४ माघ २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

कजकिस्तानमा ६७ जना सवार रहेको विमान दुर्घटना

कजकिस्तानमा ६७ जना सवार रहेको विमान दुर्घटना

अमेरिका । कजकिस्तानको अकताऊ शहरमा बुधवार विमान दुर्घटनामा परेको छ । अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २–८२४३ जहाज आज बिहान दुर्घटना भएको हो । स्थानीय अधिकारीहरूका अनुसार विमान पाँच जना चालकदलसहित ६७ जना सवार थिए । जहाजमा सवार २५ जना जीवितै भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जीवितै उद्धार गरिएका २५ जनामध्ये २२ जनालाई अस्पताल लिएको छ । उक्त अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ जाँदै थियो ।...
बेलायतको संस्थाबाट सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

बेलायतको संस्थाबाट सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

बेलायत । बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् वुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ । उक्त जानकारी फोटोसहित केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ । श्रेष्ठले दक्षिण एसियाको पहाडी, विवादित भूभागमा रहेको सिमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गरेका छन्। सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा दोस्रो जीवनचर्या सुरु गर्नुभयो । सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनःप्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले सीमा अध्ययनमा व्यापक मुद्दाहरूप्रति आफ्नो सर्वेक्षण पृष्ठभूमि लागू गर्न, सीमाङ्कनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलता र समकालीन विवाद स...
ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) मा नयाँ कार्यसमिति चयन

ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) मा नयाँ कार्यसमिति चयन

अमेरिका । अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको सबै भन्दा पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकाल (२०२४–२०२६) का लागि नयाँ कार्यसमिति चयन भएको हो। निर्वाचन समितिले जनाए अनुसार वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्दिपकुमार भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। निर्वाचन प्रक्रिया अनुसार नयाँ कार्यसमिति चयनका लागि अध्यक्षलगायत विभिन्न पदहरुमा आवश्यकता भन्दा बढी व्यक्तिको उमेदवारी नपरेको र उमेदवार भएकाहरु उपर कुनै दाबी विरोध नपरेको जनाउदै निर्वाचन समितिले अध्यक्षलगायत अन्य पदहरुमा उमेदवारी दिएका सम्पूर्णलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। जिबिएनसिका पूर्वअध्यक्ष मिलनकुमार कार्कीको संयोजकत्वमा, डाक्टर उषा शर्मा र विष्णुमणि आचार्य सदस्य रहेक...
परराष्ट्रको ट्राभल एड्भाइजरीः ‘जागिरको प्रलोभनमा ठगी बढ्यो, सचेत हुनू’

परराष्ट्रको ट्राभल एड्भाइजरीः ‘जागिरको प्रलोभनमा ठगी बढ्यो, सचेत हुनू’

नेपाल । जागिरको प्रलोभन देखाएर नेपाली युवाहरूलाई ठग्ने र अलपत्र पार्ने गरिएको भन्दै सरकारले थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस नजान भन्दै नेपालीहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार ट्राभल एड्भाइजरी जारी गर्दै ती देशहरूमा जबर्जस्ती अवैध काममा लगाइएको पाइएको जनाएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने एवं प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । ...
एनआरएनए एनसीसी आयरल्यान्डद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

एनआरएनए एनसीसी आयरल्यान्डद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

अमेरिका । एनआरएनए आइसीसीका उपमहासचिव सोमनाथ सापकोटा आयरल्यान्ड भ्रमणको क्रममा एनआरएनए एनसीसी आयरल्यान्डद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ । उक्त कार्यक्रममा एनआरएनएको वर्तमान अवस्था, एमआईएस प्रणालीमार्फत सदस्यता प्रक्रिया, र एनआरएनए नागरिकताको कार्यान्वयन जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो । उक्त अवसरमा उपमहसचिव सापकोटाद्वारा एनसीसी आयरल्यान्डलाई एमआईएस प्रणालीमार्फत सदस्यता खोल्न प्रोत्साहन गर्नु भयो । यस कार्यलाई तत्काल सुरु गरिने भन्दै अध्यक्ष प्रकाश सापकोटाले यसलाई समावेशी र सहयोगात्मक बनाउने उद्देश्यले प्रतिनिधिहरू, पूर्व अध्यक्षहरूलाई समेत सहभागी गराइने आश्वासन दिनुभयो । त्यसैगरी, आयरल्यान्डमा रहेका नेपाली डायस्पोरालाई एकताबद्ध बनाउने, नेपालको पर्यटन प्रवर्द्धन गर्ने, नेपाली युवा पुस्तालाई आयरिश समाजमा एकीकृत गराउन सहयोग गर्ने र उनीहरूको सांस्कृतिक पहिचान...
पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट तीन हजार नेपालीले सेवा लिए

पोर्चुगलमा सञ्चालित घुम्ती शिविरबाट तीन हजार नेपालीले सेवा लिए

अमेरिका । पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट झण्डै तीन हजार तीन सय नेपालीले राहदानीलगायतका कागजात प्रमाणीकरणलसम्बन्धी (कन्सुलर) सेवा लिएको जनाइएको छ । घुम्ती सेवाबाट दुई हजार चार सय ५१ वटा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गरिएको टोलीले जनाएको छ । शिविरबाट छ सय ७८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), दुई सय २९ वटा अन्य कागजात प्रमाणीकरण र राहदानी वितरण गरी झण्डै ३३ सय सेवाग्राहीलाई सेवा प्रदान गरिएको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो । शिविरबाट ७७ हजार तीन सय ९० युरो अर्थात् रु एक करोड नौ लाख ११ हजार नौ सय राजस्व संकलन भएको राजदूत भट्टराईले बताउनुभयो ।...
‘अमेरिकी परिवेशमा नेपाली प्रवासीका सपना’ पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

‘अमेरिकी परिवेशमा नेपाली प्रवासीका सपना’ पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल । ‘अमेरिकी परिवेशमा नेपाली प्रवासीका सपनाः संयुक्त राज्य अमेरिकामा नेपाली डायस्पोराको खोज तथा विश्लेषण’ नामक पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख नेतृत्वकर्ता, नीति निर्माता, र विशेषज्ञहरू एकत्रित भई अमेरिकास्थित नेपाली डायस्पोराले नेपालको भविष्य निर्माणमा पुर्‍याउन सक्ने भूमिकाबारे छलफल गरेका थिए । ज्ञान हस्तान्तरण, सूचना प्रविधि, स्वास्थ्य सेवा, हरित ऊर्जा, र सांस्कृतिक तथा आर्थिक सेतुहरूको निर्माण जस्ता विषयमा विशेष जोड दिँदै यस कार्यक्रमले प्रवासनलाई अवसरमा रूपान्तरण गर्ने दिशामा महत्व दिए । कार्यक्रममा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) कार्यकारी निर्देशक डा. विश्वास गौचन, अमेरिकाको नेपालस्थित उपराजदूत जेसन पी. मिक्स र परराष्ट्र मन्त्रालयको यूरोप-अमेरिका डिभिजनका सहसचिव गणेशप्रसाद ढकालले आफ्ना विचार प्रस्तुत गर्नुभएको ...
डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन

राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन

अमेरिका । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र माल्टामा जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानी गरी कूल छ सय ५० जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको स्पेनका लागि कार्यवाहक राजदूत यज्ञराज पौड्यालले राससलाई जानकारी दिनुभयो । पाँच दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट झण्डै सात सय नेपालीले सेवा लिएको कार्यवाहक राजदूत पौड्यालले बताउनुभयो । शिविरबाट करिब ७८ हजार युरो अर्थात् रु एक करोड १० लाख राजस्व सङ्कलन भएको पौड्यालले बताउनुभयो । “राहदानी नवीकरणलगायतका कागज...
नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

नेपालमा लगानी भित्र्याउन तयार छौंः एनआरएन

अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई कोरियामा सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका भण्डारीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदद्वारा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो । विदेशी लगानी भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरवलोकन गर्ने प्रतिबद्धता जनाउनुभयो । गैरआवासीय नेपालीले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उहाँको भ्रमण दलमा रहनुभएका स्वकीय सचिव आनन...