
चन्द्रागिरी हिल रिसोर्टमा एनआरएनएको कार्यशाला, दुई वर्षे कार्ययोजना बनाइँदै
नेपाल । आगामी दुई वर्षको लागि कार्ययोजना बनाउने उद्देश्यसहित गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कार्यशाला गोष्ठी चन्द्रागिरी हिल रिसोर्टमा शनिवार शुरु भई सोमबार सम्पन्न हुँदैछ ।
कार्यशालामा दुई दर्जन देशका ७० भन्दाबढी प्रतिनिधिहरु सहभागी छन् । संघको अन्तराष्ट्रिय समन्वय परिषदको ९५ पूर्ण बैठक र कार्यशाला गोष्ठि संयुक्त रुपमा हुने संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सञ्चालित कार्यशालामा संस्थाका ८ विभागीय प्रमुखहरुले आ आफ्ना कार्ययोजना प्रस्तुत गरिरहेका छन् ।
कार्यशालामा नेपाल सरकार र गैरआवासीयहरुको लगानीमा संचालन हुन लागेको १० अर्ब लगानी परियोजना, गैरआवासीय नेपाली संघमा महिला सहभागिता, संस्थागत विकास, परोपकार तथा मानवीय सेवा, ज्ञान, सिप तथा प्रविधि, वैदेशिक रोजगार लगायतमा विषयगत रुपमा विभागीय प्रमुखहरुले कार्यपत्र प्रस्तुत...