११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनएका अभियन्ताहरुद्वारा अर्थ र गृहमन्त्रीसँग भेटघाट

एनआरएनएका अभियन्ताहरुद्वारा अर्थ र गृहमन्त्रीसँग भेटघाट

अमेरिका । बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेको छ । संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोली नवनियुक्त अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकलाई कार्यकालको सफलताको शुभकामना दिएको छ । भेटघाटको क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, गैरआवासीय नेपालीहरुको लगानी तथा गैरआवासीय नेपाली संघको अभियानको सुदृढ़ीकरण लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै सो टोलीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनको लागि आग्रह गरेको थियो । भेटघाटमा गैरआवासीय नेपाली नागरिकताको विषयमा विशेष छलफल भई तत्काल कार्यान्वयनमा लैजानेगरी कानूनी प्रावधान मिलाउने प्रतिबद्धता गृहमन्त्री लेखकले गरेका थिए । ...
जेडी भेन्सलाई अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छाने उपराष्ट्रपतिका उम्मेदवार

जेडी भेन्सलाई अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छाने उपराष्ट्रपतिका उम्मेदवार

अमेरिका । अमेरिकी राष्ट्रपति चुनाव दौडमा रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपतिमा चर्चित लेखक तथा सिनेटर जेडी भेन्सलाई छानेका छन् । ओहिओ राज्यका सिनेटर तथा हिलबिली एलिजी र अ रेलिभेन्ट फेथः सर्चिङ फर मिनिङफुल अमेरिकन जस्ता चर्चित किताब लेखेका लेखक जेडी भेन्सलाई ट्रम्पले चुनेका हुन् । अमेरिकाको विस्कन्सिन राज्यमा हुने रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनको दौरानमा यस्तो घोषणा गरिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । भेन्सले मरिन क्रप्समा जोडिएर इराकी युद्ध रिपोर्ट पनि गरेको अनुभव लिएका छन् । उनी सन् २०२३ मा ओहियोका सिनेटर भएका थिए । भेन्स सन् २०१६ मा ट्रम्पका आलोचना थिए भने पछि उनको पक्षमा लागेका थिए ।...
एनआरएनए एनसीसी अमेरिकाको १३औँ साधारण सभा तथा चौथो ज्ञान सम्मेलन सम्पन्न

एनआरएनए एनसीसी अमेरिकाको १३औँ साधारण सभा तथा चौथो ज्ञान सम्मेलन सम्पन्न

–सुपेन्द्र बस्नेत (अमेरिका) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसी), अमेरिकाको १३औँ साधारण सभा तथा चौथो ज्ञान सम्मेलन सम्पन्न भएको छ । गत जुलाई १३ र १४ तारिख (शनिबार र आइतबार) का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित Holiday Inn Express Towson मा आयोजित साधारण सभा तथा ज्ञान सम्मेलन विविध विषयहरुमा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो । साधारण सभाले प्रवासी नेपालीहरुलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली नागरिकताको विषयलाई प्राथमिकताका साथ उठान गर्दै गहन छलफल गरेको थियो । एनआरएनएले लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएकोमा, नेपाल सरकारद्वारा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नु एक हदसम्म अभियानको उपलब्धि नै भएको साधारणसभाले ठहर गरेको छ । यस उपलब्धिका लागि अभियानमा होमिएका व्यक्तित्वहरु र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्द...
नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित

नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएकी छिन् । आइतबार लन्डनको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेसनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल पत्रकार महासंघ यूकेको छैटौं महाधिवेशनका लागि अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेले उम्मेदवारी दिएका थिए । निर्वाचन प्रकृयाबाट सम्पन्न अधिवेशनमा बिमला सेनले २३ मत प्राप्त गरेर पहिलो महिला अध्यक्ष बनेकी हुन । त्यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षद्वयमा प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मंजु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा अमित थेबे, बमबहादुर थापा, नगेन्द्रराज नेम्वा...
पेन्सिलभेनियामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

पेन्सिलभेनियामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिका । शनिबार राति चुनावी र्‍याली चलिरहेका पेन्सिलभेनियामा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । घटनापछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए । ट्रम्पको अवस्था ठीक रहेको खबरहरु सार्वजनिक भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा यस्ता खालका कुनै पनि हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । उनले यस्ता प्रकारका घटनाविरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्ने प्रतिक्रिया जनाएका छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गरेका छन्।...
शनिबार र आइतबार बाल्टिमोरमा एनआरएनए अमेरिकाको साधारण सभा हुँदै

शनिबार र आइतबार बाल्टिमोरमा एनआरएनए अमेरिकाको साधारण सभा हुँदै

अमेरिका । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको १३औं साधारण सभा तथा ज्ञान सम्मेलन शनिबार र आइतबार (जुलाई १३ र १४ तारिख) मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ । उक्त कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर सिटीको 1100 Cromwell Bridge Rd,Towson, MD-21286 स्थित Holiday Inn Express Towson मा हुने भएको हो । जुलाई १२ तारिख शुक्रवार च्याप्टर नाइट (च्याप्टरहरुका अध्यहरुसहितको विषेश कार्यक्रम) गर्ने, १३ तारिख शनिवार साधारण सभा एवम् ज्ञान सम्मेलनको उद्घाटन तथा विज्ञहरुसहितको ज्ञान सम्मेलन गर्ने र १४ तारिख आइतवार बन्द सत्र गरी सांस्कृतिक कार्यक्रमसहित साधारण सभा समापन गर्ने गरी कार्यतालिका छ । यस पटकको साधारण सभा विशेष गरी विधान संशोधनमा केन्द्रित हुने छ । ...
बेलायतमा लेबर पार्टीका नेता कियर स्ट्यामर नयाँ प्रधानमन्त्री नियुक्त

बेलायतमा लेबर पार्टीका नेता कियर स्ट्यामर नयाँ प्रधानमन्त्री नियुक्त

अमेरिका । बेलायतमा लेबर पार्टीका नेता कियर स्ट्यामर नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राजा चार्ल्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् ‘हाउस अफ कमन्स’मा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठूलो सफलता हो । प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए । विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार ...
सत्संगमा भागदौड मच्चिँदा १०० भन्दा बढीको मृत्यु

सत्संगमा भागदौड मच्चिँदा १०० भन्दा बढीको मृत्यु

नेपाल । भारतको उत्तर प्रदेशको हाथरसमा मंगलबार एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संग) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या एक सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन् । घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ बढ्न सक्ने जनाइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हाथरस जिल्लाको फुलरई गाउँमा उक्त सत्संग आयोजना गरिएको थियो । नारायण साकार हरि नाम गरेका बाबाको सत्संग कार्यक्रममा उक्त दुर्घटना भएको हो । सत्संग समाप्त भएलगत्तै मानिसहरु बाहिरिने क्रममा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।...
टीपीएलए कप भलिबल प्रतियोगितामा १० टिम सहभागी, आइतबार सांगीतिक प्रस्तुती (फोटोफिचर)

टीपीएलए कप भलिबल प्रतियोगितामा १० टिम सहभागी, आइतबार सांगीतिक प्रस्तुती (फोटोफिचर)

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा शनिबार र आइतबार अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा विभिन्न १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता शनिबार एक समारोहका बीच उद्घाटन भएको थियो । अमेरिका राज्य भरी छरिएर रहेका नेपाली युवाहरुको सहभागिताको साथै नेपाली समुदायबीच सुमुधुर सम्बन्धलाई प्रगाढ बढाउनु प्रतियोगिताको उद्देश्य हो । शनिबार तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर क्रोम्छे तमुको सभापतित्वमा एक बिशेष समारोहबीच प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ, तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान तमु, एनआरएनए कोलोराडाको पूर्व ...
केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा

केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा

नेपाल । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मदिरा घोटाला प्रकरणमा दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ । बुधबार, सीबीआईले रक्सी नीति सम्बन्धी घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो । बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उनलाई पक्राउ गर्न अनुमति दिएका थिए । पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो । अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो । शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो । केजरीवाललाई यसअघि मार्च २१ मा मदिरा नीति घोटालासँग सम्बन्धित मनि लान्ड्रिंग मुद्दामा ईडीले गिरफ्तार गरेको थियो । राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो। तर ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालत...