११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास

इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास

एजेन्सीहरु । इजरायल र हमासबीच अस्थायी युद्धविराम लम्ब्याउने प्रयास भइरहेको समाचारहरु सार्वजनिक भएका छन् । सम्भावित नयाँ सहमतिका लागि कतारमा वार्ताहरू भइरहेका हुन् । नयाँ सहमतिका विषयमा अमेरिका, इजरायल र इजिप्टका गुप्तचर प्रमुखहरूले कतारका प्रधानमन्त्रीसँग दोहामा छलफल गरेका छन् । युद्धविरामको क्रममा दुबै पक्षको नियन्त्रणमा रहेका व्यक्तिहरु धमाधम रिहा भइरहेका छन् तर हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीबारे हालसम्म स्पष्ट जानकारी आइसकेको छैन ।  ...
धमाधम बन्धक छाड्दै हमास र इजरायल, रेडक्रसलाई हस्तान्तरण

धमाधम बन्धक छाड्दै हमास र इजरायल, रेडक्रसलाई हस्तान्तरण

एजेन्सीहरु । प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको हमासको गाजास्थित अल–कासम ब्रिगेड्सले जनाएको छ । यसपहिले इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो । आइडीएफले लेखेको छ, “१३ जना इजरायली र चार जना थाईसहित १७ जना बन्धकहरू इजिप्ट हुँदै इजरायलतर्फ लागेका छन् । यसपहिले इजरायलले अस्थायी युद्धविरामको तेस्रो दिन आफ्ना देशका थप १३ बन्धकहरू रिहा हुने तयारी भइरहेको जनाएको थियो । आइतवार मुक्त गर्ने भनिएका बन्धकहरूको तेस्रो समूहको सूची समेत इजरायलले शनिवार राती नै प्राप्त गरेको जनाएको थियो । अस्थायी युद्धबिरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सातजना विदेशी न...
बेपत्ता भएको १८ वर्षपछि मलेसियाबाट घर आए गोपाल घिमिरे

बेपत्ता भएको १८ वर्षपछि मलेसियाबाट घर आए गोपाल घिमिरे

नेपाल । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका झापाको मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट काठमाडौँ आउनुभएका गोपाल शनिबार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गर्नुभएका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताउनुभयो । “गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै ...
अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको चौथो अधिवेशनबाट दिवाकर काफ्ले अध्यक्षमा चयन

अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको चौथो अधिवेशनबाट दिवाकर काफ्ले अध्यक्षमा चयन

अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको काम प्रति खुसी व्यक्त गर्नुभएको छ । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको अष्ट्रेलियाको सिड्नीमा भएको चौथो अधिवेशनका अवसरमा बोल्नु हुँदै राजदूत पोख्रेलले पर्यटन, स्वास्थ्या, शिक्षा र प्राकृतिक विपदको समयमा नेपाल र अष्ट्रेलियामा सञ्जालले गरेको परोपकारी सामाजिक कार्य प्रति खुसी व्यक्त गर्नुभएको हो । उहाँले कामको शिलशिलामा अष्ट्रेलियामा रहेपनि नेपाल र नेपालीप्रति समाजले देखाएको सहयोगको भावले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो । यसैगरी कार्यक्रमका अध्यक्ष मुक्तिराम पोखरेलले २ वर्षको कार्यकालमा आफ्नो नेतृत्वमा भए गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सञ्जालको नेतृत्वमा मानविय, सामाजिक तथा पर...
प्रधानमन्त्रीको विशेष चासोः विपिन जोशीको रिहाइमा सघाउन कतारलाई अनुरोध

प्रधानमन्त्रीको विशेष चासोः विपिन जोशीको रिहाइमा सघाउन कतारलाई अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गर्नुभएको छ । नेपालको औपचरिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गर्नुभएको हो । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यता, परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारस...
आफ्नै साथीको छुरा प्रहारबाट पर्वतका क्षेत्रीको पोर्चुगलमा मृत्यु

आफ्नै साथीको छुरा प्रहारबाट पर्वतका क्षेत्रीको पोर्चुगलमा मृत्यु

एजेन्सीहरु । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राससलाई जानकारी दिनुभयो । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताउनुभयो । पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्ष्ेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमा...
संयुक्त राष्ट्रसंघद्वारा इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत

संयुक्त राष्ट्रसंघद्वारा इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत

एजेन्सीहरु । संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्ट र संयुक्त राज्य अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गर्नुभएको छ । गुटेर्रेसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो द्वन्द्व अन्त्य गर्ने सही दिशामा एउटा महत्वपूर्ण कदम हो, तर अझै धेरै गर्न बाँकी छ ।” इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली कारागारहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालब...
अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

काठमाडौं । एजेन्टलाई ८५ लाख बुझाएर अमेरिका पुगेका एक नेपालीको मृत्यु भएको छ । साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । श्रेष्ठ गत भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो । मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श...
कतारमा सुनिए कवि कृसु क्षेत्री

कतारमा सुनिए कवि कृसु क्षेत्री

काठमाडौँ । कतारको राजधानी दोहामा कवि कृसु क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नवोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको संयुक्त आयोजनामा शुक्रबार क्षेत्रीको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी आरम्भ भएको उक्त कार्यक्रममा कवि क्षेत्रीले आफ्ना नयाँ तथा पुराना गरी एक दर्जन कवितामार्फत समसामयिक घटना र प्रवासको जीवनको चित्रण गर्नुभएको थियो । कवि, गजलकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष लेख कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रमका सभापति लेख कार्क...
एनआरएनएको प्रवक्तामा फणिन्द्र पन्त मनोनित, विभागीय प्रमुखमा को-को तोकिए ?

एनआरएनएको प्रवक्तामा फणिन्द्र पन्त मनोनित, विभागीय प्रमुखमा को-को तोकिए ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा फणिन्द्र पन्तलाई मनोनयन गरिएको छ । अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले पन्तलाई आगामी दुई वर्षको लागि मनोनयन गर्ने निर्णय गरेको हो । बैठकले विभिन्न पदाधिकारीहरुलाई विभागीय जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा डा। बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ तथा सोम सापकोटालाई जिम्मेवारी तोकिएको छ । लगानी विभाग प्रमुखमा डा. केशव पौडेल र सदस्य सचिवमा पारसमणी पोखरेल, आर्थिक विभाग प्रमुखमा सुदन थापा र सदस्य सचिवमा अभिमन्यू बस्नेत, कृष्ण प्रसाद तिमल्सिना, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन( लाई जिम्मेवारी तोकिएको छ । संघको परोपकार विभागमा संघका उपाध्यक्ष डा. हेमराज शर्मा र सदस्य...