११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

बिना भिसा अमेरिका छिर्न लागेका ६० भन्दा बढी नेपाली ब्राजिलमा अलपत्र

बिना भिसा अमेरिका छिर्न लागेका ६० भन्दा बढी नेपाली ब्राजिलमा अलपत्र

अमेरिका । भिसा बिनानैअमेरिका छिर्न भन्दै दलालको उक्साहटमा ब्राजिल पुगेका ६० भन्दा बढी नेपाली अलपत्र परेका छन । तेस्रो मुलुकलाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका नेपालीहरुलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा ६० भन्दा बढी नेपाली अलपत्र परेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार एकसाता अगाडि कम्तीमा ५० जना नेपाली विनाभिसा ब्राजिल प्रवेश गर्न खोज्दा रोकिएको जानकारी प्राप्त भएको र अहिले उक्त संख्या ६० नाघेको छ । नेपालीहरुले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेश्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विनाभिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन् । पहिलेदेखि नै यो क्रम रहेको र अहिले संख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । –एजेन्सीहरुबाट...
नेपाली नागरिकताको सवालमा आवश्यक कदम चाल्न एनआरएनए अमेरिकाद्वारा नागरिकता आयोग गठन

नेपाली नागरिकताको सवालमा आवश्यक कदम चाल्न एनआरएनए अमेरिकाद्वारा नागरिकता आयोग गठन

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले नेपाली नागरिकताका सवालमा आवश्यक कदम चाल्न, नागरिकता आयोग–२०२४ गठन गरेको छ । गैर आवासीय नेपालीहरुको नेपाली नागरिकता सम्बन्धी प्रमुख मुद्दामा आवश्यक वकालत तथा लबिङ गर्ने मुख्य उद्देश्यका साथ नागरिकता आयोग–२०२४ गठन गरिएको जनाइएको छ । संघका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षतामा गठन गरिएको उक्त आयोगमा, संघका पूर्वअध्यक्षहरु, एनआरएनए अभियान्ताहरु र अमेरिकामा रहेका प्रवासी नेपाली समुदायका व्यक्तित्व रहेका छन् । उक्त कुरा संघले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । जारी गरिएको विज्ञप्तमा विश्वभर छरिएर रहेका एनआरएनएहरु ‘एक पटक नेपाली, सधै नेपाली’ भन्ने एनआरएनएको भनाइमा दृढ रहेको र नेपाली नागरिकताको निरन्तरता चाहिरहेको कुरा प्राथमिकताका साथ उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी, विश्व...
एनआरएनएका उपमहासचिव सोम सापकोटाले लिए सपथ

एनआरएनएका उपमहासचिव सोम सापकोटाले लिए सपथ

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव सोम सापकोटाले सपथ ग्रहण गरेका छन् । गत अक्टोबर महिनामा उपमहासचिव निर्वाचित भएका सापकोटाले शुक्रवार संघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सपथ लिएका हुन् । उनले संघको विधान बमोजिम अध्यक्ष डा. बद्री केसीसँग सपथ लिए । सापकोटाले गैरआवासीय नेपाली संघभित्र एकता अपरिहार्य रहेको बताउँदै सर्वोच्च अदालतको फैसलालाई सबै पक्षले मानेर अघि बढ्नुको विकल्प नरहेको बताए ।...
अख्तियारद्वारा गैरआवासीय नेपालीहरूबाट भ्रष्टाचार भएमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव

अख्तियारद्वारा गैरआवासीय नेपालीहरूबाट भ्रष्टाचार भएमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपालीहरूबाट भ्रष्टाचार भएमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव राखेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा भ्रष्टाचार निवारण ऐन, ०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव फणिन्द्र गौतमले अख्तियारको प्रस्ताव समेट्नुपर्ने बताए । अख्तियारले गैरआवासीय नेपाली नागरिकलाई समेत भ्रष्टाचार ऐन लागु हुनुपर्ने विषय राख्ने प्रस्ताव गरेको हो । मूल ऐनमा भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली नागरिकका हकमा लागु हुने उल्लेख छ । अख्तियारले गैर आवासीय नेपाली नागरिकलाई पनि लागु गर्नुपर्ने प्रस्ताव राखेको हो । अख्तियारको उक्त प्रस्तावमा समिति अनिर्णीत रह्यो । एनआरएनलाई भोटिङबाहेक आर्थिक सामाजिक, सांस्कृतिक अधिकार दिएपछि उनीहरूमाथि छानबि...
गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएकोले कानून तथा नियमावली संशोधन गर्न आग्रह

गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएकोले कानून तथा नियमावली संशोधन गर्न आग्रह

नेपाल । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री रमेश लेखकसँग मंगलबार भेट गर्यो । भेटमा गैरआवासीय नेपाली नागरिकता व्यवहारिक नभएकोले कानुन तथा नियमावली संशोधन गर्न आग्रह गरिएको थियो । आर्थिक सामाजिक र सांस्कृतिक अधिकार व्यवहारमा प्रयोगको लागि नेपालको बिद्यमान कानुन मा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा तत्कालै अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यावहारिक ठाऊँका समस्या तुरुन्त समाधानका लागि मन्त्री लेखकसँग टोलीले आग्रह गरेको थियो । एनआरएनएले प्राप्त गर्ने नागरिकताका विषयमा क़ानूनबिद, बरिष्ठ अधिबक्ता एवं तत्कालीन संविधान सभाका सदस्यहरु राधेश्याम अधिकारी, अग्नि खरेल, खिमलाल देवकोटा एवम् रामनारायण बीडारीसँग बृहत् छलफल भएको थियो । मन्त्री लेखकसमक्ष संस्थाको लिखित धारणासमेत पेश गरियो। मन्त्री लेखकले यो समस्या छिट्टै समाधान हु...
थाइल्याण्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित

थाइल्याण्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित

थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई गत शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ । फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो । पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपू यङलिङ सिनावात्राले यस पहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उहाँ सबैभन्दा कान्छो नेता हुनुहुन्छ । राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्...
अष्ट्रेलियामा हराइरहेका सुभाष मृत फेला, नेपाल ल्याउने तयारी

अष्ट्रेलियामा हराइरहेका सुभाष मृत फेला, नेपाल ल्याउने तयारी

नेपाल । अष्ट्रेलियामा सम्पर्कबिहीन भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का सुभाष बोलखेको शव फेला परेको छ । २१ दिनदेखि सम्पर्कबिहीन रहेका उनको शव सिड्नीको समुन्द्रीतटमा फेला परेको हो । २७ वर्षीय सुभाष बोलखे १० महिना अघिमात्रै अष्ट्रेलिया गएका थिए । बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएका थिए । उनको शव नेपाल ल्याउनका लागि परिवारजन र अष्ट्रेलियामा रहेका नेपाली समुदायले पहल गरिरहेका छन् ।...
पर्याप्तमात्रामा बुझेरमात्रै क्यानडा आउन नेपाली विधार्थीहरुलाई दूतावासको आग्रह

पर्याप्तमात्रामा बुझेरमात्रै क्यानडा आउन नेपाली विधार्थीहरुलाई दूतावासको आग्रह

क्यानडा । क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सचेत गराएको छ । दूतावासले गत शुक्रबार विज्ञप्ति जारी गर्दै निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने विद्यार्थीले भाषा, सांस्कृतिक भिन्नता, बस्ने खानेको प्रबन्ध, स्वास्थ्य बीमालगायतका विषयमा आवश्यक तयारी गरेर मात्र क्यानडा आउन आग्रह गरेको हो । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्नसमेत अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्य...
सर्वोच्च अदालतको फैसलापछि केसीको अध्यक्षतामा एनआरएनए आईसीसीको पहिलो बैठक सम्पन्न

सर्वोच्च अदालतको फैसलापछि केसीको अध्यक्षतामा एनआरएनए आईसीसीको पहिलो बैठक सम्पन्न

नेपाल । सर्वोच्च अदालतको फैसलापछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको बैठक शनिवार सम्पन्न भएको छ । बैठकले आगामी अक्टोवर महिनामा काठमाण्डौंमा हुने ‘एनआरएनए डे’ तथा वार्षिक साधारणसभा लाई भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरिय समिति गठन गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा संघको केन्द्रीय पदाधिकारीहरु, आइसीसी सदस्यहरु, सल्लाहकारहरु र राष्ट्रिय समितिका पदाधिकारीहरुको विषेश उपस्थिति थियो । बैठकले संस्थाका अध्यक्ष डा. केसीको संयोजकत्वमा संस्थाभित्र एकता कायम गर्नको लागि ‘एकता समिति गठन’ गर्ने निर्णय गरेको छ । बैठकमा बोल्ने अधिकांश वक्ताहरुले सर्वोच्च अदालतले संघको ११औं महाधिवेशबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने फैसलाको स्वागत गरेका थिए । साथै अब संस्थाका गत...
थाईल्यान्डमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने अदालतको निर्णय

थाईल्यान्डमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने अदालतको निर्णय

अमेरिका । थाईल्यान्डमा अदालतले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्री सेटा टवीसिनलाई पदमुक्त गरिदिएको छ । टवीसिनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ‘अवज्ञापूर्ण व्यवहार देखाएको’ र ‘नैतिकताको नियम’ उल्लङ्घन गरेको ठहर थाईल्यान्डको संवैधानिक अदालतको छ । सतसट्ठी वर्षीय सेटा प्रधानमन्त्री बनेको एक वर्ष पनि पूरा भएको छैन । उक्त अदालतले १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई पदमुक्त गरेको छ । अब थाई संसद्ले नयाँ प्रधानमन्त्री नछान्दासम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्ने छन् । –बीबीसीबाट...