१२ आश्विन २०८१, शनिबार

अन्तराष्ट्रिय/प्रवास

नेजाको १७औं साधारण सभामा सहभागी हुन सदस्यहरुलाई चुले निम्तो

नेजाको १७औं साधारण सभामा सहभागी हुन सदस्यहरुलाई चुले निम्तो

अमेरिका (बोस्टन) । यति बेला नेपाल अमेरिका पत्रकार संघ (नेजा) अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको संघको १७औं साधारण सभाको तयारीमा अहोरात्र जुटिरहेको छ । तयारी अन्तर्गत संस्थाले उक्त साधारण सभामा सहभागी हुन आफ्ना सदस्यहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ । संस्थाले यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा हुन गइरहेको उक्त साधारण सभामा आफ्ना सदस्यहरुलाई सपरिवार सहभागिता जनाउन चुले निम्तो दिएको हो । उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुने गरी आवश्यक तयारी गरिएको छ । नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले आसन्न साधारण सभालाई संस्थागत, पारिवारिक र सामाजिक दृष्टिकोणले सफल र उपलब्धिमूलक बन...
हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसीको निधन

हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसीको निधन

बेल्जियम । बेल्जियममा बसोबास गर्दै आएका कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको हो । केसीका भाइ प्रज्वल केसीका अनुसार दिवंगत केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिएको छ । केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका साथै टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियो अभिनय गरेका थिए ।...
गुरुङ समाज जापानको अध्यक्षमा युवराज निर्वाचित

गुरुङ समाज जापानको अध्यक्षमा युवराज निर्वाचित

जापान । गुरुङ समाज जापानको प्रथम अधिवेशनबाट युवराज गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा चन्द्र गुरुङ, प्रकाश केके गुरुङ र आशिष गुरुङ निर्वाचित चयन भए भने महासचिवमा मोती गुरुङ, सचिवमा पदम गुरुङ, कोषाध्यक्षमा राम गुरुङ र सहकोषाध्यक्षमा कुमार गुरुङ सर्वसम्मत भएका छन् । त्यसैगरी, सदस्यहरुमा कौशल गुरुङ, प्रीती गुरुङ, जमुना गुरुङ, जेबी गुरुङ, याम गुरुङ, आशिष गुरुङ, सोमन गुरुङ, महादेव गुरुङ, आशिष गुरुङ, विष्णुमाया गुरुङ, दीपक घले, जगदीश गुरुङ, टुम गुरुङ, आष्मा गुरुङ, प्रेम गुरुङ, सुमन घले र जगदीश गुरुङलाई निर्वाचित भएका छन् । अधिवेशनको प्रमुख अतिथिमा नेपालबाट तमु ह्युल छोंज र्धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय निवर्तमान अध्यक्ष तथा संरक्षक परिषदका अध्यक्ष रेशम गुरुङ र वर्तमान सह(महासचिव मानेज गुरुङ विशेष अतिथि रहेका थि...
सिनेमा महोत्सवमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

सिनेमा महोत्सवमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

नेपाल । काठमाडौं महानगरका मेयर बालेन साह विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा सहभागी हुन सोमबार राति फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स गएका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ । मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ । यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् । बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ । बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन् । ...
डेनमार्कको राजधानी कोपनहेगनमा मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण

डेनमार्कको राजधानी कोपनहेगनमा मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण

डेनमार्क । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा गत शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए । त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो । युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव बैशाख ६ ग...
करीब २ महिनापछि रिहा भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

करीब २ महिनापछि रिहा भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

नेपाल । भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल रिहा भएका छन् । भारतीय अदालतले उनलाई २१ दिनलाई तारेखमा रिहाइ गरेको हो । जुन २ मा आत्मसमर्पण गर्नेगरी भारतीय अदालतले केजरिवाललाई तारेकमा छोड्ने फैसला गरेको छ । केजरिवाल गत मार्च २१ मा पक्राउ परेका थिए । उनलाई अन्तःशुल्क नीति मुद्दामा प्रवर्तन निर्देशनालयले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो ।  ...
नेपालको एकदिने औपचारिक भ्रमण सकेर फर्किइन् जापानकी विदेशमन्त्री खामिखावा

नेपालको एकदिने औपचारिक भ्रमण सकेर फर्किइन् जापानकी विदेशमन्त्री खामिखावा

नेपाल । सोमबार बिहान नेपालको एकदिने औपचारिक भ्रमणमा आएकी जापानकी विदेशमन्त्री खामिखावा योको भ्रमण सम्पन्न गरी सोमबारनै स्वदेश फर्किएकी छिन् । विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरिन् । उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरिन् । साथै जमल पुगेर केही नेपाली पुस्तक खरिद समेत गरिन् । परराष्ट्रमन्त्री श्रेष्ठले विदेशमन्त्री योकोको सम्मानमा रात्रिभोजको आयोजना गरे । ...
नेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

नेपाली राष्ट्रिय फुटबल टोली र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरी

लण्डन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल बराबर खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको हो । नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ । अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा क्लबको आफ्नै इबीबी स्टेडियममा हुने उक्त मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरि ३० जनाको टोली अहिले बेलायतमा छ । नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।...
सन् २०२५ का लागि अमेरिकी डीभी लट्रीको नतिजा सार्वजनिक

सन् २०२५ का लागि अमेरिकी डीभी लट्रीको नतिजा सार्वजनिक

नेपाल । सन् २०२५ का लागि अमेरिकी डीभी लट्रीको नतिजा सार्वजनिक भएको छ । शनिबार यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको हो । डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी लग इन गरेर हेर्न सकिन्छ । नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ । ...
नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्ष केजीन राई निर्वाचित

नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्ष केजीन राई निर्वाचित

अमेरिका । नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्ष केजीन राई निर्वाचित भएका छन् । शाखाको बुधवार सम्पन्न पाँचौ महाधिवेशनबाट राई सर्वसम्म अध्यक्ष छानिएका हुन् । शाखाको उपाध्यक्षमा राज कुमार थापा, द्रोण रिजाल, दिल निसानी मगर, प्रेम पमु र बासु सत्याल चयन भए । यस्तै, महासचिवमा शेर बहादुर परियार, उपमहासचिवमा कलस खरेल, भरत प्रधान र अमिस तमाङ, सचिवमा रमेशराज बास्तोला, दिनेश गौतम सर्वसम्मत भए । कोषाध्यक्षमा इन्दिरा चाम्लिङ सहित २५ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत भएको छ । शाखाको सदस्यहरुमा सदस्यहरुमा भोला लामिछाने(स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली(स्पेन), किशोर सुब्बा(पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड),दिपक भण्डारी (पोर्चुगल),बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल),जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले(माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज ...