
फागुन १५-१८ गतेसम्म पोखरामा ‘नेपाल लिटरेचर फेस्टिभल’ हुँदै
नेपाल । बुकवर्म फाउण्डेशनको आयोजनामा यही फागुन १५ गतेदेखि १८ गतेसम्म पोखरामा एनसेल फाउण्डेशन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ हुने भएको छ ।
यस वर्ष फागुन १५ देखि १८ सम्म बाह्रौँ संस्करणको एनसेल फाउण्डेशन नेपाल लिटरेचर फेस्टिभल २०२५ आयोजना गर्न लागिएको फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।
सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको बताउँदै उनले स्कुल, कलेजदेखि स्थानीय तहमा साहित्यिक महोत्सव हुन थालेको बताए । यही फागुनमा मात्र नेपालमा ७ वटा साहित्यिक महोत्सव हुने जानकारी उनले दिए ।
एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एण्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आब...