान्छेको जपना हैन मुटु भित्र दिने खत दया प्रेम र आशाको ज्योतिको सपना लिए हुथ्यो मानिसले आफ्नै थैलो त...