११ आश्विन २०८१, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

काँग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

काँग्रेस नेतृ चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस

नेपाल । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियाको राजदूतमा काँग्रेस नेतृ चित्रलेखा यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ । यादव नेपाली कांग्रेसको पूर्वकोषाध्यक्ष तथा प्रतिनिधि सभाको पूर्वउपसभामुख र पूर्व शिक्षा मन्त्री समेत हुन् । यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस भएपनि उनले इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको हो । यादव संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने छिन् ।...
एनआरएनएको वार्षिक साधारण सभा अक्टोबर २७-२८ मा काठमाडौंमा हुने, एनआरएन दिवस पनि मनाइने

एनआरएनएको वार्षिक साधारण सभा अक्टोबर २७-२८ मा काठमाडौंमा हुने, एनआरएन दिवस पनि मनाइने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९९औं अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को बैठक ८ सेप्टेम्बर २०२४ मा सम्पन्न भएको छ । एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सञ्चालित बैठक महासचिव गौरीराज जोशीले सञ्चालन गर्नु भएको थियो । उक्त बैठकले यस बर्षको एनआरएनए दिवस २७–२८ अक्टोबर २०२४ मा काठमाडौँ नेपालमा हुने एनआरएएको बार्षिक साधारण सभासँगै भब्य रुपमा मनाइने निर्णय गरेको एनआरएनएका प्रबक्ता तथा सूचना, संचार तथा प्रकाशन समिति सभापति फणिन्द्र पन्तले जानकारी दिनु भएको छ । बैठकका छलफल र निर्णय यस्ता छन्ः १. NRN दिवसको आयोजना: यस बर्षको NRN दिवस २०२४, आगामी २७-२८ अक्टोबर २०२४ मा काठमाडौँ, नेपाल मा हुने NRNA को बार्षिक साधारण सभा सँगै भब्य रुपमा मनाइनेछ। सबै NCC हरूलाई अक्टोबर महिनामा NRN दिवस मनाउन प्रेरित गरिएको छ, जसमा नेपालमा परोपकारी कार्यहरू र आँफु बसोबास गरेको देशमा द...
अमेरिकाको क्यालिफोर्निया निवासी अग्रज पत्रकार एनपी उपाध्यायको निधन

अमेरिकाको क्यालिफोर्निया निवासी अग्रज पत्रकार एनपी उपाध्यायको निधन

अमेरिका । अमेरिकाको क्यालिफोर्निया निवासी अग्रज पत्रकार एनपी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को निधन भएको छ । उनको अमेरिकाको क्यालिफोर्नियाको समय अनुसार आइतबार ३ः३८ बजे बिरामी भएर उपचारका क्रममा अस्पतालमै निधन भएको हो । युवा पुस्तामाझ नरेन्द्र दाइका नामले चिनिने वरिष्ठ पत्रकार उपाध्यायको जन्म सन् १९४० मा सप्तरी जिल्लाको बैरवामा भएको थियो । विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौँ आएका थिए । उपाध्यायले ज्योति साप्ताहिकबाट पत्रकारिता (सन् १९६९) यात्रा शुरु गरेका थिए । उनले पछि आफ्नै सम्पादनमा टेलिग्राफ साप्ताहिकको प्रकाशन प्रारम्भ गरे । अंग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिए । पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय शिक्षक र पत्रकारको रूपमा बिताए । विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबार...
अमेरिकाको जर्जियामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

अमेरिकाको जर्जियामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

अमेरिका । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ । विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् । आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् । गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएको छ । उनले गोली हान्नुको कारण खुलेको छैन।...
अमेरिकामा नेपाली विधार्थी मुना पाण्डेको हत्याका आरोपी साहको धरौटी अस्वीकार

अमेरिकामा नेपाली विधार्थी मुना पाण्डेको हत्याका आरोपी साहको धरौटी अस्वीकार

अमेरिका । अमेरिकामा नेपाली बिधार्थी मुना पाण्डेका हत्याका आरोपी ५१ वर्षीय बबि सिंह साहको धरौटी अस्वीकार भएको छ । अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा गत सोमबार २१ बर्षिय पाण्डेको गोली प्रहारबाट हत्या भएको थियो । साह टेक्ससको ह्युस्टन अदालतमा सेप्टेम्बर ३ मंगलबारका पहिलो पटक हाजिर भएका थिए । सरकारी वकिलहरूले डिसेम्बरमा अर्को सुनुवाइ नभएसम्म साहको जमानत अस्वीकार गर्न अनुरोध गरेका थिए । मुना पाण्डेलाई उनको आवासगृह भित्र बन्दुकको गोली लागेको थियो । त्यहाँ उपचारमा आएका स्वास्थ्यकर्मीहरुले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या टेक्ससमा नेपाली बिद्यार्थी मुना पाण्डेको हत्याका आरोपी बबी सिंह शाह पक्राउ...
अमेरिकाको मेरिल्यान्डमा नेपाली युवा मृत भेटिए

अमेरिकाको मेरिल्यान्डमा नेपाली युवा मृत भेटिए

अमेरिका । अमेरिकाको मेरिल्यान्डमा नेपाली युवा मृत भेटिएका छन् । मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान अगस्त २७ मा फेला परेको बताइएको छ । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ । मृत्युको कारण पत्ता नलागेको बताइएको छ । चितवन भरतपुरका उनी सन् २०१५ मा अमेरिका आएका थिए । उनी आफ्नै कोठामा मृत फेला परेका हुन् ।...
कमाइको १० प्रतिशत नेपालमा लगानी गरौंः एनआरएनए अध्यक्ष केसी

कमाइको १० प्रतिशत नेपालमा लगानी गरौंः एनआरएनए अध्यक्ष केसी

यूके । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीहरूलाई कमाइको निश्चित अंश नेपालमा लगानी गर्न आह्वान गरेका छन् । उनले लिभरपुल नेपाली समाज, यूकेको आयोजनामा शनिबार लिभरपुलमा सम्पन्न नागरिकता, सम्पत्ति, भूपू गोर्खाको अधिकार र लगानीसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त आग्रह गरेका हुन् । डा. केसीले भने, ‘नेपालसँगको सम्बन्ध निरन्तरताका लागि नेपालमा लगानी गर्न जरुरी छ । विदेशमा कमाएको १० प्रतिशत मात्र नेपालमा लगानी गर्न सके, देश समृद्धिको बाटोमा लाग्नेछ र दोस्रो पुस्तासँगको सम्बन्ध पनि कायम रहनेछ । त्यसैले, नेपालमा लगानी गरौँ ।’ उनले नेपालमा लगानीसँगै च्यारिटीका कार्यहरू गर्न पनि अनुरोध गरे । डा. केसीका अनुसार, गैरआवासीय नेपाली संघको पहलकै कारणले नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको छ र यो नागरिकताका कार्यान्...
टेक्ससमा नेपाली बिद्यार्थी मुना पाण्डेको हत्याका आरोपी बबी सिंह शाह पक्राउ

टेक्ससमा नेपाली बिद्यार्थी मुना पाण्डेको हत्याका आरोपी बबी सिंह शाह पक्राउ

अमेरिका । गत सोमबार अमेरिकाको टेक्सस राज्यमा नेपाली बिद्यार्थी २१ बर्षिय मुना पाण्डेको हत्या गरी फरार रहेका भनिएका बबी सिंह शाह पक्राउ परेका छन् । मुनाको हत्या घटनापपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको थियो । उक्त घटना ह्युस्टनको एक आवास गृहमा भएको थियो । ५१ वर्षीय शाहमाथि २६२ औं क्यापिटल मर्डरको मुद्दा चलाइएको छ । मुना पाण्डेलाई उनको आवासगृह भित्र बन्दुकको गोली लागेको थियो। त्यहाँ उपचारमा आएका स्वास्थ्यकर्मीहरुले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या ...
अमेरिकासहिका देशहरुद्वारा नेपालमा टीआरसी कानून पास भएकोमा स्वागत

अमेरिकासहिका देशहरुद्वारा नेपालमा टीआरसी कानून पास भएकोमा स्वागत

नेपाल । नेपालमा संक्रमणकालीन न्यायसम्बन्धी विद्येयक प्रमाणीकरण भएकोमा अमेरिकासहितका देशहरुले संयुक्तरुपमा स्वागत गरेका छन् । स्वागत गर्ने देशहरुमा गैरपश्चिमा देशहरुमा जापान छ भने अरु आठ देशहरुमा अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, फिनल्याण्ड, जर्मनी र फ्रान्स छन् । यस्तै यूरोपेली संघले पनि स्वागत गरेको छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले अगाडिको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ । निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनेछ ।’...
अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या

अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या

अमेरिका । अमेरिकामा फेरि दुःखद् घटना भएको छ । यहाँ एक २१ वर्षीय नेपाली युवतीको गोली हानी हत्या गरिएको हो । सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । ​ वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । केही समयदेखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ । भिडियोमा मुनालाई तीनवटा गोली हानिएको देखिन्छ । मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।...