११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनए अमेरिकाको १३औं वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलन बाल्टिमोरमा हुने

एनआरएनए अमेरिकाको १३औं वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलन बाल्टिमोरमा हुने

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको १३औं साधारण सभा तथा ज्ञान सम्मेलनु अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा हुने निश्चित भएको छ । उक्त साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न एनआरएनए एनसीसी अमेरिका आवश्यक अन्तिम तयारीमा जुटिसकेको छ । यस सम्बन्धमा जानकारी दिने उद्देश्यले गत जुन २३ तारिख आइतवार भर्चुअलमार्फत पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा आसन्न साधारण सभा आउदो जुलाई १३ र १४ तारिख शनिवार र आइतवारका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोर सिटीको 1100 Cromwell Bridge Rd,Towson, MD-21286 स्थित Holiday Inn Express Towson मा हुने निश्चित भएको जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष एवम् १३औं साधारण सभा एवम् ज्ञान सम्मेलनका कन्भेनर बिकाश उप्रेतीले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अन्तिम तयारीमा...
आठ देशमा राजदूत छनौट, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस

आठ देशमा राजदूत छनौट, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस

नेपाल । सरकारले आठ देशका राजदूतहरु सिफारिस गरेको छ । विगतमा नेपाली काँग्रेसको सिफारिसमा राजदूत भएका ११ देशका राजदूत फिर्ता बोलाएर नयाँ सिफरिस गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत छनौट गरेको हो । बैठकले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारत, चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । खाली रहेको ११ देशको राजदूतमा एमाले, माओवादी र रास्वपाको भागबण्डा  ...
कुवेतको आवासगृहमा भएको आगलागीको घटनामा ४९ जनाको मृत्यु

कुवेतको आवासगृहमा भएको आगलागीको घटनामा ४९ जनाको मृत्यु

नेपाल । कुवेत दक्षिणी सहर मङ्गाफस्थित आप्रवासी कामदारहरूलाई राखिएको एउटा आवासगृहमा भएको आगलागीको घटनामा परेर हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ। उक्त आवासगृहमा रहेका मानिसहरूमा प्रायः सबैजसो आप्रवासी कामदार थिए । स्थानीय सञ्चारमाध्यमहरूले उक्त भवनमा क्षमताभन्दा बढी मानिसहरू बसिरहेका थिए भन्ने विवरण सार्वजनिक गरिरहेका छन् । उक्त आगलागीको कारण के थियो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन । उक्त घटनामा केही नेपाली कामदार पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । उक्त आवासगृहमा कुल पाँचजना नेपाली बस्दै आएका पुष्टि भएको छ । हाल कुवेतमा एक लाख सात हजार जना नेपाली आधिकारिक रूपमा रहेको विवरण छ । –बीबीसी नेपाली सेवाको अनलाइनबाट साभार ।...
अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूतमा प्रल्हाद केसी नियुक्त

अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूतमा प्रल्हाद केसी नियुक्त

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । नेपाल सरकारले अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि प्रल्हादबहादुर केसीलाई अवैतनिक वाणिज्यदूतको नियुक्त गरेको छ । अमेरिकाको म्यासाचुसेट्स राज्यमा कन्सुलर अधिकार क्षेत्रमा नेपाल सरकारको प्रतिनिधिका रुपमा काम गर्नका लागि केसीलाई अवैतनिक वाणिज्यदूतका रुपमा नियुक्त गरिएको हो । यस सम्बन्धमा नव नियुक्त अवैतनिक वाणिज्यदूत केसीले आफूले नेपाल सरकारबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूतका रुपमा नियुक्ति प्राप्त गरेको पुष्टि गरेका छन् । नेपाल सरकारले झण्डै एक महिना अघि नै केसीलाई नियुक्ति पत्र प्रदान गरिसकेको छ । केसीका अनुसार उक्त नियुक्ति पत्रमा उनको नियुक्तिले संयुक्त राज्य अमेरिकाको सरकार र बृहत् समुदायबाट नेपाललाई सहयोग, समझदारी र समर्थन बढाउनमा टेवा पुग्ने नेपाल सरकारले विश्वास लिएको उल्लेख छ । केसीलाई नियुक्ति गर्न पाएकोमा नेपाल स...
नयाँदिल्लीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

नयाँदिल्लीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

नेपाल । आइतबार बेलुका भारतको राजधानी नयाँदिल्लीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहालले मोदीलाई तेस्रो कार्यकालका लागि बधाइ दिँदै नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा दुइ देशका प्रधामन्त्रीबीच नेपाल–भारतबीच आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । उनीहरूले विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा समेत छलफल गरे । प्रधानमन्त्री सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तेस्रोपटक प्रधानमन्त्री पदको शपथ ग्रहण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तेस्रोपटक प्रधानमन्त्री पदको शपथ ग्रहण

नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक प्रधानमन्त्री पदको शपथ लिएका छन् । आइतवार साँझ मोदीले तेस्रोपटक राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका हुन् । मोदीको शपथ ग्रहण कार्यक्रममा दक्षिण एशियाली नेताहरू पनि सहभागी थिए । मोदीको शपथमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल‚ भूटानका प्रधानमन्त्री छिरिङ तोबगे‚ बंगलादेशकी प्रधानमन्त्री शेख हसिना‚ श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे‚ मालद्वीपका राष्ट्रपति डा। मोहम्मद मोइजु सहभागी भए । यसैगरी सिसेल्सका उपराष्ट्रपति अहमद अफिफ‚ मौरिससका प्रधानमन्त्री प्रवीन्द कुमार जगन्नाथ पनि मोदीको शपथमा सहभागी भएका थिए ।...
जेनेभा उडे श्रम मन्त्री अर्याल

जेनेभा उडे श्रम मन्त्री अर्याल

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन् । मन्त्री अर्यालले इकोनमी क्लासको टिकट लिएर सर्वसाधारणको लाईनमा बसेर जेनेभा प्रस्थान गरेका छन् । मन्त्रीले बिजनेस क्लासको टिकटबाट यात्रा गर्न मिल्ने व्यवस्था छ । यात्रा गरे बापत लाग्ने शुल्क सरकारले नै ब्यहोर्ने व्यवस्था पनि छ । भिआईपी कक्ष प्रयोग गरेर सुविधा लिन मिल्ने व्यवस्था पनि छ । तर नागरिकको कर अनावश्यक खर्च नगर्ने, आफु सधै इकोनमी क्लासबाट नै यात्रा गर्ने भन्दै कर्मचारीको अनुरोधका बाबजुद मन्त्री अर्यालले साधारण नागरिक सरह यात्रा रोजेको प्रष्टिकरण दिएका छन् । ‘हाम्रै मन्त्रालयबाट अनुमती लिएर दैनिक हजारौ युवाहरु विदेश जान्छन् । उनीहरुले जस्तै सबै अवस्था भोगेर हामीले किन जान नहु...
संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा बन्दना राणा पुनः निर्वाचित

संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा बन्दना राणा पुनः निर्वाचित

नेपाल । नेपालकी बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ । राणाले सबैभन्दा बढी १४६ मत प्राप्त गरेकी छन् ।...
भारतमा मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै, शनिबार सपथ लिने

भारतमा मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै, शनिबार सपथ लिने

नेपाल । भारतमा सम्पन्न लोकसभा निर्वाचनको सबै परिणाम आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । बुधबार प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को बैठकले मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । यसपटकको लोकसभा निर्वाचनमा पनि एनडिए गठनबन्धनले नै बहुमत ल्याएको छ । भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले २४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् ।...
भारतमा तेस्रो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दै

भारतमा तेस्रो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दै

नेपाल । भारतमा लोकसभाको सम्पूर्ण परिणाम आउँदा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० सिटमा जित हासिल गरेको छ। ​ पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)लाई बहुमत प्राप्त भएको छ । यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ । एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ। काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जिते । कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकाले । प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताए...